अव पासवर्ड विर्से पनि पिर गर्न नपर्ने

सजिलो पासवर्ड राख्दा सम्झिन त सजिलो हुन्छ तर ह्याकहरुले सजिलै पत्ता लगाइदिन्छन् । कठिन पासवार्ड राख्यो सम्झिन पनि गाह्रो हुन्छ पासवर्ड भुलेर दिक्क । तर कठिन पासवर्ड ह्याकरले पनि हत्पति थाहा पाउन सक्दैनन् ।

 password img

अव भने यस्तो पासवर्ड भुल्ने समस्याबाट मुक्त हुने दावी अनुसन्धानकर्ताहरुले गरेका छन् ।
नयाँ फेस लक प्रणालीमा विकाश भएको अनुहार देखाएर अनलक गर्ने पासवर्डको बैकल्पिक सिस्टमले पासवर्ड भुलेर हुने तनावबाट मुक्ति दिने उनीहरुको भनाइ छ ।face lock

बेलायतको योर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले फेसलक प्रणालीमा कसैले पनि झुक्याउन नसक्ने बताए ।
फेसलक सिस्टमले पासवर्ड सम्झिनु पर्ने झन्झटबाट पनि मुक्ति दिने र यसबाट सुरक्षा पनि बढी हुने उनीहरुको भनाइ छ ।

यो प्रणालीमा विभिन्न तस्विरमा अध्यन गरिएको अनुहारको आकृतिलाई फिक्स गरेर राखिने र उक्त अनुहार देखिएपछि मात्र उपकरण वा ब्राउजर खुल्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यस्तो फेसलक प्रणालीय स्मार्ट फोनमा अहिले पनि उपलब्ध छ तर अव भने यो आम रुपमा इमेल र सामाजिक सञ्जालका माध्यममा समेत प्रयोग हुने देखिएको छ ।
कम्प्युटरमा समेत यस्को प्रणाली छिट्टृै आउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.