स्पेनका लागि डिएयो कोष्टाको पहिलो गोल

युरो कप छनोट फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले लक्जम्बर्गलाई पराजित गरेको छ ।

अघिल्लो खेलमा स्लोभाकियासँग अप्रत्यासित हार व्यहोरेको स्पेनले आइतबार राति लक्जम्बर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २६ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता लियो ।
पहिलो हाफमा गोलको राम्रो मौका खेल फालेका डिएगो कोष्टा दोस्रो हाफमा गोल गर्न सफल भए । ६९ औं मिनेटमा उनले गोल गरे । स्पेनका लागि उनको यो पहिलो गोल हो । स्पेनबाट फुटबल खेलेको ५१५ मिनेटमा उनले पहिलो गोल गरेका हुन् ।
खेलको ८८ औं मिनेटमा बार्नेटले गोल गरेपछि स्पेनको ४–० को जित सुनिश्चित भयो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.