अनशन मात्र बस्ने डाक्टर गोविन्द केसीको ढोङ ! यस्तो छ भित्रि रहस्य

काठमाडौ ।
त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी फेरी अनशन बस्ने तयारीमा छन् । नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने तथा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का नियुक्तिमा वरिष्ठतालाई आधार मान्नुपर्ने माग राखेर केसी यस अघि पनि पटकपटक अनसन बसेका थिए । गत बर्षमात्रै उनी दुईचरण गरेर १९ दिन आमरण अनसन बसे । र, अहिले फेरी आमरण अनसनको तयारीमा छन् । १८औं सार्क शिखर सम्मेलनको समयमा अनसन बसेर केसीले देशकै वदनाम गर्न लागेको आरोप उनीमाथि शिक्षण अस्पतालका डाक्टरहरुले लगाउन थालेका छन् । त्यसो त, सरकारले पनि विदेशी पाहुनाको उपचार गर्ने अस्पतालका रुपमा शिक्षण अस्पतालाई नै राखेको छ । केसी कसको उक्साहटमा किन पटकपटक अनसन बसिरहेका छन त ?
Dr Govinda kc ansan

विराट र देवदहमा किन बोलेनन केसी ?
डाक्टर केसी अनशन बस्नुमा खास कारण राजनीति हो । बाहिर सरसर्ती हेर्दा केसीका माग सही लागे पनि उनको अन्र्तयले त्यो गरिरहेको छैन । एक बर्षको अन्तरालमा देखिएका केही उदाहरणले केसीका माग मौसमी र राजनीति प्रेरित हुन भन्ने पुष्टि गरेको छ । काठमाडौ विश्वविद्यालयले गत भदौमा २ वटा मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो । विराटनगरको विराट मेडिकल कलेज र भैरहवाको देवदह मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएको हो । त्यतिबेला केसी चुपचाप बसेका थिए । त्यसको प्रसंग अहिले पनि उठाएका छैनन् । विराट मेडिकल कलेज अख्तियार प्रमुख लोकमान सिंह कार्कीका आफन्त ज्ञानेन्द्र कार्कीको लागनी रहेको कलेज हो भने देवदह मेडिकल कलेज नेपाली कांग्रेसनिकट नेताहरुको लागनी भएको कलेज हो ।

जब त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले मनमोहन मेमोरियल मेडिकल कलेजलाई सम्बन्धन दिन फ्याकल्टी बोर्डमा छलफल सुरु भयो त्यसपछि केसी अनसन बस्ने तयारीमा लागेका हुन् । मनमोहन मेमोरियल, जनमैत्री, पिपुल्स, पुष्पलाल मेडिकललगायतका ११ वटा प्रस्तावित मेकिडकल कलेज सम्बन्धनको पखाईमा छन् । त्यसमध्ये विराट र देवदहले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका हुन् । शिक्षण अस्पतालमा प्रत्यक्ष अप्रत्यक्ष केसीले राजनीति गरिरहेको शिक्षण अस्पतालकै प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटा बताउछन । ‘कुनै कलेजले सम्बन्धन पाउँदा चुपचाप बस्ने कुनैले पाउन लागे भने अनशन बस्ने अनि आफै माग विपरित आफ्ना मान्छे कनिष्ठ भए पनि नियुक्ति हुदाँ चुप बस्ने कुरालाई कसरी उपयुक्त मान्न सकिन्छ र ? यो पनि त राजनीति हो नि ।’ बाँस्कोटाले भने । यता, किष्ट मेडिकल कलेज इमाडोल र सैनिक अस्पताल मेडिकल कलेजलाई एमविविएसको कोटा बढाउँदा पनि केसी चुपचाप नै बसे । केसीले अनसन तोडेको केही समयपछि ती कलेजको कोटा बढाउने निर्णय संस्थानको फ्याकल्टी बोर्डले गरेको थियो ।
Dr Govida KC hunger strike

कनिष्ठलाई नियुक्ति गर्दा केसी चुप
संस्थानको नियुक्तिमा वरिष्ठतालाई आधार मान्नुपर्ने प्रमुख माग केसीको हो । तर, आफुनिकट व्यक्तिले नियुक्ति पाउँदा केसी चुपचाप बस्ने गरेका छन् । शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्राडा दीपकप्रकाश महारा नियुक्त हुदाँ केसी चुपचाप थिए । केसीको अर्थो विभागका डाक्टर महरा अस्पतालका जुनियर प्राध्यापक हुन । त्यसमाथि उनी विवादास्पद छवि भएका व्यक्ति पनि हुन् । शिक्षण अस्पतालनजिकै रहेको चिरायु अस्पतालका लगानीकर्तासमेत रहेका डाक्टर महराभन्दा वरिष्ठ डाक्टर प्रदीप वैद्य थिए । कार्यकारी निर्देशकका सिफारिश भएका ३ जना मध्ये वैद्य बरिष्ठ थिए । तर, महरालाई बनाउन केसी स्वय‌‌ं लागे । केसीको गत बर्षको अनसनका बेला त्रिविले डीन नियुक्तिका लागि गठन गरेको रतिन्द्र श्रेष्ठ, केके ओली र दीपक महराको तीन सदस्यीय कार्यदलमा संस्थानको डीन वरिष्ठताकै आधारमा हुनुपर्छ र त्यसमा पनि प्राडा राकेश श्रीवास्तव नै हुनुपर्छ भनेर राजीनामा दिएका सदस्य महरा नै हुन् । जुनियर महरा नै कार्यकारी निर्देशक खान भने योग्य ठहरिए ।

निजी अस्पतालमा लगानी भएको व्यक्तिलाई सरकारी अस्तापपलको तालाचाबी बुझाउन हुने कि नहुने प्रश्न पहिला देखि नै उठेको थियो । तत्कालिन निर्देशक भगवान कोइरालाभन्दा पहिलाका निर्देशक केपी सिंहको समयमा सामान निजी अस्पतालमा वील शिक्षण अस्पतालमा आएको तथ्य सार्वजनिक भएको थियो । तत्कालिन निर्देशक भगवान कोइरालाले ६० लाख रुपैयाँको वीलमात्रौ फेला पारेपछि यस्तो रहस्य खुलेको थियो । त्यसैगरी महाराजगञ्ज मेडिकल कलेजमा सहप्राध्यापक अर्जुन लामिछानेलाई नियुक्त गर्दा पनि केसी बोलेनन् । लामिछाने पनि अर्थो विभागकै डाक्टर हुन् । जबकी लामिछानेभन्दा सिनियर प्राध्यापक नै ५० जनाभन्दा बढी छन् । त्यतिमात्र होइन राजनीतिक व्यक्तिलाई नियुक्त गर्न नहुने तर्क गरेका डाक्टर केसीले नेपाली कांग्रेसको भातृसंगठन प्रजातान्त्रिक प्राध्यापक संघ शिक्षण अस्पताल शाखाको अध्यक्ष दीपक महरालाई अस्पतालको कार्यकारी नियुक्त गर्न आफै तम्सिएका हुन् ।

को को हुन केसीलाई उचाल्ने ?
खासमा गोविन्द केसी आफैभन्दा पनि अरुको उक्साहटमा अनशन बस्ने गरेका छन् । निजी अस्पतालमा लगानी भएका र ती अस्पतालमा काम गर्ने डाक्टरहरुको साथ केसीलाई हुने गरेको छ । उनीहरुकै ग्रान्ड डिजाइनमा यस्तो भइरहेको शिक्षण अस्पतालका कर्मचारीको भनाइ छ । एक कर्मचारीले दिएको जानकारी अनुसार केसी उचालेर शिक्षण अस्पताल बन्द गराउन पाइयो भने आफ्नो अस्पतालमा विरामी लैजान पाइने नियत ती डाक्टरले राख्ने गरेका छन । हुन पनि आन्दोलनका सहयोगी भनिएका डाक्टरहरु गत बर्ष पनि निजी अस्पतालमा भने काम गरिरहेका हुन्थे शिक्षण अस्पताल बन्द गरेर । त्यसमा पनि अलिकति आन्दोलन हुनेवित्तिकै शिक्षण अस्पतालको ओपिडी सेवा बन्द गरिहाल्छन् ।
dr-govinda-kc 1
एक कर्मचारीले भने ‘नियत सफा हुन्थ्यो भने सुरुमै डाक्टर किन ओपिडी सेवा बन्द गर्छन् ? अनि केसीका सहयोगी सबै किन निजी अस्पतालका मालिक र कामदार हुन्छन ?’ केसीलाई आन्दोलनका लागि उक्साउने डाक्टरहरुमा करवीरनाथ योगी, केपी सिंह, डिएन साह, दीपक महरा, दीव्या सिंह, प्रेम ज्ञवाली, विनोदविक्रम पोखरेल, राकेश श्रीवास्तव, जगदीश अग्रवाल, प्रदीप ज्ञवालीलगायका केही सीमित प्राध्यापक डाक्टरहरु छन् । उनीहरुको निजी अस्पतालमा लगानी र आवद्धता छ । शिक्षण अस्पतालका एक कर्मचारीले दिएको जानकारी अनुसार दीव्या सिंह र प्रेम ज्ञवालीको ग्रान्डी अस्पतालसँग आवद्धता छ । पूर्व कार्यकारी निर्देशक केपी सिंहको ओम र मेडिकेयर अस्पतालसँग छ । कार्यकारी निर्देशक दीपक महराको चिरायु अस्पतालमा लगानी छ । त्यसैगरी, राकेश श्रीवास्तवको आफ्नै निवास माइतीघरमा क्लिनिक छ भने करबीरनाथ योगीको शिक्षण अस्पतालनजिककै क्लिनिक छ । डीएन साह अन्तर्राष्ट्रिय आँखा अस्पतालमा आवद्ध छन जुन शिक्षण अस्पताल नजिकै छ । प्रदीप ज्ञवालीको हेल्पिङ ह्याण्डस अस्पताल चावेलमा छ ।

अस्पतालको घाटा कस्ले व्यर्होछ ?
गत बर्ष केसी १९ दिन अनसन बन्दा करिब ५ करोड रुपैयाँ घाटा लागेको थियो । त्यसको क्षतिपुर्ति अहिलेसम्म हुन सकेको छैन । उल्टो विरामीको संख्या घटेको छ । अस्पताल प्रशासनले दिएको अनौपचारिक तथ्यांक अनुसार दैनिक २ देखि साढे २ लाख रुपैयाँ मात्रै अस्पतालले आम्दानी गरिरहेको छ । कार्यकारी निर्देशक भगवान कोइराला हुदाँ दैनिक झन्डै ६ लाख रुपैयाँ हुने गरेको बताइएको छ । कोइरालाले विरामी निजी अस्पतालमा लैजान र डाक्टरलाई निजी अस्पतालमा काम गर्न कडाई गरेका थिए र सो आम्दानी गरेका हुन् । अहिले महराको समयमा सबैभन्दा बढी विरामी निजी अस्पतालमा लैजाने गरिन्छ । संस्थानका पूर्व सहायक डीन डाक्टर रतिन्द्र श्रेष्ठ पनि केसीको आन्दोलले अस्पतालाई गम्भीर धक्का लागेको बताउँछन् । विरामीको संख्याका र आम्दानी घट्नुमा डाक्टरहरु निजी अस्पतालमा काम गर्न जानु नै मुख्य कारण रहेको श्रेष्ठको भनाइ छ ।

nepaliheadlines.com/2014-11-17-11-04-18.html#sthash.dd7su9Wj.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.