ज्ञानेन्द्र र माधव नेपालको भविष्य हेर्ने माताको रामकहानी

ज्ञानेन्द्र र माधव नेपालको भविष्य हेर्ने माताको रामकहानी
माता भन्छिन् निर्मल निवासमा चराहरुको आवाज सुन्दा विरेन्द्र र दिपेन्द्र गुनगुनाए जस्तो लाग्थ्यो )


यी माताको भविष्यवाणी अनुसार माधव नेपाल दुई ठाउँवाट हारे पनि प्रधानमन्त्री भए । कांग्रेस नेतृ कमला पन्त सभाषद् बनिन् । नेटवर्कीङ व्यापार गर्ने हर्वो कम्पनी टुट्दैछ भनेको सात दिनमा समस्या देखापर्‍यो । ‘पहिलो संविधानसभाबाट संविधान नबन्ने कुरा मैले पहिल्यै जयमुकुन्द खनाललाई भनेको थिएँ ।’ माताले भनिन् । संविधानसभा भवन र प्रधानमन्त्री निवास वालुवाटारमा किन सँधै किचलो हुन्छ भन्नेवारे माताको

नयाँ खुलासा :
10371910-583972901717423-5721160670436001142-n

संसारमा कसैले कसैलाई दिशा दिन सक्दैन । संसारका प्रत्येक मान्छेको जीवनपथ फरक हुन्छ । अनि हिंड्ने तरिका पनि फरक । धनकुटा दाङ्ख्वाकी सविता आचार्य पनि आफ्नै तरिकाले हिंडिन् । दुनियाँको हिंडाइको चाल संग के मतलव ? यो दुनियाँ त मेडिकल साईन्सको रेल हाँक्ने नयाँ स्टाईल बारे सोच्दै थियो, तर सविताले दुनियाँकै भाग्य हेर्ने ऐनाको ह्यान्डिल समातिन् ।

‘म सात महिनामै जन्मेको हुँ’ सविताले पहिलो वाक्य वोलिन् । नेपाली समाजको एउटा तप्कामा ‘माता’को पहिचान बनाएकी सविता आफ्ना अनुभुती सुनाउन रातोपाटीमा झुल्केकी थिईन् । तपाई कसरी माता बन्नुभो ? उनि नेताले जस्तो फटाफट मनगढन्ते भाषा ओकल्न जान्दिनन् । ‘शिव र सरस्वतीले सातै वर्षमै अलौकिक शक्ति दिएकाले मान्छेहरुको भविष्य बताउँदै आएको छु ।’ मेधावी विद्यार्थीले कण्ठ पारेको पाठ संझे जसरी सविता बोलिन् ।
भविष्य हेर्ने माता भन्नेवित्तिकै अद्यात्मिकताको गन्ध आउँछ । त्यसैले त उनि ‘वास्तुशास्त्रलाई मान्छु’ भन्न हिचकिचाउँदिनन् । मध्यम परिवारकी सविताले आफुले पाएको अलौकिक शक्तिको अनुभव यसरी सुनाईन : ‘एक दिन राती म थकित मुद्रामा सुतिरहेको थिएँ । भोलिपल्ट गर्नुपर्ने कामको चाप त्यतिकै थियो । रातको करिब दुई बजेपछि शिव र सरस्वतीले मेरो छेउमै आएर यस्तो–यस्तो मान्छेहरुको भविष्यवाणी हेर्नु, यस्ता–यस्ता नेताहरु भेटिन्छ, चर्चा हुंदै जान्छ भनेर भन्नुभयो । म अचम्ममा परें । पछि बुझ्दै जाँदा त्यो अलौकिक शक्ति रहेछ ।’

स्कुल पढ्दा गणितमा कमजोर रहेकी सविताले ‘नाफा नोक्सान’को उत्तर मिलाउन भन्दा मान्छेको भाग्य मिलाउन ध्यान दिईन् । ‘उमेर बढ्दै जाँदा मान्छेहरुको भविष्य हेर्न मन लाग्दै गयो । गाउँका आमा,दिदी,वहिनीहरुलाई त्यतिकै जिस्किएर ‘तपाईलाई यस्तो भएको छ’ भन्दा ठ्याक्कै मिल्थ्यो ।’ सविता बोलिन । शुरुवाती दिनमा अरुको भुत र भविष्य ठ्याक्कै मिल्दा आफंै अचम्म मान्ने सविता ११/१२ वर्ष देखि पुरै भविष्य बताउन थालिन् । उनले भाग्य हेर्न थालेको अहिले १८ बर्ष पुग्यो ।

शुरुमा गाउँलेहरुले ‘वाहुनकी छोरी यस्तै हो’ भनेर सवितालाई विश्वासै गरेनन् तर आज पुर्व राजा ज्ञानेन्द्र देखि पूर्वप्रधानमन्त्री माधव नेपाल सम्म यिनै माताको शरणमा पुगिसकेका छन् । ‘कर्ममा भन्दा भाग्यमा बढी विश्वास गर्नुपर्छ भनेर म भन्दिन, कर्म गरेपछि मात्र भाग्यको फल खान पाइन्छ’ माताले कर्मको सम्मान गरीन् । नेपालमा ज्योतिष विद्यामा पिएचडी गरेकाहरु पनि छन् तर आफ्नो अलौकिक शक्ति ज्योतिष विद्याभन्दा निकै फरक रहेको बताउँछीन सविता । नेपालका नामी ज्योतिषहरु जन्म कुण्डली र चिना अनुसार भविष्य बताउँछन तर सविता भने आवाज सुनेर, फोटो हेरेर वा अनुहार हेरेर जो–कसैको भविष्य बताउँन सक्छिन् । हातका रेखाहरु हेरेर त झन नबताउने कुरै भएन ।

घर बनाउनेवेलामा ग्रहदशा हेर्नुपर्‍यो भने यि मातालाई माटोसाटो हेरिराख्नु पर्दैन । खासै प्रचारमा आउन नचाहने यि माताले भनिन् ‘म प्रचारले ठूली मान्छे बनेकी होइन, मलाई त्यसको इच्छा पनि छैन ।’

सविता आचार्यले आफ्नै गृह जिल्लाको भएकाले पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको भविष्य हेर्न निकै प्रयत्न गरिन तर सकिनन् । ‘धनकुटामा राम्रो काम पनि गर्नुभएको थियो,तर उहाँका पाले पहराको रुखो ब्यवहारले गर्दा भेट्न पाईन् ।’ माताले तितो पोखिन् ।

यि माताले आजसम्म पुर्व राजा ज्ञानेन्द्र देखि समाजका विभिन्न नाम चलेका व्यक्तित्वहरुलाई भेटीसकेकी छिन् । त्यसमध्ये ज्ञानेन्द्रलाई भेट्दाको अुनभव माताले यसरी सुनाईन : ‘धादिङकी अञ्जु पाण्डे मार्फत पत्रकार देवप्रकाश त्रिपाठीसंग मेरो चिनजान भयो । अनि देवप्रकाश त्रिपाठी मार्फत मैले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसंग भेटें । मैले करिब साँढे १२ लाख मान्छेको भविष्य हेर्दा धेरैले सोध्थे‘राजा आउने योग छ कि छैन ?’ त्यसै प्रश्नको उत्तर खोज्न म निर्मल निवास पुगेको थिएँ ।

जब म निर्मल निवासको ढोकाबाट छिरें,चराचुरुङ्गीहरु मेरो अगाडि झुम्मिए, मानौं उनिहरु मलाई दर्शन गर्दै छन् । त्यहाँका चराहरुको आवाज सुन्दा दिवंगत राजा विरेन्द्र, धिरेन्द्र र दीपेन्द्र एकआपसमा कुरा गरेजस्तो लाग्थ्यो । ठिक त्यहिवेला बेजोडको अवाज मेरो कानमा ठोक्कियो ‘ऐया, मरें !’ अनि मेरो आँसु खस्यो ।

ज्ञानेन्द्र एउटा चौतारोजस्तो ठाउँमा बस्नुभएको रहेछ, त्यहाँ थोरै बोल्दा पनि आवाज थर्किन्थ्यो । उहाँको लवाइ हेर्दा सामान्य मान्छे जस्तै लाग्थ्यो । मैले उहाँलाई भनें, ‘राजतन्त्रको तीनपटकसम्मको योग छ, राजसंस्था फेरि आएका देशमा शान्ति आउछ, नत्र भने क्रान्तिकै योग देखिन्छ ।’ मैले यसो भनिरहंदा उहां मुसुमुसु हाासिरहनुभएको थियो । तर उहांले सोध्दै सोध्नु भएन ‘म कहिले राजा हुन्छु ?’

धेरै ज्योतिषीहरु भन्थे २०१२ मा पृथ्वीमा प्रलय हुन्छ । तर यि माताले झापामा गएर बोलेकी थिईन् ‘प्रलय हुँदैन’ । आफ्ना दिदी बहिनी मध्ये जेठी–बाठी सविताले विदेशमा आफ्नो भविष्य खोज्दै गएका नेपालीहरुलाई पनि स्काइपबाट समय दिने गरेकी छिन् । ‘भाइबरमा पनि कुरा गर्ने गरेकी छु’ सविताले थपिन् । दुनीयाँको भविष्य हेर्ने काममा लागेकी सविता लाई कसैसँग विवाह गरेर बच्चाको आमा बन्ने सौख छैन । ‘कसैकी श्रीमती वा बुहारी बन्नु बेकार हो ।’ धार्मीक मान्छेको भाषा वोलिन् । उनले थपिन्‘एउटा घरमामात्र होइन, सबैको घरमा उज्यालो पार्ने मन छ ।’

एमालेका नेता माधव नेपालसँग यी माताको अचानक भेट भएछ । त्यतिवेला नेपालले दुई ठाउँवाट चुनाव हारेका थिए । माताले भनिछन्‘ दुई ठाउँबाट हारे पनि तपाई प्रधानमन्त्री बन्नुहुन्छ ।’ कांग्रेस नेतृ कमला पन्त यि माताको शरणमा पुगिछन् । माताकै भविष्यवाणी अनुसार पन्त, पछि सभाषद् बनिन् । ‘उहाँ पनि चकित पर्नुभयो’ माताले भनिन् ।

सविता आचार्यले नेटवर्कीङ ब्यापार गर्दै आएको हर्बो कम्पनीको पनि भविष्यवाणी गरिन् । उनले हर्बोसंग जोडीएको घट्ना यसरी सुनाईन : ‘म विन्दु भुषालसंग नयाँ बानेश्वरस्थित हर्बो कम्पनी पुगें । त्यहाँ गएर मैले ‘यो कम्पनिमा ठूलो झै–झमेला आउँदैछ, यो टुट्दै छ’ भनेको थिएँ । सातदिन पछि त्यो कम्पनी टुट्यो ।’
‘पहिलो संविधानसभाबाट संविधान नबन्ने कुरा मैले पहिल्यै जयमुकुन्द खनाललाई भनेको थिएँ ।’ माताले भनिन् । वास्तु नमिलेकाले संविधानसभा भवन, राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा उत्तारचढावहरु आइरहने बताउँछिन माता । ‘सबैमा अहम् बढ्ने, हुन लागेका काम पनि भाँडिने, जहिल्यै किचलो हुने कारण नै यहि हो ।’ माताले भनिन् । समय अमुर्त भएकाले आगामी माघ ८ गते संविधान घोषणा नुहने कुरा यि माताले प्रधानमन्त्रीका स्वकिए सचिव हुर्मत न्यौपाने मार्फत प्रधानमन्त्रीलाई खवर पठाई सकेकी छिन् । उनको सुझाव छ ‘संविधान घोषणाको समयलाई अलि पछि सार्दा राम्रो हुन्छ ।’
‘तिमीबिना मरिहाल्छु भन्नुपर्दैन’
प्रेम भन्नु निरन्तर एक समान गतिमा प्रवाहित भईरहने भावना हो । यसको गतीलाई कुनैपनि कुराले सुस्त वा शिथील तुल्याउन सक्दैन । सविताको भक्तजनप्रतिको मायालाई पनि कुनै कुराले शिथील तुल्याउनै सकेन । ‘भ्रष्टहरुलाई माया गर्दीन, संसारका हजारौंलाई म लभ गर्छु तर पनि ‘तिमीविना मरिहाल्छु भनेर मैले कसैलाई भन्नुपर्दैन ।’ सविताले भनिन् । किनकी उनी कुनै कलियुगका केटासंग डेटिङ स्पट धाउँदिनन् । मायाकै नाममा नकारात्मक घटनाहरु घटेकाले त्यसप्रति माया गर्नेहरु सचेत रहन सुझाउँछिन् सविता । ‘ नेपालमा अहिले यौनजन्य हिंसा, विकृतिहरु बढ्नुको कारण पनि यहि हो,’ सविताले भनिन् ।
देशको भाग्य र भविष्य बारे सविता भन्छिन्, ‘०७३ सालपछि मात्रै यो देशको स्थितिमा केही सुधार आउन सक्छ ।’ ‘देशमा अहिले देखिएको अस्तव्यस्तता नियन्त्रण गर्न नेतृत्वमा बसेकाहरुले सोच्नुपर्छ,राम्रो होस मेरो आशिर्वाद π’ माताले संवाद टुंग्याइन् ।


www.ratopati.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.