‘मस्तीजादे’ मा डबल मजा दिँदै सनी लियोन
काठमाडौं, बलिउड फिल्म ‘रागिनी एमएमएस 2′ बाट आफ्ना प्रशंसकहरूको मनोरञ्जन गरेपछि अब पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आफ्नो नयाँ फिल्म ‘मस्तीजादे’ बाट डबल धमाका गर्न गैरहेकी छन । यस फिल्ममा तुषार कपूरले मुख्य भूमिका गर्ने भएका छन । बताइए अनुसार यस फिल्ममा सनी डबल रोलमा देखिने भएकी छन । तुषारले यस अघि पनि सेक्स कमेडी फिल्महरूमा काम गरिसकेका छन । यो फिल्म पनि एक सेक्स कमेडी श्रेणीमानै निर्माण हुने भएको छ ।
यस फिल्मको शूटिङ समेत शूरू भैसकेको छ । यस फिल्ममा सनी दोहोरो भूमिकामा लैला र लिली का रूपमा देखिने भएकी छन । यो फिल्मको निर्माण प्रितीश नन्दी कम्यूनिकेशनले गरिरहेको छ । बलिउडमा आफ्नो नयाँ करिअर शुरू गर्ने यी क्यानाडाली पोर्न स्टार सनीको दोहोरो भूमिका भएको यो पहिलो फिल्म हो । सन्नी लियोनले यस फिल्मका बारेमा आधिकारीक पुष्टि भने सोशियल नेटवर्किङ वेबसाइट ट्विटरमा गरेकी हुन । यस फिल्मका निर्देशन मिलाप जावेरी हुन । मिलापले यस अघि ‘एक भिलेन’ र ‘ग्रान्ड मस्ती’ फिल्महरूका पटकथा लेखिसकेका छन । डबल रोलमा देखिएर सनीले दर्शकहरूलाइ मजा पनि डबलनै दिने कुरा स्वयं निर्माताले पनि यस अघिनै बताइ सकेका छन ।
0 comments
Write Down Your Responses