बिहान करिब ११ बजे हात्तीपाइले रोगविरुद्ध औषधि वितरण गरिरहेकी स्वयंसेविका सभासद् गंगा चौधरीलाई औषधि खुवाउने प्रयत्न गर्दै थिइन्। तर, चौधरीले अघिल्लोपटकको औपधिले बेफाइदा गरेको भन्दै औषधि खान मानिनन्।
सभासद् सोनिया यादवलाई पनि उनीहरूले पाँच मिनेटसम्म रोगबारे जानकारी दिँदै औषधि खुवाउने प्रयत्न गरे । उनले पनि आफूलाई अघिल्लोपटकको औषधिले सञ्चो नगरेको भन्दै टारिन् ।
अन्तमा तपाईंहरूले तालिमचाहिँ लिएको हो/होइन भनेर पन्छिइन् ।
सभासद् मधु शाहीले भने आफू पनि स्वयंसेविका भएको र दुई–तीन दिनअघि मात्र खाएको बताइन् ।
उनले अन्य सभासद्लाई पनि खान आग्रह गरिन् ।
एमाले उपाध्यक्ष वामदेव गौतम बैठक सुरु भएको भन्दै टोलीलाई वास्ता नगरी बैठकहलमा प्रवेश गरे । व्यवस्थापिका–संसद्को सोमबारको बैठक सञ्चालनअघि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा संलग्न स्वयंसेविका र सभासद्बीच संविधानसभा भवनपरिसर नयाँ बानेश्वरमा देखिएका केही दृश्य हुन् यी ।
हात्तीपाइलेको औषधि खान सभासद् नै डराए
नयाँ पत्रिकामा छापिएको खबर अनुसार हात्तीपाइले रोगविरुद्ध सरकारले सुरु गरेको आमऔषधि सेवन अभियान लिएर जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको सहरी महिला स्वास्थ्य स्वयंसेविकाको टोली बिहान साढे १० बजे नै संविधानसभा भवनपरिसर नयाँ बानेश्वर प्रवेश गरेको थियो।
बिहान ११ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा आउने सभासद्लाई र त्यहाँ कार्यरत कर्मचारीलाई औषधि खुवाउने उत्साह बोकेर संविधानसभा भवन पुगेको टोली सभासद्ले नै विभिन्न बहानामा औषधि खान इन्कार गरेपछि निरुत्साहित भएको छ ।
करिब साढे तीन घन्टा भवनपरिसरमा खटिँदा टोलीले साढे तीन सयभन्दा बढी सभासद् तथा कर्मचारीलाई औषधि खान आग्रह गरेको थियो । तर, तीमध्ये झन्डै साढे सात प्रतिशत अर्थात् २६ जनाले मात्रै औषधि खाएका थिए।
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses