रणवीर मेरो अभिन्न अंग कट्रिना कैफ

काठमाडौ, आश्विन २ - कट्रिना कैफ पछिल्लो पालि रणवीर कपुरसँग रिलेसनसिपमा छिन्। केही वर्षयता उनीहरू निकै निकट रहे पनि यसबारे दुवै तैं चुप् मै चुप् रहँदै आएका थिए। तर, अभिनेत्रीले पहिलो पल्ट सार्वजनिक रूपमा मुख खोलेकी छन्। रणवीरसँगको आफ्नो समीकरण उजागर गर्दै उनले यी अभिनेता आफ्ना लागि निकै महत्त्वपूkatrina kaifर्ण रहेको बताएकी छन्।
'रणवीर मेरो जीवनको अभिन्न अंग हुन्,' उनले एउटा पत्रिकासँगको अन्तरवार्तामा भनेकी छन्, 'तर यसको अर्थ म उनीसँग निकट भविष्यमै बिहे गर्दै छु भन्ने होइन। मैले यसबारे सोचेकी पनि छैन।'
आपसमा निकै लुकामारी खेलिरहे पनि सरणवीर र कटि्रनाको सम्बन्ध चार महिनाअघिसम्म अनुमानमै सीमित थियो। तर, स्पेनको समुद्री किनारमा बिताएका अन्तरंग क्षणका तस्बिरहरू सार्वजनिक भएपछि त्यो छताछुल्ल भयो र भारत फर्केपछि उनीहरू लिभिङ टुगेदर रिलेसिनसिपमा रहन थाले। त्यसयता उनीहरू सार्वजनिक कार्यक्रमहरूमा पनि देखिँदै आएका छन्।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.