यसरी खान सकिन्छ तरकारीलाई विषमुक्त बनाएर



सामान्य विषादीयुक्त तरकारीलाई घरेलु विधि अपनाएर खानयोग्य बनाउन सकिने विज्ञले बताएका छन्। तरकारीको गुदीभित्र प्रवेश गरेको विषादी अवशेष भने हटाउन सकिँदैन।

राजधानी भित्रिने आलु तथा सबै प्रकारका हरियो तरकारीमा विषादी भेटिएपछि उपभोक्ता आतंकित भएका छन्। बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले सामान्य विषादीयुक्त तरकारीलाई सय ग्राम पानीमा दुई प्रतिशत नुन मिसाएर करिब १५ मिनेट डुबाएर पखाल्दा करिब ७० प्रतिशत बिषादी नष्ट हुने बताए।
यसैगरी तरकारीको बोक्रा निकालेर सफा पानीमा दुईतीनपटक पखालेर उपभोग गर्दा पनि विषादीको प्रभावबाट बच्न सकिने शर्माले बताए। उनका अनुसार धेरै टल्किने र आवश्यकभन्दा बढी ताजाजस्तो देखिने तरकारीमा विषादी प्रयोग भएको हुनसक्छ।
विषादीबाट बच्न सलादका रूपमा बोक्रासहित खाने बानी परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उनले सबैखाले तरकारीका बोक्रा निकालेर सफा पानीमा पखालेपछि मात्र खान सल्लाह दिए। तरकारीमा विषादीको निषेध दर ३५ प्रतिशतसम्म भेटिए उपभोग गर्दा कुनै हानि नहुने उनको भनाइ छ। ‘३५ देखि ४५ प्रतिशत निषेध दर फेला परेको तरकारीलाई केही दिन फ्रिज तथा घाम र हावा लाग्ने ठाउँमा राखेर तीनचारपटक सफा पानीले पखालेपछि उपभोग गर्न मिल्छ’, उनले भने।
निषेध दर ४५ प्रतिशतभन्दा बढी भेटियो भने कुनै पनि हालतमा उपभोग गर्नुहुँदैन। मानव शरीरमा प्रवाह हुने रगत सक्रिय हुन विषादीको परिमाणले रोक्ने दरलाई निषेध दर भनिन्छ।आजको अन्नपुर्ण पोष्टमा खबर छ ।


,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.