पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ । प्रधानमन्त्री नवार शरीफको राजिनामा मा गर्दै प्रदर्शन गरिरहेका विपक्षीले संसदभवनमा प्रवेश गर्ने कोशिस गरेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तिमा ७ जनाको मृत्यु भएको र अन्य २ सय ५० भन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप जारी छ । घाइते हुनेमा महिला र वालवालिका समेत रहेको बताइएको छ । यस अघि शनिबार आजादी मार्च भनिएको विपक्षीहरुको र्यालीमाथि सरकारले दमन गर्ने घोषणा गरेको थियो । विपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान र धर्मगुरु ताहिर उल कादरीका हजारौं समर्थकले संसद भवनमा धावा बोलेपछि सरकारले कडा नीति अख्तियार गरेको हो । प्रहरीले उनीहरुलाई रोक्नका लागि लाठी चार्ज र अश्रुग्यासले नपुगेपछि गोली नै चलाएको थियो । इमरान खानले सामाजिक सञ्जालमा सरकारको कडा आलोचना गर्दै अवैधरुपमा अश्रुग्यास र गोली प्रहार गरेर सरकारले जनताको हत्या गर्न उद्दत रहेको आरोप लगाएका छन् । विपक्षी दलका नेता इमरान खान पाकिस्तानलाई विश्वकप जिताउने तिलश्मी अलराउण्डर हुन्। विपक्षीहरुले शरीफको सरकार असंबैधानिक भएको बताउँदै संबैधानिक सुधार र नयाँ सरकार गठन गर्ने बताइरहेका छन् । इमरान खानले सन् २०१३ मा चुनावमा कम्तिमा ३५ सिटमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । वर्तमान सत्तारुढ प्रधानमन्त्री नवाज शरीफ असंबैधानिक तरिकाले सत्तामा आएको उनको आरोप छ । चुनावी धाँधलीमा बरिष्ठ न्यायाधीश र निर्वाचन आयोगका अधिकारीको समेत मिलेमतो रहेको उनको आरोप छ । उनको माग अनुसार १० सिटमा चुनावी धाँधली सम्बन्धि छानविन गरिएको थियो । त्यस लगत्तै गतिरोध अन्त्यका लागि न्यायिक आयोग गठन गर्ने प्रक्रिया प्रधानमन्त्री शरीफले अघि बढाएपछि इमरानले विरोध शुरु गरेका हुन् ।
प्रदर्शनकारी संसद भवनमा, गोली चल्दा ७ जना मारिए (फोटो फिचर)
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses