काक तिहारको रौनक : किन मनाइन्छ काक तिहार ?

काठमाडौं, कार्तिक ४ ।  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन देशभर परम्पराअनुसार आज काग पूजा गरिंदैछ ।
काग सन्देशबाहक चलाख चरा भएकाले यस्को पूजा गर्ने चलन छ । यो मानवको हितकारी पंक्षी हो । आजका दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । आज साँझ यमदीप दान गन गरिन्छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमलोकका राजा यमराजले बहिनी यमुनालाई वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेकाले यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ ।
तिहारलाई दाजुबहिनी वा भाईबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउछन् ।
झिलिमिली उज्यालो र फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घर आँगननिकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान गरी तिहार सर्वत्र रमाईलो गरी मनाईन्छ ।
नेपालको मौलिक सम्वत् नेपाल सम्वतको प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन् । तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र सांझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवद्र्धन र गोरुपूजा तथा नेवार समुदायमा म्हः अर्थात आत्मपूजा गर्ने प्रचलन छ । अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ ।


http://imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.