नास्त्रेदमसद्वारा गरिएका ६ भविष्यवाणी जुन २०१५ मा पुरा हुँदैछन्


विश्वप्रसिद्ध भविष्यकर्ता नास्त्रेदमसका थुप्रै भविष्यवाणीहरु धेरैजसो सत्य भइसकेको छ जबकी केहि अझै पूरा हुने बाँकी छ । यी भविष्यवाणीहरुमध्ये केहि यस वर्ष अथात् सन् २०१५ मा पूरा हुँदैछ ।

सन् २०१५ मा एन्टीक्रिष्टको जन्म हुनेछ जसले इसाईहरुको र मानवताका घोर बिरोधी हुनेछन् जसले पूरै संसारलाई आफ्नो कदममा झुकाउनेछ । एन्टीक्रिष्टले चाँडै नै एक वा अनेक देशमाथि कब्जा गरेर त्यहाँको जमिनमा रगतले रातो बनाइदिनेछ । यिनीहरुको क्रुरता हिटलरलाई पनि पछि पार्नेछ ।


यदि नास्त्रेदमसको भविष्यवाणीहरुमाथि काम गर्ने विशेषज्ञहरुको सल्लाह मान्ने हो भने यो एन्टिक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ । यो आतंककारी संगठन कुनै पनि धर्मलाई मान्दैन र स्वयंमलाई खलिफ भएको दाबी गर्दछ । धर्मको नाममा आइएसका सदस्यहरुले अरब जगतमा निकै ठूलो विनाश निम्त्याएको छ ।


नास्त्रेदमसका अनुसार सन् २०१५ मा वैज्ञानिकहरुले निकै ठूलो रोगको उपचारमा सफलता पाउनेछन् । यहि वर्ष वैज्ञानिकहरुले एउटा नयाँ शक्तिशाली एन्टीबायोटिक टेक्सोबेक्टिन पत्ता लगाएका छन् । अन्तिम पटक एन्टिबायोटिक आजभन्दा २५ वर्ष पहिले बनाइएको थियो ।

यो वर्ष तेस्रो विश्वयुद्धको भूमिका बन्नेछ । मिडिल इस्ट संसारभरिको लडाईंको मैदान बन्नेछ जहाँ संसारभरिका देशहरुले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । यहाँ संसारका कट्टर बिरोधी अमेरिका र रुस पनि एक हुनेछन् र संसारमा शान्ती ल्याउनका लागि आतंकवादको विरुद्धमा उत्रनेछन् ।

 माउन्ट विसुवियसस्थित ज्वालामुखी फाटिनेछ र आफ्नो वरिपरिको सबै ठाउँहरु नष्ट गरिदिनेछ । यो घटना सन् २०१५ को अन्त वा सन् २०१६ को सुरुमा हुने सम्भावना रहेको छ ।

युरोप आर्थिक संकटले ग्रस्त हुनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै युरोपियन राष्ट्रहरुको अर्थव्यवस्था मन्दीको चपेटामा पर्नेछ । यद्यपी आम जनताको समृद्धि बढ्नेछ भने ठूला राष्ट्रहरुको समस्याहरु त्यसैको अनुपातमा बढ्नेछन् । बेरोजगारी र आर्थिक मन्दीको भयानक दौड सुरु हुनेछ ।

 सन् २०१५ अमेरिकाका लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकाले चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने प्राकृतिक संकटसँग पनि जुध्नुपर्ने हुन्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भुकम्पको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप अमेरिकाको एउटा हिस्सामाथि ठूलो क्षती पुग्नेछ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.