श्रीमतीले धोका दिइरहेको थाहा पाउने तरिका


(एजेन्सी)–आफ्नी श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउनका लागि विशेषज्ञहरु केहि तरिकाहरु दिएका छन् ।
पहिलो, फोन कल– फोन कलमा आइरहेको परिवर्तन जस्तै बारम्बर आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले तपाईंकी श्रीमतीले धोका दिइरहेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । जब उनले फोन उठाउँदा के फोनको आवाज कम गर्छिन् अथवा अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन् ?
दोस्रो, उनको केटी साथीहरुसँग घुलमिल– के उनी उनको केटी साथीहसँग पहिलाको भन्दा बढि समय बिताउँछिन् । केहि अघि कसैसँग समय बिताउनु नपर्ने श्रीमती एकाएक बेलुकाको धेरैजसो समय बाहिर नै बिताउने गर्दछिन् र जब तपाईंले कहाँ थियौ भन्ने प्रश्न गर्दा उनको उत्तर इमानदार नहुन सक्छ । यदि यस्तो अवस्था छ भने तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।
तेस्रो, नुहाउने र जीम– के उनी घर फर्कदा भर्खरै नुहाएर आएको जस्तो देखिन्छिन् जब कि उनी बिगतमा दिउँसो नुहाउने गर्दिनथिन् । के उनी पहिलाको भन्दा जीममा बढि धाउने गर्दछिन् ?
चौथो, उनको बास्ना–के उनी पहिले यस्तो बास्नादार हुने गर्दथिन् । के उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढि आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।
पाँचौ, आँखा जुधाई – के उनले कहाँ गएकी थियौ र के गरिरहेकी थियौ भन्ने प्रश्नको उत्तर दिँदा आँखा जुधाएर उत्तर दिन बन्द गरेकी छिन् । पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमतीले एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।
अन्तिममा यौन विचलन– के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनी तपाईंसँगको सेक्समा साथ मात्र दिइरहेकी छिन् ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ?

http://edailynewsnepal.blogspot.com/2014/11/blog-post_703.html#.VGAJsZ9SbIU

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.