विरेन्द्र र उनका परिवारको नाममा भएको सम्पत्ति सुराकी लगाएर खोज्नुपर्छः प्रधानमन्त्री कोइराला
काठमाडौं, १५ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले सूचक (सुराकी) हरुलाई केही प्रोत्साहन दिएर भएपनि स्व. राजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहेको सम्पत्ति खोज्न नेपाल ट्रष्टलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नेपाल ट्रष्टको बार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले विरेन्द्रसहति स्व. रानी ऐश्वर्य, स्व. राजा दीपेन्द्र र स्व.युवराज निराजनको नाममा रहेको सम्पत्तिसमेत नेपाल ट्रष्टको अन्तर्रगत ल्याउन आग्रह गर्नुभएको हो ।
उहाँले कार्यक्रममा ट्रष्टको स्वामित्वमा आएको सम्पत्तिकोसमेत सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो ।
‘ट्रष्टको सम्पत्ति जनताको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा लगाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘८० प्रतिशत रोगहरु स्वच्छ खानेपानीको अभावमा पैदा भएर विस्तार हुने भएकोले आम जनतालाई स्वच्छ खानेपानी पु¥याउनेतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।’
प्रधानमन्त्री समक्ष नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले आर्थिक बर्ष २०६९ ÷७० को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल ट्रष्टका सचिव डा.नरबहादुर रजवारले ट्रष्टको स्थापना, यसले गरेका कार्य र भावी कार्यक्रमसहित चुनौतिका विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी उहाँले कार्यक्रममा नेपालको विकासमा ब्रेक थ्रु हुने समेत बताउनु भयो ।
‘नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । अब एउटा ब्रेक थ्रु हुन्छ,’ ‘प्रधानमन्त्रीले भन्नुभयो ‘संविधान जसरी पनि आउछ ।’
प्रधानमन्त्री कोइरालाले नेपालमा पनि बुट (बीओटी) ,बूट (बीओओटी) र सार्वजनिक निजी साझेदारी (पीपीपी) जस्ता विकासका नयाँ अवधारणा आएको उल्लेख गर्नुभयो ।
दैनिकनेपाल बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses