मरेको मानिसको खरानीले हिरा बनाउँदै स्विटजरल्याण्डको कम्पनी (फोटोफिचर)




तपाईं आफ्नो मरिसकेका आफन्त अथवा निकै प्रिय व्यक्तिको सम्झनामा के गर्नुहुन्छ ? सामान्यतया, धेरैजसो मानिसहरुले आफ्नो प्रिय व्यक्तिको सम्झनामा उनको फोटो अथवा केहि सामानहरु सधैँ आफूसँगै राख्ने गर्दछन् । नेपाली संस्कार अनुसार मृत्यु भएको मानिसलाई जलाउने गरिन्छ । जलाइसकेपनि ती व्यक्तिको अस्तु भोलीपल्ट बिहान नदिमा नै सेलाउने चलन हुन्छ । तर स्विटजरल्याण्डमा भने मरिसकेको मानिस जलाइसकेको खरानी प्रयोग गरेर निकै चमकदार हिरा बनाउने पाइएको छ ।

swit3


swit5

swit6

swit7


swit8

swit9


swit14

swit17

swit19

स्विटजरल्याण्डमा अवस्थित अल्र्गोडान्जा नामक एक कम्पनीले मरिसकेको मानिस जलाइसकेपछि प्राप्त हुने खरानीको उपयोग गर्दै हिरा बनाउने गरेको छ जसलाई मानिसहरुले आफ्नो जीवनरहुञ्जेल साँचेर राख्ने गर्दछन् । उक्त खरानीलाई उच्च तापमानमा खाँदेर हिरा बनाउने काम गरिन्छ । मानव रचित त्यो हिरालाई मानिसहरुले लगाउन पनि सक्छन् ।

हिरा बनाउन उक्त कम्पनीले लामो प्रक्रिया पालना गर्ने गर्दछ । रासायनिक प्रक्रियामार्फत मानिसहरुको खरानीबाट कार्बन निकाल्ने काम गरिन्छ । त्यसपछि उक्त कार्बनलाई ग्राफाइटमा परिवर्तन गर्न उच्च तापमान दिइन्छ । त्यसपछि उक्त ग्राफाइटलाई पनि २,७०० डिग्रि फरेनहाइटको तापमान दिइन्छ । खरानीमा उपलब्ध बोरोनको आधारमा हिराको रंग सेतोदेखि गाढा निलो रङ हुने गर्दछ । त्यस्ता हिराको मूल्य चार लाख चालिस हजार नेपाली रुपैयाँदेखि सुरु हुने बताइएको छ । (एजेन्सी)


www.ratopati.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.