बाबुराम भट्टराई र प्रचण्ड पुत्रको स्टेटस जुहारी

मधेशलाई नेपालबाट टुक्राउने माग गरेको भन्दै पक्राउ परेका मधेश अभियान्ता सिके राउतका विषयमा एमाओवादीका नेता डा बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् ।

सिके राउतको पक्राउ सरकारको गम्भीर गल्ती भएको बताएका बाबुराम भट्टराईको भनाइ विपरित प्रकाश दाहालले भने सिके राउतको भनाइप्रति कडा आपत्ति जनाएका छ्न् ।
Baburam VS Prakash
सिके राउतलाई पक्राउ गरिएपछि नेता बाबुराम भट्टराईले ट्वीटरमार्फत 'सि के राउतको विचारसंग हामी सहमत हुन सक्दैनौं तर उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्त रिहा गरियोस्!' भन्ने अभिब्यक्ति सार्वजनिक गरेका थिए ।
 Baburam twitt on CK raut
तर प्रचण्डका छोरा प्रकाशले भने सिके राउत भन्नेले यहि आमाको बारे तथानाम बोली रहेको र त्यसको प्रतिरोध गर्ने जिम्मा हामी सबै नेपालीको हो भनेका छन् । नेपाल टूक्राएर अलग देश बनाउने कुरा गर्छ भन्ने त्यसलाई हदैसम्मको कारवाही गर्नु पर्ने समेत उनको माग छ ।

प्रकाशले लेखेका छन्ः

Prakash Facebook on CK raut

बाबुराम भट्टराईले नै सिके राउतलाई रिहा गर्न माग गरेपनि उनले आफ्नो पार्टिका एक मधेशी नेताले यस्तो माग गरेको भनेका छन् । त्यस्तो मागलाई आधिकारिक मान्न नहुने समेत उनको भनाइ छ । उनले 'सिके राउत मूर्दावाद !!!' समेत लेखेका छन् ।
मधेशलाई नेपालबाट छुट्टयाएर अलग देश बनाउने अभियानमा रहेका सिके राउत केही दिन अघि पक्राउ परेका थिए । उनलाई राज्यद्रोहको मुद्धा चलाउने तयारी भैरहेको बताइन्छ । उनको पक्राउको विषयमा अहिले विभिन्न क्षेत्र र ब्यक्तिबाट समर्थन र विरोधका स्वरहरु आउरहेका छन् । 
केही नागरिक समाजका अगुवाहरुले भने बोलेकै आधारमा उनलाई पक्राउ गरिनु गल्ति भएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । तर सिके राउतको अभिब्यक्तिबाट रुष्ट भएका अर्काथरीले उनलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने माग गरेका छन् । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.