आफूलाई आवाजको दुनियाँको साथी भनेर चिनाउने चाहाने निर्देशक दिनेश डिसीको अर्को पनि विशेषता छ । त्यो विशेषता हो – स्त्री प्रेम । विवाहित भएपनि डिसी मोडल तथा हिरोइनसँग चक्कर चलाउन माहिर छन् । धेरै वर्षसम्म डिसी पूजा लामा नामको मोडल तथा नायिकासँगको सम्बन्धमा थिए । लामा डिसीसँगको प्रेममा यति चुर्लुम्म थिइन्की पछि डिसीसँग ब्रेकअप हुँदा आत्महत्या गर्ने सम्मको परिस्थितिमा पुगिन् । बिचको समयमा डिसीको अफेयरको हल्ला बजारमा नआएपनि गत वर्ष यता उनको जीवनमा निता ढुङ्गानाको प्रवेशले अफेयरको बजार गर्माएको छ । फिल्म ‘६ एकान ६’ मा निताले हिरोइनको रुपमा अभिनय गरेकी थिइन् र यसका निर्देशक थिए दिनेश डिसी । निर्देशन सक्दासम्म डिसीले फिल्मका निर्माता तथा चेला दीपकराज गिरी लगायत दीपा श्री र निर्मल शर्मासँग समेत सम्बन्ध बिच्छेद गरे । तर नितासँग भने उनको सम्बन्ध झन् कसियो । मलेसियामा भएको नेफ्टा अवार्डमा डिसी र निताले खुलेर प्रेम प्रदर्शन गरेको पछिसम्म पनि नेपाली उद्योगमा चर्चाको विषय बन्यो । मिडियामा यो खबर आउँदा निता र डिसी दुवैजना मिलेर समाचार छाप्ने मिडियालाई दबाब दिएर समाचार समेत निकाल्न लगाए । निताले आफ्नो प्रेमी रहेको र चाँडै विवाह समेत गर्न लागेको कुरा गरिन् । तर एक वर्ष हुन लाग्यो नत उनले प्रेमी सार्वजनिक गरेकी छिन् नत विवाहको मिति नै । सोमबार डिसीले नितालाई नै लिएर नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरे । यो घोषणासँगै डिसी र निताको सम्बन्ध गाईंगुई चल्ने गरेझैं नै रहेको पुष्टि भएको छ । एउटा निर्देशकले हिरोइन दोहोर्याउँदैमा उनीहरु बीचमा केही छ कि भन्ने मुर्खता हामीले गर्न खोजेका हैनौं । खाली बजार हल्लालाई यो घोषणाले पुष्टि गर्यो कि भन्न मात्रै खोज्या हो । उनीहरुको बीचमा के छ र त्यो कति गहिरो छ डिसी र निता नै जानून् । -
दिनेश र नीताको चक्कर !
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses