भैरहवा, असोज २ – रुपन्देही प्रहरीले अपहरणकारीले प्रयोग गरेका सवारीसहित पाँचजना अपहरणकारीलाई रङ्गे हाथ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले दिएको जानकारी अनुसार १ गते भैरहवामा रहेको होटल लाकौलमा बसेका दुईजनाको अपहरण हुन लागेको जानकारी आएको र सो होटलमा छापा मार्दा अपहरणमा प्रयोग भएको गाडी सहित पाँचजना पक्राउ गरिएको हो भने दुईजना फरार रहेका छन् । मकवानपुर फाखेल वडा नं. ८ बस्ने ४४ वार्षीय श्याम सुन्दर नगरकोटी र दोलखा जिल्ला सुष्पाक्षमावती वडा नं. १ बस्ने ४६ वर्षीया रामराज सिवाकोटीलाई अपहरण गर्न आएका रुपन्देही सिनपा ७ बस्ने ३७ वर्षीया दिपक तामाङ्ग, चितवन जिल्ला भरतपुर नगरपालीका २ बस्ने ३५ वर्षीय हरि बहादुर घले, रत्न नगर नगरपालीका १२ बस्ने ३० वर्षीय कृष्ण बहादुर नेपाल, नवलपरासी जिल्ला गैडाकोट १ बस्ने ३२ बर्षिय सुजन लामा र कैलाली जिल्ला धनगढी ८ घर भै अहिले लाकौल होटलका क्यासिनो म्यानेजर रहेका कृष्ण सिंहलाई बा १२ च ३२३ नम्बरको स्कार्पियो गाडी सहित रङ्गे हाथ पक्राउ गरिएको एसपी ढकालले जनाए । ठेकेदार र जग्गा ब्यापारी रहेको नगरकोटी र सिवाकोटीलाई अपहरण गरेर लुटन खोजेको प्रहरीको प्रारम्भिक अनुमान रहेको ढकालले पत्रकार सम्मेलन आयोजना गरि बताए । आफुहरु गुञ्जनगरमा रहेको जग्गाको कारोबार गर्न आएको र होटल लाकौलका क्यासिनो म्यानेजर कृष्ण सिंहले होटलमा बस्न बोलाएकोले १ गते राती करिब २ बजे होटलमा आएको अपहरणमा पर्न लागेको भनिएका नगरकोटी र सिवाकोटीले पत्रकारहरुलाई बताए । अपहरणको मुख्य योजनाकार सिंह नै रहेको उनिहरुको आरोप रहेको छ । आफूहरु राती २ बजे होटलमा आएको सिंहलाई मात्र थाहा भएको र बिहान उठेर चिया माग्दा समेत होटल प्रशासनले नदिएको र होटलको ईन्ट्री बुकमा समेत नाम उल्लेख नगरेकोले अपहरणको आशंकामा बल पुगेको हो । यता अपहरणकारी भनिएकाहरुले आफूहरु अपहरण गर्न नआएको बताएका छन । चालक समेत रहेका हरि बहादुर घलेले फरार भएका २ जनाले आफनो सवारी ६ हजारमा भाडामा लिएको र उनीहरुको लेनदेनको विषयमा होटलको कोठामै छलफल हुँदा प्रहरीले आफूहरुलाई अनाहकमा पक्राउ गरेको जनाए । फरार भएका दुई जनालाई व्यापारीहरु सुन्दर नगरकोटी र रामराज सिवाकोटीले नै प्रहरी खाउने जानकारी दिई फरार गराएको उनले बताए । आफूसँग आएका बाँकी तीन जना सवारी व्यवसायी रहेको र विश्वकर्मा पूजाको बिदा भएकोले घुम्न मात्र आएको उनको दाबी रहेको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान गरि शरिर बन्धक तथा अपहरणमा मुद्दा चलाइने एसपी ढकालले जनाए ।
पाँच अपहरणकारी रङ्गे हात पक्राउ
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses