आदिम युगमा
तरवारजस्ता दाँत,गुफाजस्ता आँखा र
अनकन्टार झोरजङ्गलजस्तो अनुहार भएका आकृतिहरू देखेर
कोशौँ टाढा भाग्थे रे मान्छेहरू !
अत्याचारले अर्जापिएका धारिला मान्छेहरूले
निमेष भरमै आकृतिमाथि विजय प्राप्त गरे
Pragati Raiसंसार मान्छेको अधिनमा आएपछि
विजय उत्शव मनाईंदै थियो /शंखघोष गरिदै थियो
पुन: आकृतिहरू खित्खिताए,
जो मान्छेको आत्मा भित्रबाट निस्किरहेको आवाज थियो ।
एकदिन
मान्छेहरू आत्तिएर
जताततै भौतारिन थाले रे
भौतारिँदाभौतारिँदै
सिदार्थ गौतम बुद्ध बने रे !
जमानासँगै मान्छेको दिमाग खारिँदै गयो
त्यसपछि
आधुनिक आकृतिहरू
मान्छेको सपना बनेर आउन थाले
अहिले
तिनै सपनाहरूले
मान्छेका आँखा चिमोट्छन्
मान्छेका दिमाग डस्छन्
र हृदयमा कोपर्छन् बारम्बार ।
जब सपनाहरूले छोप्दछन्
मान्छेहरू आधारातमै छट्पटाउन थाल्दछन्
ओछ्यानले पोल्न थाल्छ
प्यारो मान्छेको साथले चहराउन थाल्छ
र निंद्रालाई बिथोल्छ सपनाले ।
मान्छे अचानक ब्युँझन्छ
बलेसीमा उज्यालो खस्दा
उसले आफू दौडेको आँगन साँगुरो देख्छ
ऊ आफू हुर्केको घरसँग दिक्दार मान्न थाल्छ
अझ,
हिजोसम्म बाँचिरहेको रोमाञ्चक जिन्दगी
अचानक छ्या लाग्छ ।
त्यसपछि मान्छेहरू
छोराछोरी अनाथालयमा छाडेर
सुटुक्क भाग्न तयार हुन्छन्
दृष्टि गुमाइसकेका आमाबुबालाई
आफ्नो स्वर टेपरेकर्डरमा भरिराखेर
एकलो घर वेवारिस छाड्न तयार हुन्छन्
मायाको त के कुरा
टुट्नफुट्न नयाँ समाचार भएन
जन्मने बच्चाहरू आमाको गर्भमै असामयिक निधन भएर
विवाह तोड्न तयार हुन्छन् मान्छेहरू ।
त्यसपछि मान्छेहरू-
यो दुनियाँमा
लुथरकिङले पखालेको जातीय विभेद
अब्राहम लिङ्कनले सिध्याएको दास प्रथा
मार्क्सले अन्त्य गरेको वर्गीय शासन
अथवा,
भर्खरै उन्मुलन भएको नेपालको हलिया प्रथा
यी सबलाई नकाम पारेर
आफै दास बन्न तयार हुन्छन् मान्छेहरू ।
मान्छे जब दास बन्दछ
त्यसपछि
हत्केलाको पसिना सुकिञ्जेल टेपरेकर्डर छामेर
रोइरहेकी आमाको समचार आउँदा पनि
लालाबाला अनाथलयमा भोकै निदाइरहेको दृष्य इनटरनेटमा भेट्दा पनि
या, छानो चुहिएर घर ढल्नै लागेको र त्यो जीर्णघर्को एक कुनामा प्राण पखेरू रुँगिरहेको बाउ-आमाको खाबर पाउँदा पनि
मान्छे मूर्तिवत चट्पटाउँदैन ।
मानौं- उसको आत्मा फलाम भैसक्यो ।
बरु हाँस्छन् पो बेस्सरी
लाग्छ: ऊ यो दुनियाँको लोकपृय जोक्कर हो
उसले दुनियाँलाई देखाउनुछ रमिता ।
दु:ख केवल झरिवर्षा रहेछ, जो बर्षिरहन्छ नियमित
यीनै झरिमा रुझ्दा-रुझ्दा शतिसाल मान्छे
अन्तत: आफैसँग प्रश्न गर्छ-
१. के सपनाद्वारा बन्दि मान्छेहरू कहिल्यै रिहा हुदैनन्?
२. के भोलिका नयाँ संसार यो सपनाबाट मुक्त रहला?
प्रश्नहरू झन्-झन् जटिल बग्दो छ
मान्छेहरू झन्-झन् सपनाले थिचिदो छ…
सपनाको आतङ्क
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses