स्वास्थ्यसंग सम्बन्धीत विभिन्न रोगहरु विना उपचार निदान गर्न विभिन्न उपायहरु पनि अपनाउन सकिन्छ । विभिन्न उपायहरुमध्ये योगा पनि एक हो । योगाले तपाईको शरीरको कयौँ किसिमका समस्याहरुबाट छुट्कारा दिलाउँछ । यदी तपाई मोटोपन अथावा पेट संम्बन्धी समस्या छ भने योगमुद्रासन तपाइको लागि लाभकारी हुनसक्छ । योगा गर्नाले मोटोपन, एसिडिटी र पाचनक्रिया दुरुस्त भई टाउकोमा रक्तपूर्ती हुन्छ भने एकाग्रता हुन्छ ।
कसरी गर्ने योगा ?
सबैभन्दा पहिला वज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस । सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने । र बायाँ पाखुरालाई दायाँ हातले समात्ने । सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने । शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार –बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गर्न सकिन्छ ।
सावधानी
यो आसन बिहान खाली पेटमा गर्नु फाईदाजनक हुन्छ । अन्य स्थितिमा खाना खाएको ३ घण्टापछि गर्न सकिन्छ । यो प्रक्रियालाई २–५ पटक गर्न सकिन्छ । ९ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुले यो आसन गर्नुहुँदैन । त्यस्तै गर्भवती महिला, रिंगटा लाग्ने, उच्च रक्ताचाप र गानोको समस्या भएकाहरुले पनि यो आसन गर्नु हुँदैन । शरीरमा कयौँ किसिमका हानिकारक तत्व उत्पादन भईरहेको हन्छ । धेरे पानी पिउनाले पनि दुषित पदार्थ बाहिर निस्कन्छ । तर कुनै यस्तो खास पदार्थको नियमित सेवनले पनि शरीरमा भएका दुषित पदार्थहरु आफै बाहिर निस्कन्छ । र जसको सेवन शरीरको लागि लाभदायक हुन्छ । जुन यसप्रकार छ ।
नरिवल पानी ः कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ । यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।
लसुन ः अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ ।
अदुवा ः अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ । यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।
ग्रीन टी ः यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ । ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउँछ ।

ब्राजिलका महान फुटवल खेलाडी पेले दुई महिना लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन । पिसाब नलीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेको दुई महिनाअघि सफल प्रोस्टेट सर्जरी गरिएको छ । आठ महिनाअघि मृगौलाको पत्थरी निकालेसंगै मुत्रथैलीमा संक्रमण भएपछि पेले निरन्तर अस्वस्थ रहदै आएका थिए । ब्राजिलको स्थानीय सञ्चारमाध्यमका अनुसार ७४ बर्षीय पेले साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालमा दुई महिनमा लामो उपचारपछि घर फर्केका हुन । पेलेको मृगौला एउटामात्र छ । आफ्नो खेल जीवनको अन्त्यतिर उनले एउटा मृगौलामा समस्या आएपछि समस्याग्रस्त मृगौला निकालिएको थियो । आइन्स्टाईन अस्पतालले उनी पुनः अस्पताल आउनु पर्ने अवस्था तत्काल नरहेको जानकारी समेत दिएको छ । शताव्दीकै महान खेलाडीको दर्जा पाएका पेलेले आफ्नो खेलजीवन भर खेलेका १ हजार ३ सय ६३ खेलमा कीर्तिमानी १ हजार २ स
य ८१ गोल गरेका छन ।
य ८१ गोल गरेका छन ।
साम्यवादी अधिनायकवादी मुलुककोरुपमा चिनिएको उत्तर कोरियामा आईतवार स्थानीय निकायको निर्वाचन भईरहेको छ । सन् २०११ मा नयाँ नेतृत्व सत्तामा आए यताको यो पहिलो स्थानीय निर्वाचन हो । हुन त उत्तर कोरियामा हुने जुनकुनै निर्वाचनप्रति विश्व समुदायले त्यति विश्वास गर्दैन । सञ्चार माध्यामहरुले उल्लेख गरे अनुसार सन् २०११ मा ३१ बर्षीय किम जोङ्ग उन सत्तामा आएपछि थोरै भएपनि केही परिवर्तन हुने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले गरेको थियो । तर नयाँ राष्ट्रपनि उनले यस अघिका नेतृत्वले जस्तै प्रजातान्त्रिक सुधारलाई अगाडि बढाउन चाहेनन् । आईतवार भईरहेको निर्वाचनमा प्रत्येक प्रान्त, सहर तथा स्थानीय निकायको लागि जनताले मतदान गरिरहेका छन् । चुनाव भनिएपनि जनताले स्वतन्त्ररुपमा मतदान गर्न पाउँदैनन् । त्यहाँको सत्ताले तोकेको उम्मेदवारलाईमात्र भोट दिनु पर्ने हुन्छ । उत्तर कोरियाको सत्तासिन कम्युनिष्ट पार्टीले तोकेको एक जनालाई मात्र जनताले मत दिनुपर्ने हुन्छ । त्यसकारणलेपनि उत्तर कोरियाको यस स्थानीय निर्वाचनलाई पश्चिमा सञ्चार माध्यमहरुले खुला नाटकको संज्ञा दिएका छन् । यस अघिको स्थानीय निवार्चन वर्तमान राष्ट्रपतिको पीता किम जोङ्ग इलको समयमा डिसेम्वर १७, २०११ मा भएको थियो । अति अनुदारभनि चिनिएका किम प्रतिपनि अमेरिका, बेलायत लगाएको पश्चिमा विश्व कहिल्यै सकारात्मक भएन् । सत्तारुढ पार्टीले तोकेको उम्मेदवारले ९५ प्रतिशत भोट सहित चुनाव जित्ने भएकोलेपनि पश्चिमा मिडियाहरुले उत्तर कोरियाको चुनावप्रति अत्याधिक नकरात्मक टिप्पणीहरु गर्दछन् । विश्वकै गरिव मुलुकहरुमध्ये पर्ने उत्तर कोरियामा सन् १९५३ मा कम्युनिष्ट सत्ता भए पश्चात आम जनता राजनीतिक, सामाजिक लगाएतका अधिकारहरुवाट वञ्चित रहदै आएका छन् । लाखौं जनता भोकमरीमा रहन वाध्य यस मुलकको सत्ताले अर्थतन्त्रको ठुलो हिस्सा आणविक हतियार निर्माणमा प्रयोग गरेको भन्दै पश्चिमा मिडियाहरुले आलोचना गर्दै आएका छन् ।
नेपालमा अहिले कुखुरा पालन व्यवसाय फस्टाइरहेको छ । बेला बेलामा बर्ड फ्लु तर्साएपनि किसानहरु व्यवसायबाट हच्चिएका छैनन् । वर्ड फ्लुको हल्ला ताका व्यवसायमा केही असर परेपनि पछि स्थिति सामान्यमा आएपछि व्यवसाय भएपनि राम्रैसँग चल्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन नसकिने वरिष्ठ पशु चिकित्सक उमेश दाहालले सेतोपाटीलाई बताए । उनले कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक भएको बताए ।
कतिपय व्यवसायीहरुले पहिलो लटमा नै नाफा भएमा व्यवसायलाई निरन्तर दिने र घाटा भएमा व्यवसाय नै छोडने गरेका दाहालले बताए। कतिपय व्यवसायीहरुले भने कुखुरा पालन गर्दा सामान्य जानकारी र औषधीको प्रयोग गर्ने विधि नजान्दा पनि व्यवसाय तलतिर झर्ने गरेको उनले सुनाए ।
अहिले नेपालका व्यवसायीक रुपमा गरिएको कुखुरा पालनका लागि आवश्यक ब्रोइलर चल्ला भने केही रुपमा नेपालमा नै उत्पादन भईरहेको छ। तर लेस कुखुराको प्यारेन्टस अझै पनि पुरै रुपमा अन्य देशसँग निर्भर रहनु पर्ने बाध्यता रहेको दाहालले बताए। कुखुरा पालन गर्दा व्यवसायीहरुले प्रयोग गर्ने प्राय जसो औषधिले भने मानव शरीरमा खासै असर नपर्ने र एन्टिबायोटिकको प्रयोग गरिरहेकै समयमा तत्काल बजारमा ल्याउने हो भने यसले मानव शरीरमा असर पुर्याउने डा. दाहालले बताए।
उनले भने कुखुरा पालन गर्दा व्यवसायीहरुले कुखुरामा कुनै प्रकारको रोगले सङक्रमण नगरोस भनी भ्याक्सिन र उत्पादन बढाउनका लागि भिटामिनहरुको प्रयोग गर्छन। भूकम्पले अहिले हजारौं कुखुराको खोर नष्ट भएका छन, लाखौं अण्डा क्षति भएका छन र लाखौंको सङ्ख्यामा चल्लाको क्षति भएको पशु निर्देशनालयले जनाएको छ।
सामान्यत बजारमा कुखुराको मासु साउन र माघमा बढी घट्ने गरेको छ। तर अरु महिनामा पनि सामान्यत कुखुराको मासुमा मूल्यमा तलमाथी भईरहेको पनि छ। जव बजारमा माग भए जति कुखुरा व्यवसायीहरुले उपलब्ध गराउन नसक्दा मासुको मूल्य बढने र माग भन्दा बढी बजारमा आउदा मूल्य घट्ने गरेको कुखुरा व्यवसायीहरुले बताए।
डा. उमेश दाहालका अनुसार कुखुरा व्यवसायीहरुले कुखुरा पालन गर्दा सङक्रमण रोगहरुको महामारी नलागोस भनी प्रयोग गरीने भ्याक्सिन, औषधि र भिटामिनको प्रयोग विधिबारे जानकारी लिनै पर्छ ।
प्रयोग गर्ने तरिका र औषधी, भ्याक्सिन र भिटामिनहरु
१. शुन्य दिनदेखि ५ दिन सम्म चल्लालाई इलोक्ट्रोलाइट, गुल्कोज र भिटामिनको प्रगोग गर्ने
२. ५ देखि ७ दिन सम्मका चल्लालाई रानीखेत विरुद्धको एफ १ भ्याक्सिन आँखामा १ थोपा दिने।
३ यदि यो समयमा चल्लाको मूत्युदर बढी भएमा एन्टिबायोटी पनि दिन सकिन्छ। एन्टिभाईटी प्रयोग गरेको समयमानै तत्काल मासु प्रयोगमा ल्याउदा भने मानव शरीरमा असर पु¥याउँछ।
४. ८ देखि १० दिनको समयमा लिच्ची रोग बिरुद्धको लाई ०.२ एमएमको भ्याक्सिन सुई घाँटीको छालामुनी दिने।
५. १२ देखि १४ दिनको बिचमा गमबोरो बिरुद्धको भ्याक्सिन आखाँमा दिने।
६. १९ देखि २१ दिनकोबिचमा गमबोरो विरुद्धकै भ्याक्सिन पानीमा मिलाएर दिने।
७. २५ देखि २८ दिनको बिचमा रानीखेत विरुद्धको लासोटो भ्याक्सिन पानिमा दिने। तर पानीको माध्यमबाट भ्याक्सिन दिदाँ पानी सफा गर्न भनी पानीमा भने कुनै प्रकारको औषधी प्रयोग नगर्ने।
८ २५ दिन देखिबाट भने भिटामिनको प्रयोग गर्न सक्निे र भिटामिन ५ देखि १० एमएल १ हजार कुखुराको लाई दिन सकिन्छ।
यी औषधि र भ्याक्सिनको प्रयोगले कुखुरामा लाग्ने रोग सिआर डी( स्वासनलीको रोय), आई बी( उत्पादन घटाउने र घाटीमा खसखस हुने), हैजा, कोराइजा( ठाउँको सुनिने), दुषित पानीको प्रयोगले आउनसक्ने रोगहरु( तौल नबढ्ने, ज्वरो आउनु र विभिन्न रङमा छेर्ने) जस्ता रोगको प्रयोग गरेका औषधि र भ्याक्सिनले मानव शरीरमा खासै असर भने नगर्ने दाहालले बताए।
व्यवसायीहरुले कुखुरा पालनकोलाई खोर कस्तो बनाउने त?
१ पुर्व पश्चिम मोड फर्केको जमिन
२. लम्बाई आवश्यकता अनुसार सयदेखि १ सय ५० मिटर सम्म र चौडाई भने ३० फिटको हाराहारीमा निमार्ण गर्ने ।
३. दुई पाखे खोर छ भने मध्य बिन्दुको धुरी खम्बाको उचाई १३ देखि १५ फिट बनाउने र छेउछाउको उचाई भने ७ देखि ९ फिट सम्मको बनाउने।
४. जमिनको सतहलाई डेढ फिट देखि २ फिट सम्म उठाउने र लामो खोर छ भने बिच बिचमा पाटेसन गर्ने।
५. एक वयस्क बोईलर कुखुरकोलाई एक वर्ग फिट आवश्य पर्ने हुदाँ सोहि अनुरुप निमार्ण गर्ने र ५० कुखुरा बराबर एउटा पानीको भाडा राख्ने।

काठमाडौं । फिल्मी करियरको लोभलाग्दो उचाइमा रहेकै बेला अभिनेत्री सञ्चिता लुइटेलसँग दोस्रो विवाहपछि उद्योगबाटै टाढिएका अभिनेता निखिल उप्रेती फेरि पुनर्आगमनको तयारीमा छन् । यसपटक उनी चलचित्र भैरव मार्फत दर्शक माझ पुनः देखापर्ने भएका छन् । पाँच वर्षभन्दा बढी समय हराएका निखिल यसपटक आउँदा नयाँ परिचय पनि सँगै लिएर आउँने भएका छन् । अर्थात उनको नयाँ फिल्म भैरवका उनी निर्माता र निर्देशक समेत हुन् ।
निर्देशक बन्ने वित्तिकै उनको सोच र बुझाइ समेत फेरिएको उनको पछिल्लो अभिव्यक्तिहरुले स्पष्ट पारेको छ । न्यूज २४ टेलिभिजनको ६ प्रश्नमा अन्तवार्ता दिने क्रममा उनले नेपाली चलचित्रकर्मीहरुको सानो सोंचका कारण सिंगो क्षेत्र नै साँघुरिएको बताए । सञ्चितासँग विवाह गरेर आफैं बदनाम भएका निखिलले चलचित्रकर्मीहरुको कारण नेपाली चलचित्र क्षेत्र बदनाम भैरहेको सम्म भन्न भ्याए ।
निर्देशक बन्नुको राज र आवश्यक दक्षता,योग्यता बारेको प्रश्नमा निखिलले नेपाली चलचित्र क्षेत्रमा आउँनु अघि नै आफू निर्देशकीय टिमको सदस्य रहेको बताए । तर भैरवमा आफू निर्देशक भए पनि असिस्टेन्टको भरमा चलचित्र सकाएको निखिलको स्वीकारोक्ति थियो । चलचित्र निर्माण भनेको टिमवर्कको क्षेत्र हो । फ्लोरमा जानु अघि नै पर्याप्त गृहकार्य र कामको बाँडफाँड सहित जाने भएकोले असिस्टेन्टको भरमा चलचित्र सिध्याउँन मलाई गाह्रो भएन । निखिल थप्छन्–तर सबै योजना र भिजन त मेरै थियो ।
भैरव देशभक्तिपूर्ण फिल्म हुने पनि उनको दाबी थियो । एउटा इमान्दार प्रहरी अधिकृतको कथामा बनेको भैरव वास्तविक कथा समेत भएको उनले बताए । साथै उनले भैरव पनि विदेशी चलचित्रहरुबाट प्रभावित नरहन भने नसकेको स्वीकारे । तर प्रभावित भए पनि हुबहु भने नचोरिएको निखिलले बताए ।
भैरवबाट कुनै शिक्षा नपाइने तर मनोरञ्जन भने पर्याप्त मात्रामा पाइने निखिलको भनाइ छ । फिल्मबाट शिक्षा खोज्ने शैली नै ठूटो आदर्श भएको उनको तर्क छ । स्कूलमा गएर सिनेमा हेर्ने अनि सिनेमा हलमा गएर शिक्षा खोज्ने प्रवृति ठूटो आदर्श भएको उनले प्रष्ट्याए । त्यस्ता ठूटे आदर्शवादीहरु भने भैरवबाट निराश हुनसक्ने निखिलले बताए ।

सामान्यतया अंगूरको मूल्य सुन्दा अचम्म मान्नुपर्ने अवस्था हुँदैन। तर जापानमा पाइने एक गुच्छा अंगूरको मूल्य सुन्दा अचम्म लाग्छ नै।
यसको मूल्य ८ हजार २ सय अमेरिकन डलर अर्थात् ८ लाख २० हजार रुपैयाँभन्दा बढी पर्छ। अंगूरको एकदानाको नै ३१५ अमेरिकन डलर आर्थात् ३१ हजार ५ सय पर्छ।
यसले सबैभन्दा महंगो अंगूर भनेर रेकर्ड नै राखेको छ। रेकर्ड राख्ने २६ वटा दाना भएको यो अंगूरको गुच्छाको नाम ‘रुबी रोमन’ हो।
यो सालको पहिलो लिलामीमा अहिलेसम्मकै महंगो मूल्यमा विक्री गरिएर यसले आफ्नो पुरानो रेकर्ड तोडेको हो।
लोकल वोर्ड अफ एग्रीकल्चरका अनुसार हरेक अंगूरको दानाको तौल कम्तीमा पनि २० ग्राम रहेको छ।
महंगा फलफुलका लागि जापान प्रख्यात मानिन्छ। जापानमा मानिसहरु यस्ता महंगा फलफुलहरु उपहारमा दिइन्छ।

साताको पहिलो दिन आज सुनको भाउमा कुनै घटबढ भएको छैन।
ओर्लिदो क्रममा रहेको सुनको भाउ गत साता मात्रै तोलामा १२ सयले घटेको थियो। आज सुनको मूल्य तोलामा ४९ हजार ५ सय रुपैयाँ नै कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको कारोवारमा पनि चाँदीको मूल्य तोलामा ६ सय ७० रुपैयाँ थियो।

मोरङको उर्लाबारीमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शुक्रबार साँझ ६ बजेर ५० मिनेट जाँदा उर्लाबारी-२ मा सब्जी ब्यापारी गर्ने
५५ बर्षीय केशब थापामगरले ५० बर्षीय श्रीमती देवीमायाँलाईखुकुरी प्रहार गरी हत्या गरेका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट देविमायाँको घाँटी काटिएको र घटनास्थलमै ज्यान गएको हो।
देवीमायाँको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र उर्लाबारी लगिएको छ।
श्रीमान श्रीमती उर्लाबारी-२ को सिसौली भन्ने ठाउँमा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरू दिउँसैदेखि विवाद गर्दै आएका थिए। श्रीमतीको हत्या गरेपछि केशवले आफूलाई पनि पेटमा खुकुरी हानेका थिए। आफैले हानेको खुकुरीले गम्भीर घाईते केशवलाई अहिले थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ।

आगामी बर्ष भारतका हुने ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटमा छनौटका लागि छनौट खेल खेल्न जानुअघिको बिदाईमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफुहरुको लक्ष्य बिश्वकपमा छनौट हुनेमात्र नभई प्रतियोगिताको उपाधि नै जित्ने रहेको बताएका थिए । प्रशिक्षब पुवुदु दाशानायकेले पनि यस पटकको तयारी अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै उच्च मनोवल देखाएका थिए । बंगलादेश बिश्वकपमा नेपाली टोलीको प्रदर्शनपछि अन्तराष्ट्रिय रुपमै धेरैको मन जितेको थियो । त्यसयता नेपाली क्रिकेटप्रतिको धारणा नै बदलिएको थियो । प्रतियोगिताको खेलतालिका सार्वजनिक भएदेखिनै नेपाल सजिलो समुहमा परेको र बिश्वकपका लागि छनौट हुन सहज हुने पूर्वानुमान स्वयम् खेलाडीले नै गरेका थिए । ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको नेपाली टोली लगातार दोस्रो पटक ट्वान्टी ट्वान्टी बिश्वकप खेल्न छनौट प्रतियोगितामा सहभागी भयो तर नतिजा भने बिर्सनलायक लिएर आयो । बिश्वकप छनौट अघि नेपालले नेदरल्याण्डस बिरु्रद्ध चार खेलको ट्वान्टी ट्वान्टी शृङखला खेल्यो । शृङखला तीन एकले गुमाएको नेपाली टोलीले नेदरल्याण्डसको मैदानमा गरेको प्रदर्शनबाट, खुलेर खेल्न नसकेको प्रष्ट देखिन्थ्यो । एक सातापछि आयरल्याण्ड पुगेको नेपाली टोलीले छनौट प्रतियोगितामा त्यसलाई थप प्रष्ट पा¥यो की युरोपको पिचमा नेपाली ब्याट्सम्यानहरु सुपर फ्लप देखिए । युरोपको पिचमा आफुह्ररु अभ्यस्त भइसकेकाले आयरल्याण्डमा समस्या नपर्ने प्रशिक्षक पुवुदुको दावीको विपरित एकपछि अर्को खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन लज्जास्पद देखियो । प्रतियोगितामाख नेपालले सजिलै हराउन सक्ने आंकलन गरिएका टोलीहरुले नेपाललाई लज्जास्पद पराजयको बाटो देखाए । समुहको छ खेलमा नेपालले ६ खेलमा चार पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराएको नेपालले अन्य सबै खेलमा प्रशंसकका लागि खुसी दिन सकेन । प्रतियोगिताको सबै खेलमा टस हारेको नेपालका लागि पहिलो खेलमा बाहेक अन्य सबैमा १ सय रनको योगफल बनाउन हम्मेहम्मे प¥यो । नामिवियासंगको दोस्रो खेल बर्षाका कारण रद्ध भएपनि तेस्रो खेलमा नेपालले आयरल्याण्डसंग लज्जास्पद पराजय बेहो¥यो । नेपालले दिएको ५३ रनको लक्ष्य ट्वान्टी ट्वान्टी इतिहाँसमै दोस्रो कम योगफलका रुपमा दरियो । चौथो खेलमा हङकङ बिरु्रद्ध पनि नेपालले पहिले ब्याटिङ गरेको थियो । १ सय ९ रनमा समेटिएको नेपाललाई हङकङले पाँच विकेटको हार चखायो र गत बर्ष ट्वान्टी ट्वा्रन्टी बिश्वकपमा बेहोरेको हारको बदला लियो । पाँचौं खेलमा पुपवा न्यूगिनीसंगको नेपालको पंदर्शन त झन लज्जास्पद रह्यो । नेपालले केवल ९३ रन बनाउन सक्यो र खेल ८ विकेटले सुम्पियो । अन्तिम खेलमा जर्सीलाई पराजित गरि बिश्वकप छनौटको संभावना गणितीय रुपमा बाँकी नै राख्ने नेपालको योजनामा पनि जर्सी बाधक बन्यो ।प्रतियोगिताबाट बाहिरिएसंगै नेपालको बिश्वकप सहभागिता त गुम्यो नै अघिल्लो बर्ष पाएको ट्वान्टी ट्वान्टी क्रिकेटको अन्तराष्ट्रिय मान्यता पनि धरापमा परेको छ । आइसीसीको निर्णय अनुसार ट्वान्टी ट्वान्टी बिश्वकप चार चार बष्र्रमा हुने भएपछि अर्को बिश्वकपका लागि नेपालले चार बर्ष कुर्नुपर्नेछ । पछिल्लो पाँच बर्षम डिभिजन पाँच हुदै डिभिजन दुईमा पुगेको नेपालको आयरल्याण्डको प्रदर्शनपछि साख धुमिल भएको छ । क्रिकेट संघको विवाद जारी नै रहदा नेपाली टोलीको प्रदर्शनले पनि समर्थकलाई निराश बनाएको छ । नेपाली क्रिकेटको यो ्रस्वर्ण काल सक्रिएको पनि आंकलन गर्न थालिएको छ ।
कट्रिना कैफको ३२ औं जन्मदिनको समारोहमा रणविर कपुरले औंठी उपहार दिएका छन्। खबरअनुसार रणविरले कट्रिनालाई सरप्राइज पार्टी मात्र दिएनन् प्लाटिनमको औंठी पनि उपहार दिए । जुन औंठीमा ‘केके’ लेखिएको छ ।
बताइएअनुसार कट्रिनाका ब्वाइफ्रेण्ड रणविरले औंठी दिएर सम्बन्धलाई अझ औपचारिकताको घोषणा गरेका हुन् । उसो त यो जोडीले केही समयअघि आफूहरुले बिहे गर्न लागेको तर अहिले समय नभएकाले अर्को वर्ष गर्ने बताउँदै आएका थिए । उनीहरुको बिहे सन् २०१६ को अन्तिममा हुन सक्ने पनि आँकलन गरिएको छ ।
सन् २०१० मा रिलिज भएको ‘अजब प्रेमकी गजब कहानी’ बाट सुरु भएको मित्रताले औपचारिकता पाउँदै गएको थियो । मिडियामा कयौं उतारचढाव आएको बताइए पनि उनीहरु हाल मुम्बईमा ‘लिभ–इन रिलेसनसिप’ छन् ।
करियरले सिँढी चढ्दै गर्दा कट्रिना सलमान खानको प्रेमिका भनेर चिनिएकी थिइन् भने रणविरका पूर्वप्रेमिका दिपिका पादुकोणको पनि रणविर सिंहसँग बिहे हुने हल्ला चुलिँदो छ ।

सरकारलाई संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले भूकम्प अतिप्रभावित १९ जिल्लाका नागरिकलाई अतिरिक्त सामाजिक सुरक्षा भत्ता दिन १ अर्ब ५० करोड रुपैयाँ सहयोग दिएको छ । यो सहयोगपछि भूकम्प अति प्रभावित जिल्लाका सामाजिक सुरक्षा भत्ता पाउदै आएका नागरिकले थप भत्ता पाउने छन् । केन्द्रीय पञ्जीकरण विभागका अनुसार भूकम्प अतिप्रभावित जिल्लाका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका नागरिकले यो रकमबाट थप भत्ता पाउनेछन । विभागका अनुसार तत्काल प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले भत्ता बाँड्ने तयारी भइरहेको छ । प्रतिमहिना १ हजार रुपैयाँ पाउने वृद्धवृद्धा र सीमान्तकृत आदिवासी जनजाति, ५ सय रुपैयाँ पाउने बालबालिका तथा एकल महिला लगायतलाई दामासाही ३ हजार दिइनेछ । अतिरिक्त भत्ता वितरण हुने जिल््लामा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, सोलुखुम्बु, धादिङ, रामेछाप, ओखलढुंगा, खोटाङ, सिन्धुली, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर, लमजुङ, तनहुँ र चितवन छन । विभागले तयार पारेको तथ्यांकअनुसार यी जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ४ लाख ६७ हजार छ । ३ हजार रुपैयाँका दरले १ अर्ब ४० करोड रुपैयाँ तत्काल बाँड्न लागिएको छ । अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र युनिसेफका प्रतिनिधिबीच सहयोग रकम लिने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको थियो ।
पढाइदिने र जागिर लगाइदिने प्रलोभन पारेर युवतीमाथि बलात्कार गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
तनहुँका डम्बर बहादुर अधिकारीलाई लगनखेलबाट प्रहरीले पक्राउ गरेको हो । उनले एक १८ वर्षीया युवतीलाई १ वर्षअघि देखि नै यौन शोषण गर्दै आएको खुलेको हो । अधिकारी हालसालै वैदेशिक रोजगारबाट विदामा फर्किएका बेला पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारमा जानुअघि नै अधिकारीले आफूमाथि यौन शोषण गर्दै आएको युवतीले प्रहरीसामु वयान दिएकी छिन् । पढाइदिने र जागिर लगाइदिने सर्तमा अधिकारीले युवतीलाई भाडाको कोठामा राखि यौन शोषण गर्दै आएको थिए ।
विदेशमा रहेका बेला अधिकारीले उनलाई पैसा र मोबाइल समेत पठाउने गरेका थिए । आफूले पढाइदिने सर्तमा युवतीलाई कोठामा राखेको र त्यसवापत उनले यौन शोषण गर्दै आएको अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
ललितपुरका एसएसपी पिताम्बर अधिकारीले भने यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई बलात्कारको मुद्दा चलाउने तयारी गरेको छ । यस विषयमा भोलि आइतबार पत्रकार सम्मेलन गर्ने ललितपुर प्रहरीको तयारी छ ।

अमिर खान सलमान खानले 'बजरंगी भाईजान'मा गरेको अभिनय देखेर भावुक भएका छन्।
शनिबार राति आफ्ना केही साथीसहित छोरी इरा र भाई फैजलसँग फिल्म हेर्न लाइट बक्स थिएटर पुगेका थिए। फिल्म हेरेपछि सलमान खानको अभिनय देखेर उनी भावुक मात्र होइन रोएका पनि थिए।
फिल्म सकिएपछि उनलाई बाहिर निस्किएको बेला आँसु पुछिरहेको तस्विर भारतीय मिडियामा आएको छ। यसअघि नै उनले 'बजरंगी भाईजान' को तारिफ गर्दै ट्विटमा यो फिल्मलाई सलमान खानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताएका थिए।
यसैबीच अमिरले आफ्ना शुभचिन्तकलाई 'बजरंगी भाईजान' एकपटक हेर्न आग्रहसमेत गरेका छन्। अमिरले ट्विटमा फिल्म निर्देशक, फिल्मको कथाबस्तुकोसमेत तारिफ गरेका छन्।
उनले फिल्ममा अभियन गरेकी बाल कलाकार शाहिदा उर्फ मुन्नी उर्फ हर्षालीको पनि तारिफ गरेका छन्।
शुक्रबार रिलिज भएको फिल्म बजरंगी भाईजानले ६३ दशवमल ७५ करोडको कमाइ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
साथीभाइसँग मान्छे झुन्डाएको हेर्न गइन्थ्यो,’ १९९१ देखि रियादमै कार्यरत मिश्रले भने, ‘पछि पछि उमेर ढल्किँदै गएपछि आँट जुटाउन सकिनँ। त्यता जान मन पनि लागेन।’
धिराको अगाडि ठूलो मस्जिद छ। खुला चौर छ। वरिपरि बस्न सिटहरू राखिएका छन्। त्यही नजिक साउदीको परम्परागत अवस्था चित्रण गर्ने ठूलो संग्रहालय पनि छ। पछाडिपट्टि बजार छ। प्रहरी, मुतुवा (धार्मिक प्रहरी) जतिखेर घुमिरहेकै हुन्छन्। ‘यो हप्ता कसलाई मृत्युदण्ड दिइँदैछ भन्ने सूचना सार्वजनिक गरिएको हुन्छ,’ साउदीमा सबैबाट ‘बा’ को उपनाम पाएका मिश्रले भने, ‘प्राय: सलाह (प्रार्थना) गरिसकेपछि सजाय दिइन्छ। त्यस्ता व्यक्तिलाई नमाज पढाएर चौरमा ल्याइन्छ। मुतुवाबाट फेरि सबैको सामुन्ने कुरान पढाइन्छ। न्यायाधीश तोकिएको समयमा आइपुग्छ। त्यसपछि बाहिरबाट दुई/चारजनालाई सैतान भन्दै ढुंगा हान्न लगाइन्छ। कालो गाडीमा हालेर ल्याइएका ‘मान्छे मार्ने व्यक्ति’ बाहिर निस्कछन्। तिनले तरबार निकालेर टाउको र शरीर विच्छेद गरिदिन्छन्। गाडीमा हालेर लैजान्छन्।’
सजाय कार्यान्वयन गर्ने व्यक्तिहरूलाई राज्यले विशेष सुविधा दिएर राखेको हुन्छ। तिनीहरूका नेता मोहम्मद साद अल बेसीले १९९८ मा गरेको पहिलो अनुभव सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै भनेका थिए,‘अपराधीको आँखामा कसिलो बनाएर कालोपट्टी बाँधिएको थियो। मैले उसको शिर छेदन गरिदिएँ। मानिसहरू अचम्म मानेर हेरिरहेका थिएँ। त्यसअघि मैले उसको परिवारलाई भेटेर माफी मागेको थिएँ।’
साउदी बढी मृत्युदण्ड दिने देशमध्ये पर्छ। ‘पछिल्लो ६ महिनाभित्र मात्रै १ सय २ जनालाई मृत्युदण्ड दिइसकेको छ,’ मानवअधिकारवबादी संस्था एमनेस्टीको प्रतिवेदन छ, ‘अघिल्लो वर्ष ९० जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा आप्रवासी कामदार ३७ जना थिए।’
एमनेस्टीका अनुसार सन् १९८५ देखि २०१४ बीचमा २ हजार १ सय ७ जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा १ हजार २८ विदेशी कामदार थिए। २१ साउन २०७१ मा तनहुँकी शोभा परियारलाई पनि शिर छेदन गरी मृत्युदण्ड दिइएको थियो। घरेलु कामदारका रूपमा साउदी आएकी परियारले मालिक्नीको यातनाको रिसमा दुईवर्षे बच्चाको हत्या गरिन्। पीडित साउदी परिवारलाई दिया रकम (ब्लडमनी) स्वीकार गरी माफी दिलाउन नेपाली दूतावासले गरेको प्रयास सफल भएन।
सरिया कानुनले जघन्य अपराध मानेको मुद्दाहरूमा मुत्युदण्डको सजाय तोकिन्छ। हत्या, बलात्कार, झुठा भविष्यवाणी, निन्दा, सशस्त्र डकैती, बारम्बार लागूऔषध सेवन, धर्मत्याग, व्यभिचार, जादू–टुनामुना गर्ने/सिकाउनेलाई मुत्युदण्ड दिइन्छ। धेरैजसो मुद्दामा शिर छेदन गरिएको छ। त्यसपछि ढुङ्गा प्रहार गरेर, आगो लगाएर, विद्युतीय झड्का दिएर मृत्युदण्ड दिइएका छन्।
अदालतले मृत्युदण्ड सुनाए जति सबैको कार्यान्वयन हुँदैन। साउदी न्यायपालिकाका अनुसार हुदुद (कारान सजाय) धर्मत्याग, व्यभिचार, गुद मैथुन (समालिङ्गी) का मुद्दा भने कार्यान्वयन हुन्छन्।
‘क्वाइस’ अर्थात ‘आँखाका लागि आँखा’ भन्ने कानुनमा पीडित परिवारलाई निर्णय गर्न दिइएको छ। पीडकले दिएको दिया रकम (ब्लडमनी) पीडित पक्षले स्विकारे पीडकले माफी पाउने व्यवस्था छ। जस्तो पाकिस्तानी नागरिक हत्यामा धनुषाका उमेश यादवलाई मृत्युदण्ड सुनाइए पनि पीडित पक्षसँग छलफल चलिरहेकाले रोकिएको छ। १४ वर्षदेखि साउदी नागरिक हत्या मुद्दामा मृत्युदण्डकै सजाय सुनाइएका पर्वत, केङु–९ का शान्तबहादुर पुन पीडित परिवारको कान्छो छोरोको निर्णय पर्खेर बसेका छन्। गत २३ असारमा पीडित परिवारले ११ लाख रुपैयाँ ब्लडमनी लिएपछि मृत्युदण्डबाट आममाफी दिएर उत्तम कुँवरलाई अदालतले नेपाल पठाइदिन आदेश दिइसकेको छ।
अधिकारबादीहरूले गरिब देशबाट काम गर्न आउने विदेशी कामदारलाई मृत्युदण्ड दिइन नहुने ‘लबिइङ’ गरिरहेका छन्। गत जुनमा राष्ट्रसंघको महासभामा एमनेस्टी इन्टरनेसनले यसबारे आवाज उठाएको थियो।
विदेशीको हकमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्ने उसको भनाइ छ। मृत्युदण्डको सजाय दिँदा धेरै पक्षबाट नहेरिने र त्यसमा निष्पक्षता नहुने उसले जनाएको छ। विदेशी कामदारका सम्बन्धित देशको ‘कन्सुलर सेवा’ प्रति समेत प्रश्न उठाउने गरिएको छ। ‘हरेक हप्ताजसो मृत्युदण्डको सजाय सुनिरहेका छौं,’ मिश्रले हिँड्ने बेला भने, ‘समाचार सुन्दा सुन्दा सामान्यजस्तै लाग्न थालिसकेको छ। रमजानको समय भएर तपाईंले देख्न पाउनुभएन।’

दोहा, श्रावण ३ - साउदी अरबमा मृत्युदण्ड सजाय दिइने ठाउँ हो धिरा। सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे त्यहाँ अदालतको फैसला कार्यान्वयन गरिन्छ। त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्। साउदीको राजधानी रियादको व्यस्त ठाउँ हो धिरा। चहलपहल बाक्लै छ। नेपालीहरूको मिलन केन्द्र भनिने बथाह सहर नजिकै पर्छ। घरगाउँबाट ल्याइदिएको कोसेली पुर्याउन र बिदामा जानेलाई परिवारका लागि मोबाइल, कपडा र अग्ला अग्ला टावरमुनि खिचेका तस्बिरहरू पठाउन नेपालीले भेट गर्ने थलो हो त्यो। ‘बिदाको दिन साउदीमा टाढा टाढा छरिएका साथीभाइ भेटिने थलो बथाह हो,’ सिन्धुपाल्चोकका हरिराम श्रेष्ठले भने, ‘न्याय नपाए गोरखा जानु भनेजस्तै, नेपाली नभेटिए बथाह जानु भन्ने उखान छ।’
यही ठाउँमा भरतपुरका कृष्ण थापाले १७ वर्षअघि खोलेको होटलमा नेपाली खाना र म:म खानेको भीड जतिखेरै लाग्छ। चिठीपत्रदेखि पार्सलसम्म त्यही होटलमा आइपुग्छ। रुकुम, खलङ्गाका शरदकुमार शर्माले साउदी—नेपालको टिकट काट्न ट्राभल चलाएका छन्। नवलपरासी, गैंडाकोटका पर्शुराम मिश्रले ढाकाटोपी, दौरासुरुवाल बेच्ने फेन्सी खोलेका छन्। नजिकै काटमाडौं पेप्सीकोलाको विदुर कोइरालाको सगरमाथा म:म पसल छ। वरिपरि नेपालीलाई कपडा बेच्ने पसलको पनि लस्कर छ। ‘बथाह आएपछि आफ्नै गाउँसहर आएजस्तो लाग्छ,’ १३ वर्षदेखि साउदीमा कार्यरत विराटचोक—८ का डोरबहादुर कार्की भन्दै थिए, ‘दु:खसुख पाएका नेपाली भेटिने संगमस्थल हो। यहाँ नेपालीपन पाइन्छ। दिनभर साथीहरू दु:खसुख कुरा गर्छन्। गाउँघरको तिर्सना मेटछन्। साँझ परेपछि म:म, नेपाली खाना खान्छन््। फेरि कामका लागि क्याम्प फर्किन्छन्।’
आँट भएका नेपाली भने दिउँसोतिर धिरातिर लाग्छन्। मृत्युदण्ड सजाय सुनाइएकालाई काट्ने, फाँसी दिने, जलाउने, गोली हान्ने, ढुंगाले हिर्काउने र कोर्रा लगाउने ठाउँ धिरा हो। स्थानीय नागरिक र आप्रवासी नागरिकको बाक्लो उपस्थिति रहने हुदाँ सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे अदालतको फैसलाअनुसार मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ। ‘पहिला पहिला युवावस्थामा

बेलायतमा आयोजना भैरहेको 'लण्डन इन्डिएन फिल्म फेस्टिवल अवार्ड' अन्तर्गत नेपालको भूकम्प पीडितको सहयोगार्थ हुने 'च्यारिटी गाला फर् नेपाल'मा चर्चित अभिनेत्री मनिषा कोइराला उपस्थिती हुने भएकी छिन्। जूलाई २१ को साँझ हुन गैरहेको सो कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालको भूकम्प पीडितलाई जाने छ।
समारोहको प्रायोजक म्यारी डूगनले भनिन्, 'यो भव्य उत्सवबाट उठेको शत प्रतिशत रकम भूकम्पले भत्किएका नेपालका घरहरुमा पुग्ने छ'
'ग्रैन्ज सेन्ट् पाउल होटेल'मा हुन गैरहेको सो बिशिष्ट समारोहमा मनिषा कोइराला अभिनित 'बम्बे' फिल्मको बिशेष प्रदर्शन गरिने छ। बिश्व प्रशिद्ध सेन्ट् पौल गीर्जाघर छेउमै रहेको पाँच तारे होटलको उत्कृष्ट साँझमा बलिवूड सिने जगतका हस्तीहरु नै अनुपम आकर्षणको केन्द्र हुने छन्। सर्वसाधारण सहभागीताको लागि टिकटको ब्यवस्था गरिएको सो साँझ बिशिष्ट रात्री भोजको मनोरमतामा सजिने छ।
मनिषामय यो सन्ध्या प्राकृतिक प्रकोप क्षेत्रका बालबालिकाहरुको राहतमा कार्यरत 'इन्डियन ओसन डिजास्टर रिलीफ' (आई.ओ.डी. आर)ले 'दिल से' चलचित्रको पनि बिशेष प्रदर्शन गर्ने छ। शाहरुख खान र मनिषा कोइरालाको प्रमुख भूमिका रहेको प्रेमकथामा आधारित १९९८ को सुपरहिट 'दिल से' नै बेलायतको 'बक्स अफिस'को उच्च १० स्थानमा पर्न सफल पहिलो हिन्दी फिल्म हो। यसरी अन्तराष्ट्रिय रेकर्ड बनाएको सो चलचित्रले मनिषा कोइरालालाई अभूतपूर्व सफलताको शिखर चढाएको थियो। सो चलचित्रका निर्देशक मणी रत्नमको पनि समारोहमा उपस्थिती रहनेछ।
नेपाली चलचित्र 'फेरी भेटौंला'बाट शुरु भएको उनको यात्रा बम्बे, दिल से जस्ता सुपरहीट हिन्दी चलचित्र सम्म पुग्यो। पछिल्लो समय नेपालमै बसोबास गरिरहेकी मनिषा कोइरालाको जीवनमा तत्पश्चात धेरै आरोह अवरोहहरु आए। बिशेष गरेर क्यान्सरसँग युद्ध जिते पछि उनको पुनर्जन्म भएको छ। निर्भीक र स्पष्ट वक्ताको रुपमा कहलिएकी उनलाइे भर्खरैमात्र संयुक्त राष्ट्र संघले 'ग्लोबल अफिसीयल फर् डिग्नीटी'को पगरी थम्याई दिएको छ। प्रजातन्त्रका अभियन्ता बिशेश्वर प्रसाद कोइरालाकी नातिनीले नेपालका भूकम्प पीडितको सहयोगार्थ आफ्नो अभियान शुरु गरेकी छिन् ।उनको लागि यो क्षण आफ्ना ती दिग्गज गुरुहरु र दौतरीहरुसँग अविस्मरणीय भेट हो भने मनिषालाई माया गर्ने सर्वसाधारण बेलायतवासी नेपालीहरुसँग बस्ने अर्को अवसर पनि।

बेइजिङ, श्रावण २ - दलालमार्फत् चिनियाँ केटासँग बिहेको नाटक गरी चीनमा आएकी एकजना नेपाली युवतीलाई नेपाली दूताबासले उद्दार गरेर नेपाल फर्काएको छ । गत फेब्रुअरी ३ तारिखमा चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा आएर बन्दीको जीवन बिताइरहेकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्तन)लाई गत शुक्रबार उद्दार गरेर मलेसियएन एयरलाइन्सबाट काठमाडौँ पठाएको बेइजिङस्थित नेपाली दूताबासका तृतीय सचिव उत्तम घिमिरेले बताए ।
गत जनवरीमा नेपाली दलाल मार्फत सान्तोङका २५ वर्षीय वु फुसिङले कल्पनालाई विभिन्न प्रलोभवन देखाएर विभिन्न कागजमा सही छाप गराएर काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गराएका थिए । सोही कागजका आधारमा उनलाई चीनमा ल्याइएको थियो ।
नेपाली दलाल शेर्पेनी दिदी र चिनियाँ दलाल पापा (कल्पनाकै शब्दमा)ले उनलाई चीनमा गएपछि महिनाको एक लाख रुपैयाँभन्दा बढीको कमाइ हुन्छ भनेर फकाएका थिए । कल्पनाले भनिन्, ‘धनी मान्छे हो । ठूलो घर छ । श्रीमती भएर सँगै बस्नु पर्दैन । भिसा लिनका लागि मात्र बिहे गरेको हो । नेपालमा प्रशस्त पैसा पठाउन पाइन्छ भनेका थिए ।’ ग्रामीण क्षेत्रका गरिब किसान परिवारका वु फुसिङले कल्पनालाई विगत पाँच महिनाभन्दा बढी समयदेखि बन्दी जस्तै गरी घरमा थुनेर राखेका थिए । खान नदिएपछि उनले नजिकै पसलमा चाउचाउ किन्न जाँदा पनि पछि लागेर आउने र हप्कीदप्की गर्ने गरेको उनले बताइन् ।
काठमाडौँमा बालबच्चालाई नृत्यकला सिकाउने कल्पनासँगै पाँचजना नेपाली युवतीहरुले एकैचोटि चिनियाँ युवकहरुसँग बिहे गरेका थिए । बाँकी चारजना युवती चीनका अन्य प्रान्तमा रहेको तर उनीहरुको अवस्था कस्तो रहेको छ भन्ने बारेमा थाहा नभएको घिमिरेले बताए । चिनियाँ युवाले नेपाली केटी ल्याउन दलाललाई ६ देखि १० लाख रुपैयाँसम्म बुझाएको पाइएको र यो मानव तस्करी भएको घिमिरेले बताए । कल्पनालाई ल्याउन पनि वुले दलाललाई नौलाख रुपैयाँभन्दा बढी दिएको चिनियाँ प्रहरीलाई बताएका छन् ।
सामान्य शिक्षा मात्र पाएकी कल्पनाले भाषाको कठिनाइ र काम गर्न नजान्दा वु फुसिङले कुट्ने र बारम्बार शारीरिक र मानसिक पीडा दिने गरेका थिए । मोबाइलमार्फत इन्टरनेटमा बेइजिङस्थित नेपाली दूताबासको सम्पर्क खोजेर कल्पनाले आफूलाई थुनिएको र हिंसा गरिएको बताएपछि दूताबासले चिनियाँ परराष्ट्रमन्त्रालय र स्थानीय प्रहरीको सहयोगमा उनको उद्दार गरेको हो । दूताबासका घिमिरे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रतिनिधि र स्थानीय प्रहरी लिएर शुक्रबार सान्तोङ प्रान्तको युन्छन काउन्टीस्थित वु फुसिङको घरमा पुगेका थिए । नेपाली दूताबासको पहलमा चीनबाट नेपाली चेलीको उद्दार गरिएको यो पहिलो घटना हो ।

विश्वप्रसिद्ध भविष्यकर्ता नास्त्रेदमसका थुप्रै भविष्यवाणीहरु धेरैजसो सत्य भइसकेको छ जबकी केहि अझै पूरा हुने बाँकी छ । यी भविष्यवाणीहरुमध्ये केहि यस वर्ष अथात् सन् २०१५ मा पूरा हुँदैछ ।
सन् २०१५ मा एन्टीक्रिष्टको जन्म हुनेछ जसले इसाईहरुको र मानवताका घोर बिरोधी हुनेछन् जसले पूरै संसारलाई आफ्नो कदममा झुकाउनेछ । एन्टीक्रिष्टले चाँडै नै एक वा अनेक देशमाथि कब्जा गरेर त्यहाँको जमिनमा रगतले रातो बनाइदिनेछ । यिनीहरुको क्रुरता हिटलरलाई पनि पछि पार्नेछ ।
यदि नास्त्रेदमसको भविष्यवाणीहरुमाथि काम गर्ने विशेषज्ञहरुको सल्लाह मान्ने हो भने यो एन्टिक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ । यो आतंककारी संगठन कुनै पनि धर्मलाई मान्दैन र स्वयंमलाई खलिफ भएको दाबी गर्दछ । धर्मको नाममा आइएसका सदस्यहरुले अरब जगतमा निकै ठूलो विनाश निम्त्याएको छ ।
नास्त्रेदमसका अनुसार सन् २०१५ मा वैज्ञानिकहरुले निकै ठूलो रोगको उपचारमा सफलता पाउनेछन् । यहि वर्ष वैज्ञानिकहरुले एउटा नयाँ शक्तिशाली एन्टीबायोटिक टेक्सोबेक्टिन पत्ता लगाएका छन् । अन्तिम पटक एन्टिबायोटिक आजभन्दा २५ वर्ष पहिले बनाइएको थियो ।
यो वर्ष तेस्रो विश्वयुद्धको भूमिका बन्नेछ । मिडिल इस्ट संसारभरिको लडाईंको मैदान बन्नेछ जहाँ संसारभरिका देशहरुले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । यहाँ संसारका कट्टर बिरोधी अमेरिका र रुस पनि एक हुनेछन् र संसारमा शान्ती ल्याउनका लागि आतंकवादको विरुद्धमा उत्रनेछन् ।
माउन्ट विसुवियसस्थित ज्वालामुखी फाटिनेछ र आफ्नो वरिपरिको सबै ठाउँहरु नष्ट गरिदिनेछ । यो घटना सन् २०१५ को अन्त वा सन् २०१६ को सुरुमा हुने सम्भावना रहेको छ ।
युरोप आर्थिक संकटले ग्रस्त हुनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै युरोपियन राष्ट्रहरुको अर्थव्यवस्था मन्दीको चपेटामा पर्नेछ । यद्यपी आम जनताको समृद्धि बढ्नेछ भने ठूला राष्ट्रहरुको समस्याहरु त्यसैको अनुपातमा बढ्नेछन् । बेरोजगारी र आर्थिक मन्दीको भयानक दौड सुरु हुनेछ ।
सन् २०१५ अमेरिकाका लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकाले चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने प्राकृतिक संकटसँग पनि जुध्नुपर्ने हुन्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भुकम्पको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप अमेरिकाको एउटा हिस्सामाथि ठूलो क्षती पुग्नेछ ।
निन्द्रामा हरेक व्यक्तिले देखेको सपनाले विपनामा पनि सोच्न बाध्य बनाउँछ । हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।
अब तपाईले देख्नुभएको सपनाको फल के हुन्छ त्यो हामी जानकारी दिनेछौँ । यहाँ यस्तै केही सपना र यसका फलको बारे चर्चा गरिएको छ ।
कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६.बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९.पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु- धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग

१. सोसल नेटवर्किङमा पिछाः
भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।
२. विवाहको बारेमा संकेत नदिनुहोस्ः
पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।
३. पैसाको सो–अफ नगर्नुहोस्ः
महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।
४. पटक–पटक अपडेट लिइरहन आवश्यक छैनः
कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।
५. पटक–पटक फोन नगर्नुहोस्ः यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।
६. बिल सधैँ आफैँले नै नतिर्नुहोस्ः यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।
७. सेक्सको कुरा नगर्नुहोस्ः केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।
८. पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्ः तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुनेछ ।
९. नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइनः नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ । पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।
१०. पर्सनल लाइफमा बाधा नपुराउनुः महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन । महिलालाई उनको पर्सनल लाइफ र उनीहरुको साथीको बारेमा थाहा पाउने कोसिस नगर्नुहोस् ।