यस्तो हुनुपर्छ नेपालको सभासद अनि पो देश बन्छ पढौ के के गरे उनले ..!!
बानेश्वरमा संविधानसभा विघटन गराउने भूत घुम्न थालेको छ
अहिले मुलुकमा काँग्रेस–एमालेको गठबन्धन सरकार छ । यो सरकार इतिहासकै सबैभन्दा बढी बलियो जनसमर्थन प्राप्त सरकार हो । सरकार बनेको १० महिना बितिसकेको छ । यो बीचमा एक दिन पनि बन्द र हड्तालजस्ता सरकारविरोधी कार्यक्रम भएको सुनिएको छैन । प्रतिपक्षीले ४२ दिनसम्म संसद् अवरुद्ध गर्यो । उनीहरु पनि संयमित र मर्यादित नै देखिए । अहिले सरकारको काम गराई धेरैलाई चित्त बुझेको छैन । तर सरकारको कामकारबाहीबारे जनताले प्रश्न गरेको छैन । किन भने संविधान यही सरकारको नेतृत्वमा माघ ८ मै आओस् भनेर हो । तर फेरि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरिपरि पहिलो संविधानसभा विघटन गराउने भूत घुम्न थालेको छ ।
सभासद् नेपालको तर परिचयपत्रमा नेपाल नै छैन
हामीलाई संविधानसभा सदस्य–२०७० को परिचय पत्र दिइएको थियो । एकापट्टि अंग्रेजी र अर्कापट्टि नेपालीमा लेखिएको परिचयपत्रमा व्यक्तिको नाम र दल मात्र उल्लेख रहेछ । मुलुकको नाम नै छैन । कति लाजमर्दो कुरा । अघिल्लो संविधानसभा ४ वर्षसम्म रहँदा पनि कसैले यो विषयमा एक शब्द बोलेको थिएन । कतै विदेश जानु पर्यो र कार्ड देखाउनुपर्यो भने मुलुककै बेइज्जत हुने अवस्था रहेछ । हामीलाई कुन देशको सभासद भनियो भने जवाफ के दिने ? मैले संसदमा प्रश्न गरें कि हामी कुन देशका सभासद् हौं ? परिचयपत्रमा खुल्नु पर्दैन ? मैले भनेको थिएँ सभासद नै नेपालको नभएपछि के नेपालका लागि संविधान बन्छ त ? गिरिजाप्रसाद, प्रचण्ड, गगन थापाजस्ता चर्चित नेताहरुले परिचयपत्रमा रहेको त्यति ठूलो गल्ती नदेख्नु दु:खको कुरा हो । मैले कुरा उठाएपछि अहिले सुधार भएर संविधान सभा सदस्य–२०७०, नेपाल भन्ने राखियो । हामी पहिलोपटक नेपालको सभासद भएका छौं ।

नेपालीको लास आउन ८ महिना ?
नेपालमा पर्याप्त उद्योग धन्दाको विकास हुन सकेको छैन । राज्यले रोजगारीका अरु अवसर दिन सकेको पनि छैन । त्यसैले अहिले दैनिक १ हजार ५ सयका दरले रोजगारीको खोजीमा नेपाली युवा विदिशिने क्रम चलेको छ । दिनमा सरदर ३ जना नेपालीको विदेशमा ज्यान जाने गरेको छ । तर बिडम्बना के छ भने लास नेपाल आउन ७/८ महिना लाग्छ । कमाउन गएको छोरो विदेशमा मर्दाको पीडा बाबुआमा र परिवारलाई छँदैछ । त्यसमाथि विदेशको भूमिमा लास कुहिएर बस्दा र अन्त्येष्टि गर्न नपाउँदा कति पीडा हुन्छ यो राज्यमा बसेका कसैले महसुस गर्दैनन् । मलाई लाग्यो कि यो गम्भीर सवाल हो । प्रतिपक्षले समेत यो कुरा संसदमा नउठाएपछि मैले उठाएँ । सभामुखबाट सम्वद्ध पक्षको यानाकर्षण गराउने काम पनि भएको हो । तर अझै कार्यान्वयन भएको छैन ।
५ हजारको पासपोर्टलाई ७० हजार ?
हामी अहिले संघीयताको कुरा गर्दै छौं । यति र उति प्रदेश चाहिन्छ भनिएको छ । तर नेपालको अवस्थाअनुसार संघीय मोडेलको कुरा कसैले गरेको छैन । हुम्लाको मानिसले एमआरपी लिन ७० हजार खर्च गर्नुपर्छ । तर हामी जनतालाई खुब लोकतन्त्र दिएको दाबी गर्दैछौं । हुम्लाबाट नेपालगञ्जको प्लेन टिकट १२ हजार । नेपालगञ्जबाट काठमाण्डुको ८ हजार । दुईतर्फ टिक खर्च ४० हजार । एक हप्ता काठमाण्डुको होटलमा बसेर खाँदा २० हजार अनि ‘फास्ट्ट्रयाक’ बाट पासपोर्ट बनाउँदा लाग्ने राजश्व १० हजार गरेर ७० हजार पुग्छ । त्यसैले जनतालाई लोकतन्त्रको उधारो सपना बाँडेर ५ हजारको पासपोर्ट बनाउन ७० हजार खर्च नगराऔं । हरेक जिल्लाबाट राहदानी वितरणको व्यवस्था मिलाउनुपर्छ भनेर संसदमा पहिलोपटक बोल्ने रामहरि खतिवडा हो । यो कुरा संसदको रेकर्डमा गएर हेर्नुस्, बढी बोलेको होइन ।
जनतालाई एम्बुलेन्स छैन, नेतालाई एयर एम्बुलेन्स ?
गाउँगाउँमा जनता सिटामोल र जीवनजल जस्तो सामान्य औषधि नपाएर भटाभट मरिरहेका छन् । गाउँमा एम्बुलेन्स गुडाउन विदेशीका अगाडि दाह्रा देखाउनुपर्ने अवस्था छ । एउटा जिल्ला र अर्को जिल्ला जोड्ने पुल छैन । तर नेताहरु टाउको देख्यो भने एअर एम्बुलेन्स मगाएर विदेशका महंगा अस्पतालमा उपचार गर्न पुग्छन् । राज्यले उनीहरुको लाखौं उपचार खर्च व्यहोर्छ ।
यसरी लुटिन्छ सरकारी रकम
प्राइभेट कम्पनीले ८ देखि २० करोड लागतमा एक मेघावाट विद्युत उत्पादन गर्न सक्दो रहेछ । चमेलिया जलविद्युत आयोजनाका लागि वर्तमान उर्जामन्त्री राधा ज्ञवालीले असार मसान्तमा १ अरब नौ करोड अनुदान दिने तयारी गरेकी थिइन् । त्यसमा पनि ६० प्रतिशत भुक्तिनी गर्ने देखियो बाँकी कहाँ जाने हो भन्ने देखिएन । चमेलिया ३० मेघावाटको आयोजना हो । उर्जामन्त्रीको पाराले काम गर्ने हो भने त एक मेघावाट विद्युत बराबार ५४ करोड खर्च लाग्ने देखियो । ३० मेघावाटको प्रोजेक्टका लागि १८ अर्ब ? जब कि निजी क्षेत्रलाई दिएको भए ७/८ अर्बमा आयोजना सकिन्छ । बाँकी १० अर्ब त सिधै खान खोजेको खाने देखियो । मैले संसदमा यही डाटा पेश गरेर भनें कि राज्य कोषबाट यस्तो ब्रम्हलुट गर्न मिल्छ ? यसरी खानु भनेको आमाकै रगत चुसे बराबर हो । त्यसपछि त्यो पैसा दिने काम रोकियो । यसरी प्राधिकरणले अनावश्यक योजना छनौट गर्ने र सरकारका मानिसहरु मिलेर खाने प्रवृत्ति छ ।
गणेश थापालाई ठेगान लगाइयो
एन्फा अध्यक्ष गणेश थापाले २० वर्षसम्म एकछत्र रुपमा फुटबलमा राईंदाईं गर्दै आएका थिए । नेपालमा गणतन्त्र आयो तर फुटबलमा गणतन्त्र आएन । उनीसँग त सभासद नै डराउने । उनका बारेमा बोल्नै हुँदैन भन्ने । कमल थापाका भाई तीन तारे जर्णेलका दाई भन्ने जे गरे पनि बोल्नै नसक्ने । कोही बोल्न नसक्ने भएपछि को भो र ? कहिले छोराको नाममा विदेशमा भोट हाल्न जाँदा कहिले श्रीमतीका नाममा पैसा ल्याएको छ, खाएको छ । नाम चाहिं नेपाल राष्ट्र र फुटबल क्षेत्रको गएको छ । सबैभन्दा पहिला मै हुँ उनीमाथि छानबिन गरेर कारबाही गरौं भन्ने प्रस्ताव लैजाने । हामीले भ्रष्टाचार गरेको प्रमाणसहित कारबाहीका लागि सिफारिस गरेपछि फिफाले पनि कारबाही गरेको छ । पर्यटन बोर्डमा पनि सुवास निरौलाको दादागिरी उत्कर्षमा पुगेको थियो । हामीले नै ठीक पारेका हौं ।
अब पालो अख्तियारको
अख्तियारको मनलाग्दी गतिविधिले सीमा नाघेको छ । भ्रष्टाचार नियन्त्रणको नाममा खरिदार र मुखिया, हवल्दार र पुलिस मात्र समातेर हुन्छ ? अरु ठूला भ्रष्टलाई छुट दिएर सानातिनामा मात्र अख्तयार किन लागेको छ ? यो विषयलाई हामीले संसदमा प्रवेश गराइसकेका छौं । संसदको सार्वजनिक लेखा समिति, सुशासन समिति र अर्थ समितिले अख्तियार प्रमुखलाई बोलाएर बयान लिइसकेका छन् । अख्तियारले भर्खरै मात्र त्रिभुवन विमानस्थलका नासुका घरबाट ७५ लाख रुपैयाँ घूस खाएको पैसा नियन्त्रणमा लिएको कुरा बाहिर आएको छ । नासुको घरबाट ७५ लाख फेला पर्छ भने विमानस्थलको डिजीको घरबाट कति उठ्छ होला ? त्यसबारे अख्तियारले सोच्नुपर्दैन ?
विद्युत प्राधिकरणको हालत यस्तो
नेपाल विद्युत प्राधिकरण प्रत्येक दिन एक करोड २७ लाख रुपैयाँ घाटामा छ । ७ अर्ब ९५ करोड बिजुली महसुलको बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये सडक बत्तीको एक अर्ब छ जुन सरकारले तिर्नुपर्ने हो । बिजुलीको पैसा नतिर्ने सबै नेता, उच्च पदमा बसेका सरकारी कर्मचारी, व्यापारी र पहुँचवाला छन् । विद्युत चुहावट त्यत्तिकै छ । प्राधिकरणकै तत्याङ्क अनुसार सात अर्ब ३५ करोडको विद्युत चुहावट भइरहेको छ । गोकर्ण विष्ट उर्जामन्त्री भएका बेलामा लाइन काट्दै हिँडनुभयो । यी दुई कुरा गरिदिएको भए प्राधिकरण कहाँ पुगिसक्थ्यो । अरुले ८ करोडमा करोडमा गर्ने योजनाको लागत प्राधिकरण आफैं ५४ करोड पुर्याउँछ । तामाकोशी प्रतियुनिट ९ करोडमा बन्ने अनि चमेलियाको लागत कसरी प्रतियुनिट कसरी ५४ करोड पुग्ने ? यस्तो योजना छानेर हुन्छ ? काठमाण्डु बसेर दोब्बर भत्तार लिने तर फिल्डमा कोही नजाने प्रवृत्ति प्राधिकरणका उच्च पदमा बस्नेहरुमा छ ।
जिल्ला धेरै जान्छु
मैले चुनावका बेला गरेको बाचाअनुसारै हप्ता वा १५ दिनमा एकपटक ओखलुंगाको आफ्नो निर्वाचन क्षेत्र पुग्छु । एक फ्लाइटको ३२ सय रुयैपाँ लाग्छ । कहिले गाडीमा पनि जान्छु । मेरो निर्वाचन क्षेत्र रामेछाप र सिन्धुलीसँग जोडिएको क्षेत्र हो । कहिले रामेछाप र सिन्धुलीको सीमानामा कार्यक्रम हुन्छ । दुवैतिरका मान्छे जम्मा हुन्छन् । केही कुरा बोल्यो, सँगै चिया खाजा खायो । सबै खुसी हुन्छन् । यताबाट केही साथीहरु पनि लैजान्छु । रमाइलो हुन्छ । चुनावपछि हरेक गाउँ कम्तिमा तीनपटक पुगेको छु । अरु चुनाव जितेपछि फेरि अर्को चुनावमा जान्थे यो त आइरहन्छ भन्छन् । मतदाता खुसी छन् ।

हावाले उडाएको पुल बनाएँ
चुनावका बेला ओखलढुंगाको हर्कपुर र घुर्मी जोड्ने पुल एक वर्षमा बनाउँने बाचा गरेको थिएँ । सभासदको सपथै नलिई तत्कालिन भौतिक योजना तथा सहरी विकासमन्त्री छविराज पन्त, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सबै लिएर गएँ । पुलको अवस्था देखाएँ । मन्त्रीले त्यहींबाट तत्काल पुल बनाउन निर्देशन दिनुभयो । काम सुरु भएको थियो । विमलेन्द्र निधि मन्त्री हुनुभयो । ट्रस बनाउने सामान हुलाउस स्टीलले गर्दै थियो । केही ढिला भएपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङका चार जना सभासद आफ्नै खर्चमा टिकट काटेर हुलासको काराखाना बाराको सीमारा गयौं । सबै कुरा भन्यौं र एक रात बसेर सामान तयार गर्न लगायौं । अर्को दिन सामान पुल बनाउने ठाउँमा पुग्यो । महिनामा आफ्नै पकेटबाट पाँच हजार दिने गरी एक जना स्थानीयलाई ड्युटी खटाएको थिएँ । उनले पुल निर्माणको अवस्थाबारे हप्तामा एक पटक रिपोर्ट बुझाउँथे । काम भए नभएको अनुममन गर्ने हो भने सम्न्धित निकायले पनि राम्ररी भूमिका निर्वाह गर्दोरहेछ । एक वर्षमा बनाउने भनेको पुल एक वर्षमै बनाएर छाडें ।

सभासदको तलब भत्ता मतदातालाई
मेरो निर्वाचन क्षेत्रमा २६ गाविस छ । हरेक गाविसमा एक महिनाको तलब दिन्छु भनेको छु । अहिले बैंकमा जम्मा गरेर राखेको छु । सभासद भएको २६ महिनापछि लगेर बाँड्छु । प्रत्येक गाउँको विकासका लागि पैसा दिन्छु । जसले मलाई मत दिएर सभासद बनाए उनैलाई पैसा दिन्छु । जे गर्नुपर्छ उनीहरुले नै गाउँको विकासमा खर्च गरुन । तर मन्दिर बनाउन एक पैसा पनि दिन्न । किन भने मन्दिर बनाएर धर्म हुँदैन । बरु पानी लिन चार घण्टा हिंड्नेलाई मैले एक लाख रुपैयाँ दिँदा पानी पिउन पाउन्छन् भने त्यो नै ठूलो धर्म हो । काठमाण्डुको नक्साल, दरबारमार्ग र ठमेलमा गरी मेरा चार वटा रेष्टुरेण्ट छन् । महिनामा डेढ दुई लाख रुपैयाँ त्यहींबाट आउँछ । त्यही आम्दानीले घर र आफ्नो खर्च धानेको छु ।
संसदमा झण्डै भिडन्त
ओखलढुंगामा बस दुर्घटना भएर ११ जनाको को मृत्यु भएको थियो । दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेको उपचार व्यवस्था मिलाउन माग गर्ने योजनाले सभामुखसँग बोल्ने समय मागेको थिएँ । उहाँले बोल्न अनुमति दिनुभो । म बोल्न भनेर के उठेको थिएँ । एक्कासि कमल थापाका भाई गणेश थापाले तँ भिड्न खोजेको होस् ? आइज भने । धर्मको विषय उठाएर राप्रपा नेपालले संसदमा अवरोध गर्न खोजेको थियो । उनीहरुले ठानेछन् कि मैले प्रतिवाद गर्न खोज्यो । प्रत्यक्षमा एक सिट समेत ल्याउन नसक्ने हुतिहाराको म किन प्रतिवाद गर्थें र ? उनीहरुले संसदीय मर्यादाको पनि कुनै ख्याल गरेनन् । सभासदले बोल्दा सभामुखतिर हेरेर बोल्ने हो । तर सभामुखतिर पिठ्युँ फर्काएर मलाई लड्न आइज भने । मलाई पनि साह्रै रिस उठ्यो । मैले उसलाई भनें ल भिड्ने भए भिडौ आइज । मैले भनें कि म धर्मको राजनीतिमा विश्वास गर्दिन । हिन्दू धर्म कुनै एउटा पार्टीको पेवा हो ? म बाहुनको छोरा हुँ जनै लगाएको छु । के हिन्दू राज्यको चर्को कुरा गर्ने कमल थापाले जनै लगाएको छ ? यो तोरो फुटबल खेल्ने ठाउँ होइन । जहाँ तैंले वर्षौंदेखि मण्डले चरित्र देखाउँदै आएको छस् । तेरो पेवा हो धर्म र संसद ? तेरो बाऊ राजाले तह लगाउन नसकेको हामीलाई तैंले तह लगाउन सक्छस् ? तिमीहरु आज लोकतन्त्रका चर्का कुरा गर्छौ । तिमीहरु को हौ हामीले चिनेका छैनौं ? पञ्चायत कालमा रुख रोप्दा बिपी र पुष्पलाल जन्मन्छ भनेर रुख रोप्न दिइएन । बिरामीलाई रगत दिन खोज्दा यिनीहरुको रगत बिरामीलाई दियो भने बीपी र पुष्पलाल जन्मन्छ भनेर रक्तदान गर्न प्रतिबन्ध लगाउने तिमीहरु होइनौ ? तिमीहरुको दबदबा रहेको बेलामा हामीलाई जबर्जस्ती ‘एउटै भाषा एउटै भेष प्राण भन्दा प्यारो छ’ भनेर पढ्न लगाएको होइन ? आज हामीसँग स्वतन्त्रता कुण्ठित गरेको भनेर निहुँ खोज्छौ ? तिमी मण्डलेहरुले गरेको अपराधअनुसार आज जेलमा हुनुपर्ने हो । तर हामीले गणतन्त्रको स्वतन्त्रता प्रयोग गर्न दिइरहेका छौं । यो हाम्रो ठूलो उदारता हो । तर पनि मण्डले प्रवृत्ति देखाउन खोज्छौ भने हामी सहनेवाला छैनौं । मैले यति भनेपछि उनीहरु पछि हटे । बास्तवमा एन्फामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका कारण ऊ मामाथि खनिएको थियो ।

शीर्ष नेताको घर घेर्छौं
दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने हो वा होइन निश्चित छैन । यदि यो पटक पनि संविधान बनेन भने हामी रित्तोहात गाउँ फर्कने छैनौं । अघिल्लोपटक जसरी हामी लुरुक्क परेर छाड्ने पक्षमा छैनौं । समयमै संविधान बनाउन शीर्ष नेताको घरमा धर्ना दिनुपरे पनि दिन्छौं । त्यसका लागि सबै दलका भावना मिल्ने युवा सभासदहरुको मोर्चा बनाउँदै छौं । । तर पहिलाको ककसको चरित्रको मोर्चा होइन । अहिलेका शीर्ष नेता बढीमा ५ देखि १० वर्षसम्म सक्रिय राजनीतिमा रहलान् । त्यसपछि त मुलुक हाँक्ने हामीले हो । अहिल्यै हामी असफल भएको सन्देश दिन चाहँदैनौं । कथमकदाचित यो पटक पनि संविधान बनेन भने म तेश्रो संविधानसभा निर्वाचनका लागि चाहिं उम्मेदवार बन्दिन ।
- See more at: http://kathmandutoday.com/2014/11/59311.html#sthash.jM0IQmh0.dpuf
दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने हो वा होइन निश्चित छैन । यदि यो पटक पनि संविधान बनेन भने हामी रित्तोहात गाउँ फर्कने छैनौं । अघिल्लोपटक जसरी हामी लुरुक्क परेर छाड्ने पक्षमा छैनौं । समयमै संविधान बनाउन शीर्ष नेताको घरमा धर्ना दिनुपरे पनि दिन्छौं । त्यसका लागि सबै दलका भावना मिल्ने युवा सभासदहरुको मोर्चा बनाउँदै छौं । । तर पहिलाको ककसको चरित्रको मोर्चा होइन । अहिलेका शीर्ष नेता बढीमा ५ देखि १० वर्षसम्म सक्रिय राजनीतिमा रहलान् । त्यसपछि त मुलुक हाँक्ने हामीले हो । अहिल्यै हामी असफल भएको सन्देश दिन चाहँदैनौं । कथमकदाचित यो पटक पनि संविधान बनेन भने म तेश्रो संविधानसभा निर्वाचनका लागि चाहिं उम्मेदवार बन्दिन ।
1 comments
Write Down Your Responses
November 10, 2014 at 3:22 AM
I know him , and I have seen his activities too, He is very smart and dedicated to the nation and his area. Good luck to him