कट्रिनाको जन्मदिनमा रणविरले दिए प्लाटिनमको औंठी

कट्रिना कैफको ३२ औं जन्मदिनको समारोहमा रणविर कपुरले औंठी उपहार दिएका छन्। खबरअनुसार रणविरले कट्रिनालाई सरप्राइज पार्टी मात्र दिएनन् प्लाटिनमको औंठी पनि उपहार दिए । जुन औंठीमा ‘केके’ लेखिएको छ ।


बताइएअनुसार कट्रिनाका ब्वाइफ्रेण्ड रणविरले औंठी दिएर सम्बन्धलाई अझ औपचारिकताको घोषणा गरेका हुन् । उसो त यो जोडीले केही समयअघि आफूहरुले बिहे गर्न लागेको तर अहिले समय नभएकाले अर्को वर्ष गर्ने बताउँदै आएका थिए । उनीहरुको बिहे सन् २०१६ को अन्तिममा हुन सक्ने पनि आँकलन गरिएको छ ।

सन् २०१० मा रिलिज भएको ‘अजब प्रेमकी गजब कहानी’ बाट सुरु भएको मित्रताले औपचारिकता पाउँदै गएको थियो । मिडियामा कयौं उतारचढाव आएको बताइए पनि उनीहरु हाल मुम्बईमा ‘लिभ–इन रिलेसनसिप’ छन् ।

करियरले सिँढी चढ्दै गर्दा कट्रिना सलमान खानको प्रेमिका भनेर चिनिएकी थिइन् भने रणविरका पूर्वप्रेमिका दिपिका पादुकोणको पनि रणविर सिंहसँग बिहे हुने हल्ला चुलिँदो छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.