बाङ्गेमुढामा रहेको झोला कारखानामा आगलागी
काठमाडौं, आश्विन २ । काठमाडौंको बाङ्गेमुढामा रहेको झोला कारखानामा आगलागी भएको छ । कारखाना रहेको पुरानो घरमा आगो लागेपछि भाग्न खोज्दा एक जना लडेर घाइते भएका छन् भने अर्का एक जना डढेर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । आगो निभाउन ६ वटा दमकल परिचालन गरिएको छ, तर अझै आगो नियन्त्रणमा आइसकेको
छैन ।
0 comments
Write Down Your Responses