बिहे गरेर धेरै बच्चा पाउन चाहन्छुः दीपिका पादुकोण

सन् २०१३ की सर्वाधिक हिट नायिका हुन दीपिका पादुकोण । करियरमा सफलतासँगै दीपिकाले मन मिल्ने मान्छे पनि भेटेको चर्चा चलेको छ । रणवीर सिंह र दीपिका न्यूयोर्कदेखि मुम्बईसम्म धेरै ठाउँ सार्वजनिक स्थानमा एकसाथ भेटिए ।  तर, अहिलेसम्म उनीहरुले आफ्नो ‘रिलेसनसीप स्टाटस’बारे बताउन अस्वीकार गरिरहेका छन् ।
आगामी बर्ष यो जोडी बिबाह बन्धनमा बाँधिन लागेको हल्ला चलिरहेका बेला टाइम्स अफ इन्डियाले दीपिकासँग उनको प्रेम सम्बन्ध र घरजमको योजनाबारे केही कुराकानी गरेको छ । प्रस्तुत छ, राहुल गङवानीले गरेको सोही कुराकानीको सम्पादित अंश-
तपाईको करियरकै सर्वाधिक सफल बर्षपछि जीवनमा कुनै परिर्वतन आयो ?
यही नै परिवर्तन आयो भनेर छुट्टाउन त सकिन्न । तर, पनि मलाई एक खाले स्वतन्त्रता र आत्मबिश्वास मिलेको छ ।
तपाइलार्इ अहिले पनि असफलतादेखि डर लाग्छ  ?
डराउँदिन । मलाई थाहा छ, कहिलेकाहीँ असफल भइन्छ । तर, पनि डराउँदिन् । मेरो करियर मेरा दर्शकले के रुचाउनुहुन्छ र के रुचाउनुहुन्न भन्ने कुरामा अडिएको छ । पहिले जुन दर्शकले मेरा फिल्म रुचाउनुभएन, अहिले त्यसलाई रुचाउन थाल्नुभएको छ । भविष्यमा मेरा केही फिल्म नरुचाउन पनि सक्नुहुन्छ ।
म बास्तविकताको धरातलमा उभिन चाहन्छु । मेरो करियमा थुप्रै उचार चढाव आए । सफल सुरुवातपछि बिचमा निकै फिल्म फ्लप पनि भए । आशा छ मेरो करियरको ह्याप्पी इन्डिङ हुनेछ ।
न्यूयोर्कदेखि मुम्बईसम्म तपाई र रणवीर सिंह सँगसँगै देखिनुभयो । तर, पनि तपाई किन उहाँसँगको सम्बन्ध स्वीकार्न हिचकिचाउनुभएको छ ?
यसमा स्वीकार्नुपर्ने बिषय केही पनि छैन् ।
अहो, अलिकति त खुल्नुस् ।
यसमा निश्चित हुनुपर्छ कि तपाई कहाँ गइरहनुभएको छ र उसँग तपाई के चाहिरहनुभएको छ ।
ranveersingh-deepika-ramleela
रिलेसनसीपबारे कुरा गर्न तपाईहरु अहिले पनि तयार हुनुहुन्न ?
तयार हुने र नहुनेको कुरै हैन् । सवाल हामी पूर्ण प्रतिबद्ध सम्बन्धमा छौैं कि छैनौं भन्ने हो । मैले बिगतमा यस्तो धेरै भागें र सम्बन्धहरुले दिल दुखाए पनि । म एकदम संवेदनशील र भावुक केटी हुँ । जबसम्म म पूर्णरुपमा बिश्वस्त हुन्न, तबसम्म म यसबारे कुरा गर्न सक्दिन् ।
पहिलेको सम्बन्ध र ब्रेकअप पब्लिकमा गएका कारण पनि तपाई अलिक चनाखो हुनुभएको हो ?
जरुर । जब तपाईका सम्बन्धहरु सार्वजनिक हुन्छन त्यसले जोडीमाथि अनाबश्यक दबाब सिर्जना गर्छ ।
तपाईंको जीवनमा रणवीर सिंह कति महत्वपूर्ण छन् ?
निश्चितरुपमा उनी मेरो जीवनका महत्वपूर्ण ब्यक्ति हुन् । सम्भवतः उनी मैले सँगत गरेकामध्ये सवैभन्दा लायक ब्यक्ति हुन् । हाम्रो ब्यक्तित्वको शैली फरक-फरक हुनाले मानिसहरु अलिक अचम्म मान्छन् । रणवीर बाहिरबाट हेर्दा एकदमै उर्जावान छन तर भित्रबाट उनी निकै संबेदनशील र भावुक छन् । निकै कम पुरुषमा मात्र यस्तो गुण पाइन्छ ।
रणवीरको सवैभन्दा राम्रो पक्ष ?
उसको इमान्दारिता ।
अनि खराव पक्ष नी ?
खासै खराव बानी केही पनि छैन् । तर, सेटमा जानुअघि उनी निकै प्रकृयामुखी हुन्छन् । पर्फुयुम लगाउ, ब्रस गर, चुइंगम खाउ, यसो गर, उसो गर भन्छन् ।
सिद्धार्थ मलहोत्राले तपाईलाई किस गर्ने चाहना सार्वजनिक रुपमा ब्यक्त गरे, अरु कतिले डेट जाने इच्छा जनाएका छन् । नयाँ अभिनेताहरु तपाईप्रति निकै क्रेजी देखिन्छन नी ?
उनीहरु तन्नेरी केटाहरु हुन, एक्साइटेड छन र राम्रा पनि छन् ।
उनीहरुसँग तपाईले ह्याङआउट गर्ने र समय बिताउने गर्नुहुन्छ हो ?
नयाँ अभिनेतामध्ये धेरैलाई मैले पहिलेदेखि नै चिन्छु । बरुण धावनसँग निकै बर्ष पहिलेदेखि संगतमा थिएँ । सिद्धार्थसँग पनि सँगै मोडलिङ गरेकी छु कुनैबेला ।
deepika-padukone-2
अबको ५ बर्षपछि तपाईले आफुलाई कहाँ पाउनुहुन्छ ?
यही ठाउँमा, यही काम गरिरहेकी हुनेछु ।
अर्थात् जीन्दगीभरि  सिनेमा उद्योगमा ?
हो । तर, कुनै एउटा बिन्दुमा पुगेर म पनि बिबाह गरेर घर बसाउन चाहान्छु । धेरै, धेरै धेरै बच्चा जन्माउन चाहन्छु । तर, काम भने गरिरहने छु ।
कहिले बिबाह गर्ने योजनामा हुनुहुन्छ ?
पहिले त मेरा लागि उपयुक्त मान्छे भेट्नुपर्‍यो र यही नै मेरा लागि हो भन्नेमा निश्चित हुनुपर्‍यो । म अहिले २८ बर्षकी छु । यो बेला संगोगवश डेटिङ जान पाउनु मेरो छुटको बिषय हो । मैले पूर्णरुपमा उसका बिषयमा जान्न पाउनुपर्‍यो । जब मलाई लाग्छ कि, यही नै मेरा लागि उपयुक्त ब्यक्ति हो, म सेटल भइहाल्छु ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.