पढाइदिने र जागिर खुवाउने प्रलोभनमा यौन शोषण

पढाइदिने र जागिर लगाइदिने प्रलोभन पारेर युवतीमाथि बलात्कार गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

तनहुँका डम्बर बहादुर अधिकारीलाई लगनखेलबाट प्रहरीले पक्राउ गरेको हो । उनले एक १८ वर्षीया युवतीलाई १ वर्षअघि देखि नै यौन शोषण गर्दै आएको खुलेको हो ।  अधिकारी हालसालै वैदेशिक रोजगारबाट विदामा फर्किएका बेला पक्राउ परेका हुन् ।


वैदेशिक रोजगारमा जानुअघि नै अधिकारीले आफूमाथि यौन शोषण गर्दै आएको युवतीले प्रहरीसामु वयान दिएकी छिन् । पढाइदिने र जागिर लगाइदिने सर्तमा अधिकारीले युवतीलाई भाडाको कोठामा राखि यौन शोषण गर्दै आएको थिए ।

विदेशमा रहेका बेला अधिकारीले उनलाई पैसा र मोबाइल समेत पठाउने गरेका थिए । आफूले पढाइदिने सर्तमा युवतीलाई कोठामा राखेको र त्यसवापत उनले यौन शोषण गर्दै आएको अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।

ललितपुरका एसएसपी पिताम्बर अधिकारीले भने यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई बलात्कारको मुद्दा चलाउने तयारी गरेको छ । यस विषयमा भोलि आइतबार पत्रकार सम्मेलन गर्ने ललितपुर प्रहरीको तयारी छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.