१७औं एसियाडमा नेपाललाई पहिलो पदक, विमलाले जितिन् कास्य पदक

17-th-asian-gamesकाठमाडौंं । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।
बिहीबार बिहान नेपालले करातेतर्फ महिला एकल कांतामा सफलता हात पारेको हो । नेपालका लागि विमला तामाङमा कास्य पदक जितेकी हुन् ।
इन्चोन एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएपनि अहिलेसम्म पदक जित्न सकेको थिएन ।
पदकको आशा गरिएको पुरुष क्रिकेटमा पनि नेपाल बुधबार अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
यसअघि, महिला क्रिकेट, पुरुष फुटबल, बक्सिङ, पौडीलगायतका खेल नेपालका लागि सहभागितामा नै सीमित भएका थिए ।
- See more at: http://www.nepalsandesh.com/2014/10/02/105594#sthash.n5aqGFRi.zsfEQ9Z6.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.