निखिल उप्रेती भन्छन्–हाम्रै कारण चलचित्र क्षेत्र बदनाम भयो

काठमाडौं । फिल्मी करियरको लोभलाग्दो उचाइमा रहेकै बेला अभिनेत्री सञ्चिता लुइटेलसँग दोस्रो विवाहपछि उद्योगबाटै टाढिएका अभिनेता निखिल उप्रेती फेरि पुनर्आगमनको तयारीमा छन् । यसपटक उनी चलचित्र भैरव मार्फत दर्शक माझ पुनः देखापर्ने भएका छन् । पाँच वर्षभन्दा बढी समय हराएका निखिल यसपटक आउँदा नयाँ परिचय पनि सँगै लिएर आउँने भएका छन् । अर्थात उनको नयाँ फिल्म भैरवका उनी निर्माता र निर्देशक समेत हुन् । 


निर्देशक बन्ने वित्तिकै उनको सोच र बुझाइ समेत फेरिएको उनको पछिल्लो अभिव्यक्तिहरुले स्पष्ट पारेको छ । न्यूज २४ टेलिभिजनको ६ प्रश्नमा अन्तवार्ता दिने क्रममा उनले नेपाली चलचित्रकर्मीहरुको सानो सोंचका कारण सिंगो क्षेत्र नै साँघुरिएको बताए । सञ्चितासँग विवाह गरेर आफैं बदनाम भएका निखिलले चलचित्रकर्मीहरुको कारण नेपाली चलचित्र क्षेत्र बदनाम भैरहेको सम्म भन्न भ्याए । 
निर्देशक बन्नुको राज र आवश्यक दक्षता,योग्यता बारेको प्रश्नमा निखिलले नेपाली चलचित्र क्षेत्रमा आउँनु अघि नै आफू निर्देशकीय टिमको सदस्य रहेको बताए । तर भैरवमा आफू निर्देशक भए पनि असिस्टेन्टको भरमा चलचित्र सकाएको निखिलको स्वीकारोक्ति थियो । चलचित्र निर्माण भनेको टिमवर्कको क्षेत्र हो । फ्लोरमा जानु अघि नै पर्याप्त गृहकार्य र कामको बाँडफाँड सहित जाने भएकोले असिस्टेन्टको भरमा चलचित्र सिध्याउँन मलाई गाह्रो भएन । निखिल थप्छन्–तर सबै योजना र भिजन त मेरै थियो । 
भैरव देशभक्तिपूर्ण फिल्म हुने पनि उनको दाबी थियो । एउटा इमान्दार प्रहरी अधिकृतको कथामा बनेको भैरव वास्तविक कथा समेत भएको उनले बताए । साथै उनले भैरव पनि विदेशी चलचित्रहरुबाट प्रभावित नरहन भने नसकेको स्वीकारे । तर प्रभावित भए पनि हुबहु भने नचोरिएको निखिलले बताए । 
भैरवबाट कुनै शिक्षा नपाइने तर मनोरञ्जन भने पर्याप्त मात्रामा पाइने निखिलको भनाइ छ । फिल्मबाट शिक्षा खोज्ने शैली नै ठूटो आदर्श भएको उनको तर्क छ । स्कूलमा गएर सिनेमा हेर्ने अनि सिनेमा हलमा गएर शिक्षा खोज्ने प्रवृति ठूटो आदर्श भएको उनले प्रष्ट्याए । त्यस्ता ठूटे आदर्शवादीहरु भने भैरवबाट निराश हुनसक्ने निखिलले बताए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.