आर्सनल, रियाल मड्रिड, बोरुसिया डर्टमन्ट विजयी
काठमाडौं, आश्विन १६ । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत् गएरातिका खेलहरुमा आर्सनल, रियाल मड्रिड र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । इंग्लिस क्लब आर्सनलले टर्कीको गालातासारेलाई ४–१ ले हरायो ।
आर्सनलका लागि ड्यानी वेल्बेकले ह्याट्रिक गरे भने अलेक्सिस सान्चेजले एक गोल थपे ।
गएराति स्पेनिस क्लव रियाल मड्रिडले बुल्गेरियाको
लुदोगोरेट्स राज्गार्डलाई २–१ ले हरायो । रियाल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले पेनाल्टीमार्फत् एक गोल गरे भने करिम बेन्जमाले एक गोल थपे । रोनाल्डोले पेनाल्टी हान्ने पहिलो अवसर भने खेर फालेका थिए ।
च्याम्पियन्स लिगअन्तर्गतकै अन्य खेलहरुमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बेल्जियमको एन्डरलेच्टलाई ३–० ले हराउँदा अर्को जर्मन क्लब बायर लिभरकुजेनले पोर्चुगलको बेनिफिकालाई ३–१ ले हरायो ।
यसैगरी, स्पेनको एथ्लेटिको मड्रिडले इटालीको युभेन्टसलाई १–० ले, स्वीडेनको माल्मोले ग्रीसको ओलम्पियाकोसलाई २–० ले तथा स्वीट्जरल्यान्डको एफसी बाजलले इंग्ल्यान्डको लिभरपुललाई १–० ले हराएका छन् ।
यसैगरी, रुसको जेनिथ र फ्रान्सको मोनाकोले गोलरहित बराबरी खेलेका छन् ।
आर्सनलका लागि ड्यानी वेल्बेकले ह्याट्रिक गरे भने अलेक्सिस सान्चेजले एक गोल थपे ।
गएराति स्पेनिस क्लव रियाल मड्रिडले बुल्गेरियाको
च्याम्पियन्स लिगअन्तर्गतकै अन्य खेलहरुमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बेल्जियमको एन्डरलेच्टलाई ३–० ले हराउँदा अर्को जर्मन क्लब बायर लिभरकुजेनले पोर्चुगलको बेनिफिकालाई ३–१ ले हरायो ।
यसैगरी, स्पेनको एथ्लेटिको मड्रिडले इटालीको युभेन्टसलाई १–० ले, स्वीडेनको माल्मोले ग्रीसको ओलम्पियाकोसलाई २–० ले तथा स्वीट्जरल्यान्डको एफसी बाजलले इंग्ल्यान्डको लिभरपुललाई १–० ले हराएका छन् ।
यसैगरी, रुसको जेनिथ र फ्रान्सको मोनाकोले गोलरहित बराबरी खेलेका छन् ।
0 comments
Write Down Your Responses