भूकम्प पिडित नागरिकले थप भत्ता पाउने

सरकारलाई संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले भूकम्प अतिप्रभावित १९ जिल्लाका नागरिकलाई अतिरिक्त सामाजिक सुरक्षा भत्ता दिन १ अर्ब ५० करोड रुपैयाँ सहयोग दिएको छ । यो सहयोगपछि भूकम्प अति प्रभावित जिल्लाका सामाजिक सुरक्षा भत्ता पाउदै आएका नागरिकले थप भत्ता पाउने छन् । केन्द्रीय पञ्जीकरण विभागका अनुसार भूकम्प अतिप्रभावित जिल्लाका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका नागरिकले यो रकमबाट थप भत्ता पाउनेछन । विभागका अनुसार तत्काल प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले भत्ता बाँड्ने तयारी भइरहेको छ । प्रतिमहिना १ हजार रुपैयाँ पाउने वृद्धवृद्धा र सीमान्तकृत आदिवासी जनजाति, ५ सय रुपैयाँ पाउने बालबालिका तथा एकल महिला लगायतलाई दामासाही ३ हजार दिइनेछ । अतिरिक्त भत्ता वितरण हुने जिल््लामा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, सोलुखुम्बु, धादिङ, रामेछाप, ओखलढुंगा, खोटाङ, सिन्धुली, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर, लमजुङ, तनहुँ र चितवन छन । विभागले तयार पारेको तथ्यांकअनुसार यी जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ४ लाख ६७ हजार छ । ३ हजार रुपैयाँका दरले १ अर्ब ४० करोड रुपैयाँ तत्काल बाँड्न लागिएको छ । अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र युनिसेफका प्रतिनिधिबीच सहयोग रकम लिने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको थियो ।

,

1 comments

The Best Slots in Oklahoma | Oklahoma Casino Guide
It 있는 is one of the 파라오 바카라 most popular games around 여수 휴게텔 and has a reputation for being 승인 전화 없는 토토 꽁 머니 one of the best 먹튀사이트 casino games in Oklahoma. This means if you are new to the

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.