ज्याकी च्यानका छोरा जेसी पक्राउ

jacyहलिउडका मार्शल आर्ट स्टार ज्याकी च्यानका छोरालाई चीनियाँ पुलिसले पक्राउ गरेको छ ।
करिब एक महिना पहिले उनलाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । यदि उनी दोषी पाइएमा उनलाई थुप्रै वर्षको जेल सजायँ हुने निश्चित छ ।
चीनको समाचार एजेन्सीका अनुसार अभिनेता र गायक ३२ वर्षीय जेसी च्यानलाई नशाको सेवनको आरोपमा पेइचिंगमा पक्राउ गरिएको हो । साथीहरुसँग आफ्नै घरमा गाँजा सेवन गरेको आरोपमा पक्राउ परेका उनी अहिलेसम्म हिरासतमा नै छन् ।
चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका प्रभावी सदस्य र सन् २००९ मा नशा विरोधी दूत नियुक्त गरिएका ज्याकीले आफ्नो छोराको तर्फबाट माफी मागेका छन् र सार्वजनिक रुपमा उनको निन्दा पनि गरेका छन् 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.