निखिलको ‘भैरव’मा रेखाको आइटम डान्स, अनुको रोमान्स

लामो समयपछि नेपाली सिने बजारमा आउन लागेका नायक निखिल उप्रेतीले ‘भैरव’ नामक सिनेमा बनाउने भएका छन् । सिनेमाको नाम ‘भैरव’ राखिएको भन्दै निखिलले चलचित्रमा नेपाल र भारतमा हुनेrekha-nikhil-and-anu
गरेको तस्करीलाई उठान गर्ने जनाएका छन् । चलचित्रमा उनी प्रहरीको भूमिकामा देखिदैछन् । चलचित्रमा निखिलको जोडीको रुपमा नायिका अनु शाह पक्का भएकी छिन् । चलचित्रमा नायिका रेखा थापाले एक गीतमा आइटम नृत्य गर्ने जनाइएको छ । चलचित्रका लागि नायिकाको रुपमा निखिलले रेखालाई आग्रह गरेपनि समय अभावका कारण थापाले गीतमा मात्र नृत्य गर्न लागेकी हुन् । लामो समयदेखि चिसिएको सम्बन्ध निखिल र रेखाले यसै सिनेमामार्फत सुधार्दैछन् । चलचित्रको छायांकन सर्लाहीको विभिन्न क्षेत्रमा गरिने बताइएको छ । नायिका अनु शाहले निखिलसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । निखिलले आफै निर्देशन गर्ने सिनेेमामा सुरेश अधिकारीको संगीत, कृष्ण थापाको छायांकन, हिमाल केसीको द्वन्द्व रहेनछ । बलिउडमा लामो समय संघर्ष गरेर पनि खासै सफलता हात नपारेपछि निखिल नेपाली सिनेमामा नै र्फकने सुरमा छन् । उनले ‘लुटेरा’ नामक सिनेमा खेल्ने पनि पक्का भैसकेको छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.