वीर गोरखाबाट “उपहार” पाएको जीवन, उनै गोरखाहरुका लागि समर्पण गर्नचाहने – डाक्टर डेभिड


आम गोरखाली/ नेपाली समुदायमा “गोरखा सत्याग्रह आन्दोलन” को अमरण अन्सनकारीहरु का बिषयमा एउटा जिज्ञासा र कौतुहलता अवस्य हुनपर्दछ ! त्यो के हो भने, गोरखाहरुका लागी भनेर अमरण अन्सन बसेका ब्रिटिश नागरिक, को हुन ? किन अन्सन बस्ने निर्णयगरे ? अनी किन अन्सन पुरागर्न सकेनन ? हो, उनैको बिषयमा, उनले २६ मार्चका दिन हाउस अफ पार्लियामेन्टमा APPC लाई दिएको बयानको आधारमा सबैकालागि संक्षिप्त जानकारी गराउने जमर्को गरेकोछु ।

डा• डेभिड ओ’ हलोरान उर्फ “डा• टोम्मी रिओर्डन,” अवकास प्राप्त बारीष्ठ बेलायती चिकित्सकहुन । हाल उनी वरीष्ठ स्वास्थ्य परामर्स दाता(Senior medical consultant) का रुपमा कार्यरतछन । उनी स्वभावत: उद्धार, सहयोगी र दयालु मान्छे । उनले सेवा निर्ब्रित्त भएपछी, निजीश्रोत बाट गरिव, अल्पबिकसित देशका असाहय र निमुखा जनताहरुलाई स्वास्थ्य सेवा प्रदानगर्ने योजना बनाएकाथिए ।

यसै सिलसिलामा केही वर्ष अघी उनी अफ्रिकाको कुनै एउटा अल्पबिकसित देशमा कुनै एउटा कल्याणकारी संस्था मार्फत त्यहाँका जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेकाथिए ।
एउटा अनौठो संयोग, डा• डेभिडले कामगर्ने संस्थामा एकजना पूर्व ब्रिटिश गोरखा सैनिक पनि कार्यरत रहेछन । दुवै बिदेशी त्यसमा अझ एकजना बेलायती नागरिक अर्का बेलायती पूर्व सैनिक, उनिहरुको घनिस्टता स्वत: स्थापित हुनेनैभयो । ति गोर्खा अती मिलनसार र अदम्य सहासीथिए । त्यसैले उनलाई स्थानिय भाषामा “बापोला”(सहासी,लडाकु)भनेर सबैले चिन्ने बोलाउने गर्दथे । उनिहरु कार्यरत त्यो देशमा सरकार र सरकार बिरोधी सशस्त्र आन्दोलनकारी (मिलिसिया) हरु बिच सानातिना झडपहरु भईरहेकोथियो । एकदिन डा• डेभिड ओ’हलोरान कुनै एउटा शहरमा घुम्ती स्वास्थ्य शिविर संचालनगरिरहेका थिए । बापोला केही बन्दोबस्तीका कामगरीरहेका थिए । अचानक एक लोरी ससस्त्र मिलिसियाहरु आएर जताततै सिविरमा उपस्थित जनताहरुलाई कुट्पिटगर्नथाले । सरकारको पक्षमा कामगर्ने बिदेशी संस्था र बिदेशिहरु, बिद्रोहीहरुको निसानामा नपर्ने कुरै भएन । यस्तैमा दुइजना मिलिसियाहरुले डा• डेभिडलाई हमलागर्नथाले, यो देख्नसाथ बापोला आक्रमक ढंगले आएर डा• डेभिडलाई उनिहरु बाट मुक्तगरी आफ्नो जिपमा लगाएर त्यहाँबाट भाग्न सफलहुन्छन ।
तर ति मिलिसियाहरुले गाडी बाटै फलोअप गर्नथाले । दुबैले अरु कुनै उपाय देखेनन । किन की त्यो बिद्रोहिहरुको पकड क्षेत्रथियो । मिलिसियाहरुलाई गाडी माथि हमलागर्ने उपयुक्त ठाउँँको पर्खाइ मात्रथियो ।
यस्तैमा गाडी चलाईरहेका बापोला ले बिरता र धैर्यताकासाथ भने, ” डाक्टर अब हामी दुबै यिनिहरुको निशाना बाट बाँच्ने सम्भावनाछैन । हामी दुई मध्य एकजना बाँच्न सक्ने एउटैमात्र बिकल्पछ । त्यो के भने म तपाईंलाई गाडीबाट झारिदिन्छु, तपाईं जङगलमा लुकेर भाग्नुस् । “गाडी द्रूत गतिमा कुदीरहेकोहुन्छ । डाक्टर उनलाई छोडेर भाग्न मानेकाहुदैनन,यस्तैमा बापोलाले गाडी स्लो डाउन गरेर डाक्टर लाई गाडीबाट झरेर भाग्न भन्छन । डाक्टर अन्योलमा पारीरहेकाहुन्छन, यस्तैमा उनले डाक्टरलाई गाडीबाट धकालेर बाटोमुनी झारिदिन्छन । अनी”गूड् वाई एण्ड टेक केयर डाक्टर” ! भनेर जिप अघाडी बढाउँछन । क केयर डाक्टर” ! भनेर जिप अघाडी बढाउँछन ।
डाक्टर बाटो मुनी झाडीमा लुके ! मिलिसियाको ट्रकले बापोला को जिपलाई पछयाउदै डाँडाकाट्यो । केही क्षणमै गोली चलेको आवाज आयो । अब डाक्टर खतरा मुक्तभए । उनी लुक्दै लुक्दै आफ्नो कार्यालय आईपुगे । तर बापोला फर्केनन । अन्तत: त्यही भयो जे बापोलाले भनेकाथिए । डाक्टर बाँच्न सफलभए । बापोलाले मिलिसियाको हमला बाट सहादत प्राप्तगरे ।
त्यसपछी डा• डेभिड ओ’हलोरान ति बहादुर गोरखा ‘बापोला’ को बहादुरिता, बुद्धिमानिता र बलिदान बाट अतिनै प्रभावितभए । उनले वीर गोरखाहरुको गाथा स्मरण गरे । दुईशय वर्ष देखी बेलायत र बेलायती जनताका लागि जीवन वलिदानगर्ने ति वीरहरुको त्यागलाई सम्झे ।
गोरखाहरु प्रतिको श्रद्धा उनी भित्र चुलियो । उनलाई लागेकोछ; यो उनको जीवन ति बहादुर गोरखा(बापोला) ले दिएको “उपहार” हो ।
त्यसर्थ “मैले मेरो बाँकी जीवन यि वीर गोरखाहरुको भलाईका लागि समर्पण गर्नु नै मेरालागी सही अर्थमा ति जीवनदाता प्रतिको सच्चा सम्मानहुनेछ”; भन्ने आत्मानिर्णयमा पुगेकाथिए उनी । त्यो घट्नापछी अफ्रिकामा उनको अभियानलाई निरन्तरता दिन सम्भवभएन। त्यस कारण उनी स्वदेश (बेलायत) फर्किए । उनले नेपाल गएर आफ्नै श्रोतसाधनले पीडित गोरखाली/नेपालीहरुलाई आफुले सकेको स्वास्थ्य सेवा निशुल्क दिने योजना बनाएकाथिए । र उनी यसै ग्रिह्यकार्यमा जुटिरहेकाथिए । अर्को संयोग ठीक त्यही समयमा गोरखा सत्याग्रह संयुक्त संघर्स समितिले बिभिन्न ५ सुत्रिय माग राखेर बेलायत सरकारलाई ‘छ’ महिने अल्टिमेटम दिएको अवस्थाथियो । बिभिन्न संचार माध्यम बाट डा• डेभिडलाई गोरखा आन्दोलनका बिषयमा थाहभयो । उनले यसलाई गम्भिररुपले अध्ययनगरे । किन की यो (गोरखा) उनको चासोको बिषय बनिसकेकोथियो । गोरखाहरुलाई बेलायत सरकारले गरेका बिभेदहरु उनलाई असह्यभयो । उनको गहन चिन्तन मनन पछी, उनले नेपाल गएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दाअघी गोरखाहरुलाई यो आन्दोलनमा सहयोगगर्न आवश्यक ठाने ।
अनी उनले आफ्नै तरिकाले सम्बन्धित एम.पी, मन्त्री र मन्त्रालयहरुमा गोरखाहरुका माग तत्काल समाधान गरियोस भनेर निबेदनहरु पेसगरे । तर उनले आफ्नो कृयाकलाव प्रचार प्रसारमा ल्याएनन, यहाँँसम्म की, उनको अभियानको जानकारी एवम संपर्क गोरखा सत्याग्रह संयुक्त संघर्स समितिसंग पनि थिएन । उनलाई लागेकोथियो कि, अल्टिमेटमको समयसिमा भित्रै बेलायत सरकारले गोरखाहरुको मागहरुका सम्बन्धमा कम्तिमापनी वार्ता आरम्भगर्नेछ ।
अफ्सोच, बेलायत सरकारले न माग पुरागर्यो न वार्ता ! १३ जना गोरखा भि.सि हरुका नाममा १३ दिने रिले अन्सन सुरुभयो । उनलाई लाग्यो “अन्सन” बेलायतको लागि अली नौलो अभ्यास नै मानिने भएकाले, रिले अन्सन सँगै बेलायत सरकार पनि समस्या समाधान तर्फ सकृयहुनेछ, तर त्यसो भएन । उनले फेरी सम्बन्धित एम.पि हरु, रक्षा मन्त्रालय (MoD),उप प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयको अवधारणा बुझ्ने प्रयासगरे, तर कुनै प्रतिकृया आएन । रक्षा मन्त्री मार्क फ्रान्स्वालाई मात्र ३६ पल्ट संपर्क प्रयासगरे। तर सबै निष्कृय रहेकोपाए । अरु भन्दा प्रधानमन्त्री यो बिषयमा चिन्तित पाए उनले । रिले अन्सनको एक साता बितिसक्दा पनि बेलायत सरकारले कुनै पहल नगरे पछी, डा• डेभिडलाई अती असह्यभयो ।उनले बडो भावुक भएर सोचे, हजारौं गोरखाहरुले हामी बेलायतीहरुका लागि जीवन समर्पणगरेकाछन, भने म एकजनाले सारा गोरखाहरुका लागि जीवन समर्पणगर्न किन नसक्नु ?
उनलाई बापोला ले भनेका वाक्यंश झलझ्ली याद आयो । बापोलाले सँधै भन्थे ” मेरो मृत्‍युले कुनै अर्थ राख्छ भने, म मृत्‍यु संग रत्तीभर डराउँदिन ।”
अनी उनले आफु पनि अमरण अन्सनमा जाने ढृढ निर्णयलिए । उनलाई लाग्यो, उनी सारिरिक रुपमा पनि जम्जोर भएकाले “म अन्शनकारी मध्य मर्ने पहिलो व्याक्ती बनेर एकजना गोरखा (ज्ञानराज राई)को जीवन बचाउन र हज्जारौं गोरखाहरुलाई न्यायदिलाउन सकेंभने मेरो मृत्‍यु स्वर्णिम हुनको साथै मेरो वलिदान अमूल्य सावित हुनेछ ।”
र यो उनलाई “बापोला” को ऋण चुकाउने उपयुक्त अवशरहो भन्ने पनि लाग्यो । ७ नोभेम्बर २०१३ बाट अमरण अन्सन आरम्भहुने पक्का पक्की भयो । उनले ३० अक्टोवर देखी उनका मुटु लगायत सबै प्रकारका औषधीहरु खान बन्दगरे । र उनले ४ नोभेम्बर का दिन अन्तिम ठोस खाना खाए ।
उनले, आफ्नो मृत्‍युपछी उनका चल-अचल सम्पत्ति श्रीमती र छोराले पाउने “ईच्छा पत्र” बनाए । उनलाई एउटा ठुलो समस्याथियो, त्यो के भने, उनको अमरण अन्सन बस्ने निर्णय उनका निकटस्थ परिवारका सदस्यहरुले कुनै हालतमा स्विकार्ने स्थितीथिएन । उनकापरिवारमा उनलाई अती मायागर्ने ब्रिद्धाआमा, जीवनसंगिनी र दुई छोरा छोरी थिए । घरका परिवार लगायत आफन्तहरुलाई अन्सन वार कि पार नभएसम्म कुनै जानकारी नदिने स्वनिर्णयमा पुगेकाथिए उनी ।
त्यसकालागी उनले उनको नाम परिवर्तन गरेर ‘डा• डेभिड ओ’ हलोरान’ बाट “डा• टोम्मी रिओर्डन” बनाए । त्यसपछी उनले एकदिन अन्तिम डिनरकालागि परिवारका चारैजना सदस्यलाई बाहिर कतै रेस्टुराण्टमा लगे । त्यही अवसरना उनले सबैलाई एकला एकलाईमा “आफु बिशेष कामले ६ हप्ताकोलागी अफ्रिका जानपरेको र आफुले कामगर्ने ठाउँमा फोन, इन्टर्नेट उपलव्ध नभएकाले संपर्क प्रयास नगर्नु, म पछी आँफै संपर्क गर्नेछु” भने । तर कहिले जाने, मिती केही बताएका थिएनन ।
अन्सन आरम्भहुन भन्दा अघिल्लोदिन मात्र उनले गोरखा सत्याग्रहका गोरखा दूत डा• रामनारायण कन्दङ्वालाई फोन मार्फत भोली (७ नोभेम्बर ) बाट अमरण अन्सन बस्न आउने जानकारी गराए । त्यो खबरले संचार जगतमा एउटा तहल्का मच्चायो, “एकजना बेलायती नागरिक “डा• टोम्मी रिओर्डन” गोरखाहरुका माग सम्बोधन गराउन गोरखा संगै अमरणअन्सन बस्तैछन” भनेर । तर ‘डा• टोम्मी रिओर्डन’ को हुन? कसैलाई थाह भएन ।
उनले बडो संयमता अपनाएर परिवारलाई विदाई पत्र (Good bye letter) लेखे पछी आफ्नो मोबायल फोन ट्र्याक गरिन्छ भनेर स्विच अफ गरी घर छाडेकाथिए ।
निर्धारित समयमा अर्थात ७ नोभेम्बर २०१३ को अपरान्ह बाट ब्रिहत आमसभा सहित अमरण अन्सन आरम्भ भयो । जस्मा ज्ञानराज राई, डा• टोम्मी रिओर्डन अनी बवी वास्सन थिए । नोभेम्बर महिनाको जाडो अनी प्रतिकूल मौषम, डाउनीङ स्ट्रिट को छेउमा खुल्ला आकाशमुनी,साँच्ची नै कस्टकर थिए ति जीवनका प्रत्यक पलहरु ।
उनी अचानक बेखबर भएपछी, उनका परिवार चकित र चिन्तितभए, अनी तत्काल पुलिशमा रिपोर्ट गरे । पुलिशले बिभिन्न तरिका र प्रविधी अपनाएर खोज्न थाल्यो उनलाई । यसै क्रममा उनको मोबायल स्विच अफ हुनअघीको अन्तिम कल बाट ट्र्याक गरियो, त्यसबाट डाउनिङ स्ट्रिट लोकेट भयो । पुलिशले गोरखा सत्याग्रहका पदाधिकारीहरुलाई संपर्क गरेर अन्सनमा “डा• डेभिड ओ’ हलोरान” नामका व्याक्ती छनकी ?भनेर सोधे । जवाफमा त्यो नामका कोही व्याक्ती नभएको तर “डा•टोम्मी रिओर्डन” नामका व्याक्तीचाँही अन्सनरत रहेको जानकारी गराइयो । यो कुरा सुनेपछी पुलिश र उनका परिवारले संकागरे । अन्सनको दोश्रोदिन अन्सनस्थल डाउनिङ स्ट्रिटमा अचानक उनकी श्रीमती र छोरा छोरी पुलिश संगैआईपुगे । डाक्टर डेभिड धर्मसंकटमा परे । उनका छोरा छोरी र श्रीमतीको अनुनय विनयका बावजुद पनि अन्सन त्याग्न नमानी उनिहरुलाई सम्झाएर घरफर्काउन सफलभए । तर त्यस्को भोलीपल्ट अन्सनको तेश्रोदिन उनकालागी एउटा दु:खद खबरआयो हस्पिटलबाट ! उनकी मामातामयी आमा अचानक सिकिस्त बिमारीभएर सघन उपचारकक्ष (आई सि यू)मा पुगिसकेकीछिन भनेर । उनी ठुलो धर्मसंकट्मा परे । अन्सन तोडुँ, जीवनको सबैभन्दा महत्वपूर्ण कार्यबाट चुक्नपर्ने; अन्सन नतोडुँ, आफ्नो ममतामयी आमाको जीवन- मरणको सवाल ! उनले कुनै निर्णय लिनै नसकिरहेको बेला संगै अन्सन बसिरहेका ज्ञानराज राईले भने, “डाक्टर तपाईं आफ्नो जन्मदिने आमाको लागि जानैपर्छ । अन्सन म पुरागर्छु ।” यो कुरा उनलाई परिस्थिती अनुसार ठिकै लाग्यो । अनी अन्सन छोडेर हस्पिटलतिर दगुरे । अत: यसरी तोडियो डा• डेभिड ओ’ हलोरान, उर्फ डा• टोम्मी रिअोर्डन को “अमरण अन्सन” ३ दिन पछी ।
अन्सन्को माध्यम बाट सबैभन्दा पहिला आफु मरेर अन्सनकारी एक गोरखाको जीवन रक्षा गर्दै बाँकी आम गोरखाहरुलाई न्यायदिलाउने, उनको त्याग र बलिदानीपूर्ण निर्णय कार्यन्वयनहुन त पाएन ; तर त्यो नै आज हाम्रोलागी अती खुशीको बिषय बन्नपुगेकोछ । किनकी हाम्रालागी जीवन बलिदान गर्ने डाक्टर डेभिड ओ’ हलोरान,जस्ता अदम्य साहसी व्याक्ती हाम्रा असल मित्र गुमाउन परेन ।
संक्षेपमा उनका बयानमा यि तलका तर्कहरु ससक्त र विस्तृत रुपमा एपिपिसी समक्ष प्रस्तुत गरेका थिए:
“२०० वर्ष देखी यो देश (बेलायत) को लागि जीवन वलिदान गरेका गोरखाहरुले बृद्धावस्थामा जीवन जिउन र आफ्ना नेपालमा रहेका सन्ततीलाई खर्च जुटाउन फेरी अर्को जीवन बलिदान गरिरहेकाछन । यो बेलायत सरकारको अती घ्रिणित र मानव अधिकार हननको पराकाष्ट नै हो । बेलायत सरकारको गलत निती नियमका कारण हाम्रा राष्ट्रसेवक वीर गोरखाहरु सधैंं पीडित र अपमानितहुँदै आएकाछन, भने हामी बेलायती नागरिकहरुको विस्व सामु शिर झुकेकोछ ।
पहिलो र दोश्रो विस्व यूद्धमा मात्र २००,००० गोर्खाहरुले यो देशकालागी विस्वको बिभिन्न मुलुकहरुमा लडेकाछन, भने ४३,००० ले जीवन बलिदान गरेकाछन । घाइते र बेपत्ताहरुको यकिन तथ्याङ्क पनिछैन ।
मैले यि सव कुराहरु भावनात्मक भएर भनिरहिकोछैन । र म भावनामा बहकिएर अमरण अन्सनमा गएको पनि ह्वैन । यो यथार्थ र वाध्यता दुबै हो ।
त्यसैले गोरखाहरुलाई बेलायत सरकारले, यो वा त्यो बढाउने, मिलाउने ह्वैन कि; ब्रिटिश सेनाहरुलाई जुनकिसिमको सुविधा उपलव्धछ, त्यही सम्पूर्ण सुबिधाहरु क्षतीपूर्ती सहित तत्काल उपलव्ध गराउन जोड्दार मागगर्दछु ।”भनेर उनको बयान टुङ्ग्याए । उनका यि बयानमा एपिपिसी कि अध्यक्ष जेकी डोयल प्राइस र अर्का एमपी को गम्भिररुपमा ध्यानाकर्षण भईरहेको अनुभूतगर्न सकिन्थ्यो ।
अन्त्यमा; गोरखा सत्याग्रह आन्दोलनलाई सही प्रमाणितगर्न र २०० वर्ष देखी बिभेदमा परेका गोरखाहरुलाई उद्धारगर्न, ‘कर्णल ह्यामिश आडम’ र ‘डाक्टर डेभिड ओ’ हलोरान’ जस्ता उच्च कोटिका बेलायती नागरिकहरुको अबर्णनीय साथ सहयोग, त्याग र बलिदानले एेतिहासिक भूमिका खेल्नेछ । र वहाँहरु सम्पूर्ण गोर्खाहरुको मन, मस्तिस्कमा सदा-सदा अमर बनेर रहिरहनु हुनेछ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.