प्रेमका लागि पूर्ण तयार छु : परिणिती चोपडा

बलिउडकी चटपटे नायिका परिणिती चोपडा यतिबेला आफ्नो नयाँ सिनेमा ‘दाबदे ए इश्क’को प्रमोशनमा व्यस्त छिन् । खानेकुरामा pariniti-chopra-hotआधारित रहेर तयार भएको यो सिनेमा भोलीबाट प्रदर्शनमा आउँदैछ । परिणिती यो सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्नेमा ढुक्क छिन् । परिणितीको पनि विभिन्न बलिउडका कलाकारसँग प्रेमको खबर आइरहन्छ । तर, परिणिती यसलाई सामान्य नै मान्छिन् । उनले मनिष पल, अर्जुन कपुर, सिद्धार्थ मल्होत्रासँग आफ्नो नाम जोडिएको बताइन् । तर परिणितीले आफू २ पटक प्रेममा परिसकेको बताउँदै उक्त सम्बन्ध लामो समयसमम्म चल्न नसकेको बताइन् । उनले आफू अब प्रेमका लागि पूर्ण तयार भएको भन्दै सम्बन्धमा रहन चाहेको बताइन् । ‘हो म प्रेमका लागि पूर्ण तयार छु र सम्बन्धमा रहन पनि चाहन्छु,’परिणितीले भनिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.