काठमाडौं । फिल्मी करियरको लोभलाग्दो उचाइमा रहेकै बेला अभिनेत्री सञ्चिता लुइटेलसँग दोस्रो विवाहपछि उद्योगबाटै टाढिएका अभिनेता निखिल उप्रेती फेरि पुनर्आगमनको तयारीमा छन् । यसपटक उनी चलचित्र भैरव मार्फत दर्शक माझ पुनः देखापर्ने भएका छन् । पाँच वर्षभन्दा बढी समय हराएका निखिल यसपटक आउँदा नयाँ परिचय पनि सँगै लिएर आउँने भएका छन् । अर्थात उनको नयाँ फिल्म भैरवका उनी निर्माता र निर्देशक समेत हुन् ।
निर्देशक बन्ने वित्तिकै उनको सोच र बुझाइ समेत फेरिएको उनको पछिल्लो अभिव्यक्तिहरुले स्पष्ट पारेको छ । न्यूज २४ टेलिभिजनको ६ प्रश्नमा अन्तवार्ता दिने क्रममा उनले नेपाली चलचित्रकर्मीहरुको सानो सोंचका कारण सिंगो क्षेत्र नै साँघुरिएको बताए । सञ्चितासँग विवाह गरेर आफैं बदनाम भएका निखिलले चलचित्रकर्मीहरुको कारण नेपाली चलचित्र क्षेत्र बदनाम भैरहेको सम्म भन्न भ्याए ।
निर्देशक बन्नुको राज र आवश्यक दक्षता,योग्यता बारेको प्रश्नमा निखिलले नेपाली चलचित्र क्षेत्रमा आउँनु अघि नै आफू निर्देशकीय टिमको सदस्य रहेको बताए । तर भैरवमा आफू निर्देशक भए पनि असिस्टेन्टको भरमा चलचित्र सकाएको निखिलको स्वीकारोक्ति थियो । चलचित्र निर्माण भनेको टिमवर्कको क्षेत्र हो । फ्लोरमा जानु अघि नै पर्याप्त गृहकार्य र कामको बाँडफाँड सहित जाने भएकोले असिस्टेन्टको भरमा चलचित्र सिध्याउँन मलाई गाह्रो भएन । निखिल थप्छन्–तर सबै योजना र भिजन त मेरै थियो ।
भैरव देशभक्तिपूर्ण फिल्म हुने पनि उनको दाबी थियो । एउटा इमान्दार प्रहरी अधिकृतको कथामा बनेको भैरव वास्तविक कथा समेत भएको उनले बताए । साथै उनले भैरव पनि विदेशी चलचित्रहरुबाट प्रभावित नरहन भने नसकेको स्वीकारे । तर प्रभावित भए पनि हुबहु भने नचोरिएको निखिलले बताए ।
भैरवबाट कुनै शिक्षा नपाइने तर मनोरञ्जन भने पर्याप्त मात्रामा पाइने निखिलको भनाइ छ । फिल्मबाट शिक्षा खोज्ने शैली नै ठूटो आदर्श भएको उनको तर्क छ । स्कूलमा गएर सिनेमा हेर्ने अनि सिनेमा हलमा गएर शिक्षा खोज्ने प्रवृति ठूटो आदर्श भएको उनले प्रष्ट्याए । त्यस्ता ठूटे आदर्शवादीहरु भने भैरवबाट निराश हुनसक्ने निखिलले बताए ।

बुधबार, फाल्गुण २७,
अहिलेसम्म नेपाल सरकारले कलाकारितामा लागेका कसैलाई पनि कुनै उपना दिएको छैन । राजेश हमाललाई सबैले ‘महानायक’को उपनामले बोलाउछन् । तर, उनलाई यो उपनाम सरकारले दिएको होईन प्राविधीक संघले दिएको हो । प्राविधीक संघले नै नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार’ नायिकाको उपाधि दिएको छ । नेपाली चलचित्रमा योगदान गर्ने कलाकारलाई चलचित्रकर्मी वा विभिन्न संघसंस्थाले उपनाम दिइरहेका छन् ।
लामो समयदेखि नेपाली सिने नगरिमा अभिनय गर्दै आएकी नायिका रेखा थापालाई भने कुनै संस्थाले कुनै उपनाम दिन भ्याएका छैनन् । तर, भारतका विभिन्न १० वटा शहरमा आयोजना भैरहेको ‘होली हंगामा’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी रेखा थापालाई छिन् आयोजकले ‘महानायिका’ भनेर प्रचार गरेको छ ।
रेखा थापाले आफ्नो फेसबुकमा अपलोड गरेका तस्बिरमा पनि उनलाई ‘महानायिका’ भनिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा पुगेकी रेखालाई आयोजकले ‘महानायिका’को उपाधी दिएको हो । के अब भारतबाट फकिर्एपछि रेखालाई चलचित्र क्षेत्रमा ‘महानायिका’ भनिएला ? त्यो भने भोलीको समयले बताउँने छ ।

काठमाडौं । चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिएका छन् । बुधबार दिउँसो करिब ४ बजेतिर उनी काठमाडौंको होटल हार्दिकमा मृत भेटिएका हुन् ।
होटल हार्दिकको कोठा नम्बर १०३ मा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । उनी मंगलबार दिउँसो नै होटलमा आएको स्रोतले जनाएको छ ।
बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । चितवन घर भएका खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’ को छायांकन हालै सकिएको थियो ।
यसअघि उनले चलचित्र भेटी र लफडा निर्माण गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नायक राजेश हमालको दिनचर्या फेरिएको छ । बिहेपछि उनले चलचित्रमा खासै समय दिएको पाइदैन । अर्कोतिर, उनको हातमा चलचित्रको संख्या पनि न्यून छ । हमालको यो व्यक्तीगत दिनचर्याले उनलाई फ्यान र मिडियाबाट केही पर राखिदिएको छ । सायद, यसैले होला उनले फेसुबक एकाउन्ट खोलेर फ्यानहरुसँग जोडिने काम गरेका छन् ।
मंगलबार नायक हमालले फेसुबकमा एक तस्बिर राखे । जसमा उनले यात्राका क्रममा एक सिंगापुरे यूवतीसँग चश्मा साटेको कुरा गर्दै थिए । उनले एक सिंगापुरे महिलाले आफूसँग चश्मा मागेर लगाएको र त्यसले आफूलाई खुशी बनाएको जनाएका छन् ।
हमालले, बनारसमा आफ्ना बुबा–आमाले बिहे गरेको समेत संझिएका छन् । आफ्नो पिताले अध्ययन गरेको ठाउँ पनि यही नै रहेको हमालले लेखेका छन् । पत्नी मधु भट्टराई विना नै हमालले रमाइलो गरेको देखिन्छ । हरेक स्थानमा पत्नी मधु भट्टराइलाई लिएर पुग्ने हमाल यसपटक भने एक्लै रमाइरहेका छन् ।

आफ्ना स्थायी दुश्मन कोही पनि नभएको भन्दै नायिका रेखा थापाले सबैसँग चलचित्र खेल्ने चाहना राखेको खबर प्रकाशन भएपछि यसले सिने माहोल तताएको छ । एकपछि अर्का नायकसँग दुश्मनी मोल्दै रेखाले सम्बन्ध बिगारेको घटना त कुनै नौलो होइन । चलचित्र ‘कसले चोर्यो मेरो मन’ पछि एकसाथ पर्दा शेयर नगरेका आर्यन र रेखा चलचित्र नगरीकै कट्टर दुश्मन मानिन्छन् । तर, रेखाको आज सोचाई बदलिएको छ । नायक निखिल उप्रेतीसँग चलचित्र खेल्ने तयारीमा लागेकी रेखा अब अहिलेका चल्तीका नायक आर्यन सिग्देलसँग पनि चलचित्र खेल्न तयार भएको बताइरहेकी छिन् । रेखाको यो चाहनाका बिषयमा नायक आर्यन सिग्देलले लामो प्रतिक्रिया दिन चाहेनन् । आर्यनले भने–‘मलाई यस्तो बिषयमा लामो प्रतिक्रिया दिनु नै छैन ।’ तर, उनले रेखासँग चलचित्र खेल्ने चाहना आफूलाई नभएको भने बताएका छन् । आर्यनले भने–‘मैले रेखाको बारेमा कहिले पनि मिडियामा केही बोलेको छैन । भोली कथावस्तुमा दुबै जना नभई नहुने बिषय आयो भने स्क्रिन शेयर गर्न सकिएला । तर, रेखासँग नै फिल्म खेल्ने चाहना भने ममा छैन । एकपछि अर्को चलचित्रको व्यापारिक सफलताले आर्यन आज उचाइमा पुगेका छन् । उनले थुप्रै नायिकासँग स्क्रिन साटिरहेका छन् । आर्यनले रेखालाई साथी बनाउने र चलचित्र खेल्ने कुरामा खासै चासो देखाएनन् । यस्ता बिषयमा धेरै बोल्नु भन्दा नबोल्नु नै ठिक हुन्छ भन्ने आर्यनको भनाई छ ।
hasomaza.blogspot.co.i
hasomaza.blogspot.co.i
नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा ।
कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।” सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पर्ूण्ा हुँदैन ।यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, “विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।”
रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्, ” अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छर्ुुने जीवनमा प्रेम गर्नुस् मज्जाले । सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन ।सेक्सका लागि प्रेम गर्नुहुँदैन ।सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।”sourcetajaakhabar
नायिका रेखा थापा जुन चलचित्रमा अभिनय गर्छिन त्यो चलचित्रमा नायकको भन्दा पनि बढि नायिका रेखा थापाकै चर्चा हुन्छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुमा पनि अरु कलाकारहरुको भन्दा नायिका रेखा थापाकै चर्चा बढि छ । अझ मंसिर १५ गते नायिका रेखा थापाका लागी चलचित्रको निर्माणपक्षले हेलिकप्टरनै भाडामा लिएर रेखालाई उढाएपछि भने अर्को चर्चा फेरी चुलिएको छ । तर नायिका रेखाले आफ्नो व्यक्तिगत प्रयोजनका लागी भने हेलिकप्टरमा उढेकी होइनन । चलचित्र तथास्तुको एक दृश्यका लागी नायिका रेखा थापा त्रिभुवन विमानस्थलबाट भक्तपुरको तेलकोट डाँडासम्म हेलिकप्टरमा उढेकी छिन् । एउटा चलचित्रको दृश्य खिच्न हेलिकप्टरनै भाडामा लिएर जानुको कारण भने चलचित्रको निर्माणपक्षले खुलाउन चाहेको छैन ।
चलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठका अनुसार चलचित्र हेरेपछि मात्र त्यसको महत्व बुझ्ने बताउछन् । तस्विरमा बुझ्न आए अनुसार रेखा तेलकोट डाँडामा हेलिकप्टर ल्याण्ड गरेपछि रेखाले नायक किशोर खतिवडालाई भेटेको देख्न सकिन्छ । निकै महंगो खर्चमा खिचिएको उक्त दृश्यले चलचित्र अझै राम्रो बन्ने निर्माणपक्षले दाबी गरेको छ । निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र तथास्तु नारीप्रधान कथा रहेको बताइएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तु सगँ गोविन्द शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाष एक साथ रिलिज हुदैं छ । चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु सविर श्रेष्ठले नै निर्माण गरेका हुन् । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् ।
यर्मा : भिक्टर, तिमीले हामी सानो हुँदा खेरी मेरो कम्मर समाएको संझन्छौ, के हुन्छ भनेर कसलाई के थाहा है ?
भिक्टर : सबै कुरा बदलिन्छ ।
यर्मा : अह ! कुनै कुरा बदलिदैन । पर्खाल पछाडिको लुकाएका कुराहरु केही पनि बदलिदैन, किनकी तिनीहरुलाई कसैले देखेकै हुँदैन ।
भिक्टर : सायद !
यर्मा : भोली फेरि तिनीहरु बाहिर निस्किएर चिच्चाउन थाले भने, तिनीहरुको चित्कारले संसार थर्कन्छ ।
उल्लेखित संवाद काठमाण्डौको थिएटर भिलेजमा शनिबारबाट सुरु भएको नाटक ‘यर्मा’को हो । संवादमा ‘यर्मा’ पात्रको भूमिका निर्वाहा गर्ने कलाकार नायिका नम्रता श्रेष्ठ हुन् । यस्तै, ‘भिक्टर’ पात्रको भूमिका कलाकार कमलमणी नेपालले निर्वाहा गरेका छन् ।
सन्तान जन्माउने चाहना बोक्ने एक महिलाको कथामा यो नाटक घुमेको छ । नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् । यो नाटक सोमबार बाहेक पौष ६ गतेसम्म चल्नेछ । नायिका नम्रता श्रेष्ठ मुख्य पात्रको रुपमा रहेको नाटकले नि:सन्तान महिला, उनको सन्तान चाहना र श्रीमानको व्यस्तताले पुर्ती हुन नसकेको उनको सन्तान मोहलाई दर्शाएको छ ।
यो नाटकलाई श्रृष्टी भट्टराइले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो । स्पेनका चर्चित नाटककार फ्रेडेरियो गार्सियो लोर्काले लेखेको नाटकलाई ८० बर्षपछि बिमल सुवेदीले नेपालको रंगमञ्चमा मञ्चन गरेका हुन् । स्पेनमा भेडा गोठालो गर्ने एक परिवारको कथालाई नाटकले प्रस्तुत गरेको छ । नाटकमा अभिनय गरेकी नम्रताको उपस्थित दर्शकले प्रशंसा गरेका छन् । नाटक एक घन्टा ३० मिनेट लामो छ ।

काठमाडौं । यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् । उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’ ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।
चलचित्र ‘किस्मत’को छायांकनदेखि सुरु भएको घुँडाको समस्याबाट छुटकारा पाउन नायक आर्यन सिग्देललाई अझै १ बर्ष लाग्ने भएको छ । शनिबार चिरायू अस्पतालमा आर्यनले घुँडाको लिगामेन्ट्सको अप्रेशन गरेका छन् । आजबाट बल्ल केही बोल्न सक्ने अवस्थामा रहेका आर्यनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘डेढ महिना पुरै वैशाखीको साहाराले हिड्नुपर्छ । घुँडा पुरानै अवस्थामा र्फकन १ बर्ष लाग्छ ।’
आर्यनले १ महिनापछि चलचित्र ‘होमवर्क’मा काम गर्नेछन् । यो चलचित्रमा बसेर संवाद बोल्नुपर्ने दृश्य धेरै भएकाले काम गर्न लागेको आर्यनले बताए । आर्यनलाई अन्य चलचित्रमा काम गर्न अझै ३ महिना लाग्नेछ ।
आर्यनले घुँडाको अप्रेशनसँगै फुटेका हड्डी समेत मिलाएको बताए । अप्रेशनको समयमा निक्कै गाह्रो भएको उनको भनाई छ । चलचित्र ‘आवेग’को छायांकनको समयमा एक्सनको दृश्य गर्दै गर्दा आर्यनको घुँडामा समस्या देखिएको थियो ।
आर्यनको हातमा यतिबेला दर्जन बढी चलचित्र छन् । आर्यनले अप्रेशन गरेपछि सबै चलचित्रको छायांकन मिति पर सर्ने देखिन्छ । उनको यो बर्ष मात्र अझै ५ वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । एजेन्सी
गत वर्ष अभिनेत्री रेखा थापाले चलचित्र ‘हिम्मतवाली’का निर्देशक श्याम भट्टराईलाई छायंकन सुरु भएको दोस्रो दिन नै निर्देशकबाट हटाएकी थिइन् ।
यस पछि यी दुई बीचको लामो वादविवाद एकले अर्कालाई गाली नगर्ने सर्तमा टुंग्यो । तर, रेखा थापासँग काम गर्न निर्देशक भट्टराई तयार छैनन् । रेखा थापाले अभिनय गरेको यस अघिका दुईओटा सिनेमालाई अब श्याम भट्टराईले ‘सिक्वेल’ (दोस्रो भाग) निर्देशन गर्दै छन् । तर, दुबै फिल्ममा रेखाको अभिनय भने रहने छैन ।
आइतबार राजधानीमा आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा निर्माता छविराज ओझाले चलचित्र ‘किस्मत–२’ को निर्माण गर्ने र निर्देशनमा श्याम हुने घोषणा गरे । तर रेखालाई भने नखेलाईने प्रस्ट पारे । रेखालाई उनै छविले फिल्म क्षेत्रमा ल्याएका थिइए । हिंजोको राजधानी दैनिकमा खबर छ । एजेन्सी
मंगलबार, मंसिर ९,
निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनको अवसर पारेर सबैलाई सरप्राइज दिने भन्दै बोलाएका थिए । यसले सबैलाई खुल्दुली त बनाएको थियो तर नायिका शिल्पा पोख्रेल जति डर अरुलाई लागेको थिएन किनकि केहि समय देखि उनको नाम छबि संग जोडिँदै आएको छ ।
छविराजले पनि शिल्पाले आफुलाई स्वीकार गरे आफुले नाइँ नभन्ने प्रतिक्रिया दिदै आएका थिए । यहि कारणले शिल्पा डराएकी हुन् ,कतै आफुलाई छविले प्रेम प्रस्ताव त राख्ने हैनन भनेर । तर, जब कार्यक्रममा छविले बिहेको नभई आफ्नो जन्मदिनको खुशी साट्न बोलाएको भन्ने थाहा भयो उनको मन ढुक्क भयो ।
शिल्पा केही खुशी देखिइन् । तर, जब कार्यक्रम संचालक नरेश भट्टराइले छवि ओझा हरेक कुरामा सफल भएपनि बिहेको मामालामा असफल भएको कुरा गर्न थाले, शिल्पाको आँखा भिज्यो । उनले छविको जीवनलाई केहि बुझेको जस्तो महशुश गरिन उनको त्यो अनुहारले पनि त्यहि संकेत गरेको थियो कि शिल्पाको मनमा पनि छबि प्रति केहि माया उब्जिएको छ ।
बाहिर जे जस्ता चर्चा भएपनि शिल्पा छविलाई प्रेम गर्छिन् भन्ने त प्रष्ट हुन्छ । छविको घरवार सम्हाल्ने मान्छेको खोजी भैरहदा शिल्पाको आँखामा देखिएका आशुले यस्तै प्रमाणित गर्छन् । तर उनले छविलाई माया गरेको जसरि साथ दिन सक्छिन कि सक्दिनन भन्ने कुरा त उनको हातमा छ । एजेन्सी
पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने ।
स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।
अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस फेस’का लागि कुरा गर्दै गर्दा रचना धेरै बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर नाम, दाम सबै कमाउने ईच्छा छ उनमा । तर, पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई एक निर्माताले गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।
रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त त्यस्तो केही भएन । तर, एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर गर्नुभयो । तर, उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र नै गर्दिन भनेर हिडेँ ।
चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आएको बताउने रचनाले हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस एउटै हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु सही छन् भन्ने मलाई लाग्छ ।’
चलचित्र खेल्नु भन्दा अगाडि उनले जे सोचेकी थिइन्, खेलेपछि पाइनन् । चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’ जस्तो नभएको उनको वुझाई छ ।
रचना आफूलाई सुहाउँदो भूमिका गर्न जहिले पनि तयार रहेको बताउँछिन् । अनलाइनखबरसँग उनले भनिन्–‘म यही नै भूमिका गर्छु भन्दिन । तर, ‘भल्गर’ नभएको सबै खालको फिल्म गर्छु ।
रचना आफूलाई अनमोल केसीसँग काम गर्न मन लागेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले धेरै कुरा वुझेको उनको भनाई छ । रचनामा आफूलाई दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ ।

एजेन्सी
काठमाडौ–कलेज ड्रेसमा फिल्म हेर्न गएका १३ बिद्यार्थीलाई नेपाली चलचित्रका नायक भुवन केसीले पक्राउ गराएको खुलासा भएको छ । केही दिनअघि गोपिकृष्णहलबाट ड्रेसमै १३ बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र जेरीलाई प्रचार गराउन भुवनले यस्तो चाल चलेको प्रहरीले बताएको छ । बिद्यार्थीहरुलाई छोरा अनमोल मार्फत फिल्म हेर्ने निम्ता दिएका केसीले पछि प्रहरीबाट पक्राउ गराएका थिए । उनले छोराको चलचित्रको प्रचार गराउन यस्तो शैली अपनाएको प्रहरीले ठहर गरेको छ । फिल्म राम्रो भएकोले पढाई छोडेर बिद्यार्थी हल पुगेको प्रचार गराउन उनले यस्तो हर्कत देखाएका हुन् । तर प्रहरी पक्राउ गरेका केही बिद्यार्थीहरु जेरी भन्दा पनि हिन्दी फिल्म हेर्न पुगेका थिए ।
आफु माफर्त छोराले निम्तो दिएका बिद्यार्थी हल पुग्न साथ नायक भुवनले गौशलाका प्रहरी प्रमुख डीएपी राकेश सिंहलाई फोन गरेका थिए । फिल्म सुरु हुनु भन्दा अगाडी नै प्रहरी पुगेर बिद्यार्थीलाई अपराधी जस्तै गरि प्रक्राउ गरिएको थियो । कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने निमय छैन । तर नायक केसीको आग्रहमा प्रहरीले बिद्यार्थीलाई अपराधी सरह पक्राउ गरि ट्रकमा राखेको छ । बिद्यार्थीलाई अपराधी सरह ब्यवहार गरेपछि अहिले प्रहरीको चौतफी बिरोप पनि भइरहेको छ ।
नायक भुवन केसीले बिद्यार्थी पक्राउदाँ प्रहरीलाई मात्र खवर गरेनन् टेलिभिजनका पत्रकार समेत बोलाएको रहस्य खुलेको छ । केही पत्रकारहरुलाई उनले पहिले नै हलमा पुरयाई सकेको थिए भने केही टेलिभिजन पत्रकारलाई बिद्यार्थी हलमा देखेपछि बोलाएका थिए । प्रहरीले पक्राउ गरेपछि पनि टेलिभिजनका क्यामरामेन र पत्रकार नपुगेसम्म त्यहाँबाट लिन उनले दिएका थिएनन् । बिद्यार्थीहरु पक्राउ परे लगतै ३ सय बिद्यार्थी पक्राउ परेको जानकारी टेलिभिजनहरुलाई नायक केसीले दिएका थिए ।
आफ्ना छोराले अभिनय गरेको फिल्मलाई प्रोपगान्डा बनाउन उनले प्रहरीलाई प्रयोग गरि बिद्यार्थीको चरित्रमाथी खेलवाड समेत गरेको चर्चा चलचित्र क्षेत्रमा अहिले चर्चित बनेको छ
http://onlinedainik.com/newspage.php?&nid=2496#.VGrtoZ9SbIU
काठमाडौं,कार्तिक ३०- बागमती सफाई अभियान सफल हुँदै जानुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव लिलामणि पौडेलले बताएका छन् । ‘डेलिगेसन टिममा नायिका सुमिना घिमिरे र नायक राजेश हमाललाई पनि देखें। उनीहरूलाई अघि लगाउन सके हजारौंफ्यान पनि पछि लाग्नेछन् भन्ने लाग्यो ।’
बागमती सफाइ महाअभियानको अनौपचारिक समीक्षा बैठकमा सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अभियान सुरुका दिन स्मरण गर्दै भने, ‘राजेशजीलाई डुंगामा सँगै राखेर नदीमा बोटिङ पनि गरें। उहाँ लड्नुभयो, रुझ्नु पनि भयो। त्यसपछि त आउँदै आउनु भएन। पछि उहाँ आफ्नो बिहेको निम्तो कार्ड लिएर आउनुभयो। मैले बागमतीमा सफाइ गर्न आउने भएमात्र आउँछु भनें, तर उहाँ आउनुभएन र म पनि बिहेमा गइनँ।’
बागमती सफा गर्ने हुटहुटी मनैदेखि भएको र दर्जनौं संघसंस्थाले कुरा गर्दा पनि सुरु गर्ने आँट नआइरहेको अवस्थामा चलचित्रमा अभिनय गर्ने कलाकारको साथ पाइने देखेपछि यसमा हात हालेको उनले सुनाए। उनले भने, ‘बागमतीबारे फिल्म बन्दैछ, अब पक्कै राजेशजी पनि आउनुहोला। उहाँसँगै अरू आउनुहोला र महाअभियान निरन्तर चल्नेछ।’
महाअभियान सुरु भएपछि कसरी सफल पार्ने भन्नेमै ध्यान केन्द्रित गरेको उनले बताए। उनले भने,’महाअभियानका घटना र सन्दर्भ लिने हो भने एउटा वेद नै बन्छ।’ महाअभियान ७९ औं सातामा चलिरहेका बेला यसले यूएन ह्याबिटेट २०१४ टाउनस्केप अवार्ड पाउने भएको छ। जापानको फुकुओकामा मंसीर ३ गते महाअभियानलाई ५० हजार डलर राशिको पुरस्कार प्रदान गर्न गरिनेछ ।
सफाई अभियान सफलताका साथ अघि बढ्नुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव पौडेलले बताए । उनका अनुसार सरसफाइका लागि आएको रकम लोभ नगरेको, व्यक्तिगत स्वार्थ र पदीय आकांक्षाको पछि नलागेको, कसैको बाटो हेरेर नथालेको तथा बागमतिभित्र आफैं पसेर काम गरेका कारण यो सफलता प्राप्त भएको खबर अन्नपूर्ण पोष्टले लेखेको छ ।
काठमाडौं, कात्तिक २७– मंसिर १९ गतेदेखि अल नेपाल रिलिज हुन लागको फिल्म ‘नाईके’ को टाईटल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा अभिनेता आर्यन सिग्देललाई ‘नाईके’ को रुपमा प्रस्तुत गरिएको छ । साथमा रेम बिक, बोधराज रेग्मी, विजयराज सेन्चुरीसँगै अन्य केहि कलाकारहरु पनि केमियो भुमिकामा देखिएका छन् ।
नेत्र गुरुङले निर्देशन गरेको फिल्म नाईकेको कोरियोग्राफर रोहन नेपाली हुन् । कोरियोग्राफिमा उनको डेब्यू हो । नाईके गीतको भिडियो सार्वजनिक भएसँगै कोरियोग्राफर नेपालीको चर्चा यतिबेला फिल्म उद्योगमा ह्वात्तै बढेको छ । आर्यनको करिअरमै पहिलोपटक फरक लुक्स र गेटअप रहेको यो फिल्ममा उनको भुमिकापनि भिन्न रहेको निर्माणपक्षले जनाएको छ ।
केहि दिन अगाडिको पत्रकार सम्मेलनमा आर्यनले फिल्मबाट निकै आश गरेको बताएका थिए । गीतसंगीतको चर्चासंगै धेरै दर्शकहरुले फिल्मलाई पर्खेर बसेका छन् । फिल्ममा आर्यनसंगै रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
फिल्ममा द्वन्दद्व निर्देशक सानुकुमार महर्जन हुन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन् ।
http://www.ratopati.com/2014/11/13/181992.html#sthash.Mm9mckWZ.jOr0WTCh.dpuf
प्रेम भनेको चाहेर हुने कुरा होइन । म तिमीलाई माया गर्छु भनेर हुने होइन, यो महसुस गर्ने चिज हो । मानिसहरू यसलाई माया गर्छु, उसलाई माया गर्छु भन्छन्, तर माया भन्ने कुरा देखाउन जरुरी छैन ।
जीवनमा प्रेम किन जरुरी छ ?
प्रेम गर्ने नै होइन, यो त आफसेआफ हुन्छ । जस्तो म मेरो कबु (छोरी कविता) लाई माया गर्छु । माया भन्ने कुरालाई रोक्नै सकिन्न, यो त भित्रैदेखि हुन्छ । जस्तो कि म कबुका लागि जे पनि छोड्न सक्छु । छोडेर आइसकेको अमेरिका उसैको लागि (कविता हाल अमेरिकामा छिन्) जाँदै छु ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
प्रेम यही उमेरमा गर्दा सही हुन्छ भन्ने कुरा मलाई थाहा छैन, तर यो सहज प्रक्रिया हो । उमेर पुगेपछि एउटा महिला र पुरुषबीच जुन प्रेम हुन्छ भनिन्छ, त्यो वास्तवमा प्रेमभन्दा पनि आकर्षण भएको हुन्छ । पछि गएर त्यो आकर्षण नै प्रेममा परिणत हुन्छ होला ।
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा यतिपटक प्रेम भयो भनेर ठम्याउन म सक्दिनँ । किनभने प्रेम गर्ने होइन, आफैं उत्पन्न हुने कुरा हो। आकर्षणलाई प्रेम भनेर नाम दिन मिल्दैन ।
रोमान्स भनेको के हो ?
रोमान्स भनेको पनि आकर्षण मात्र हो । कुनै पनि कुरामा राम्रो सोचेर रमाइलो महसुस गरिरहेको हुन्छ भने त्यो नै रोमान्स हो । हामी रोमान्स केवल केटा र केटीबीचमा हुन्छ भन्ठान्छौं, तर रोमान्स त म्युजिक, डान्स जेबाट पनि पाउन सकिन्छ। अपोजिट सेक्समा हुने रोमान्स अथवा आकर्षणले अलि बढी महत्त्व राख्ला अर्कै कुरा हो ।
रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ?
त्यो पनि थाहा छैन मलाई त । कसैलाई के चिजले रोमाञ्चित बनाउँछ भने कसैलाई के चिजले ? रोमान्स भनेकै कुनै कुरामा हुने उत्साह र रमाइलो हो । यो केबाट हुन्छ भन्ने कुरा मानिसमा भर पर्ने कुरा हो ।
रोमान्सको बाधक के हो ?
रोमान्सको बाधक त आफ्नै दिमाग हो । कुनै पनि काम कुरा गर्नका लागि तपाईं दिमागदेखि तयार हुनुुहुन्न भने त्यो नै बाधक बन्न पुग्छ । जे कुरामा मनैदेखि खुसी हुन सकिन्छ त्यसबाट मात्र रोमान्स हुन्छ । कसैलाई जबर्जस्ती रमाइलो गराएर त हुँदैन नि ।
रोमान्सबिनाको जीवन कस्तो होला ?
भनिरहनै पर्दैन निरस हुन्छ ।
सेक्सको परिभाषा कसरी गर्नुहुन्छ ?
सबैले भन्छन् सेक्स खानाजस्तो हो । मेरो लागि भन्नुहुन्छ भने सेक्स खानाजस्तो होइन । खाना नखाई त मान्छे बाँच्नै सक्दैन, मर्छ । सेक्स नभई त मरिँदैन नि । मेरा लागि सेक्स भनेको प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो । तर बेग्लैबेग्लै मान्छेको बेग्लै धारणा हुन सक्छ ।
बिहेअगाडिको सेक्सलाई के भन्नुहन्छ ?
हिन्दु कल्चरमा बिहेअगाडिको सेक्सलाई मान्यता दिइँदैन । आजकल म सोच्ने गर्छु त्यसको रिजन के रहेछ भने जबसम्म मानिस आफ्नै खुट्टामा उभिन सक्ने हुँदैन, बिहेअगाडिको सेक्समा इनसेक्योर फिल गर्छ । सायद सामाजिका विकृतिलाई बन्द गर्न पनि बिहेअगाडिको सेक्समाथि बन्देज लगाइएको हो। मानिस जबसम्म आफूलाई ह्यान्डल गर्न सक्षम हुन्न तबसम्म सेक्स गर्नुहुन्न । २० वर्षको उमेर पछाडिको मानिस हो भने उसको निजी जीवनको व्यक्तिगत कुरा हो । सेक्स रिलेसन उमेरको आवेगमा राख्नुभन्दा पनि आफ्नै खुट्टामा उभिन सक्ने भएपछि राख्नु उचित हुन्छ ।
दुईबीच मन मिले पनि बिहेअघिको सेक्स ठीक हुँदैन ?
मन मिले पनि इनडिपिडेन्ट नभई यो रिलेसन नराखेकै बेस हुन्छ । होइन उमेरले पनि मेचुएड भईसकेको छ र आत्मनिर्भर पनि छ भने अर्कै कुरा हो । अब कोही मानिस बिहे नै नगरी यत्तिकै बस्छु भन्ला रे, त्यस्तोमा सेक्स रिलेसन नै नराख्ने भन्ने कुरा पनि हुँदैन । उमेर पुगेपछि र आत्मनिर्भर भइसकेपछि त्यो उसको निजी जीवनको व्यक्तिगत निर्णयको कुरा हुन जान्छ ।
तपाईंको सेक्स अनुभव ?
यो नितान्त व्यक्तिगत कुरा हो, यो बारेमा कुरा गर्न चाहन्न ।
बिहेपछि सेक्स सस्तो लाग्छ रे नि ?
त्यो यस्तो हुन्छ, कुनै पनि कुरा जब एकदम धेरै पाउनुहुन्छ त्यति बेला कहिलेकाहीं यस्तो लाग्न पनि सक्छ । सँगै भएपछि सबै कुरा सेयर हुन्छ । बिहेअगाडि जुन अपेलिङ हुन्छ, त्यो बिहेपछि जिम्मेवारीले थिच्न सक्छ । तर त्यसलाई मायाले बाँधिराख्छ जस्तो लाग्छ ।
कस्तो सेक्स असुरक्षित हुन्छ ?
जब एकअर्काप्रतिको विश्वास सकिन्छ, विश्वासको कमी हुन्छ, त्यहाँनिर सेक्स रिलेसन इन्ड गरेको राम्रो हुन्छ । त्यो अवस्थामा सेक्स रिलेसनलाई रबर तन्काएजस्तो तन्काई राख्नुको कुनै अर्थ रहँदैन ।
फिल्ममा सेक्स जरुरी छ ?
फिल्ममा सेक्स जरुरी छ कि छैन भन्दा पनि यसलाई कसरी देखाउने भन्ने कुरा महत्त्वपूर्ण र जरुरी हुन्छ । एकअर्काप्रतिको मायामोहलाई कसरी पर्दामा देखाउने भन्ने कुराले निर्भर गर्दछ । कि त सेक्सकै बारेमा बनेको फिल्म हुनुपर्यो । वसन्ती र गगनसिंहको पनि सेक्सकै कथा हो नि । तर त्यसैमा अहिलेकाले फिल्म बनाए भने कस्तो बनाउलान् ? म त सोच्न पनि सक्दिनँ । किनभने अहिलेको फिल्ममा जस्तो सेक्स देखाइयो भने त्यसले दर्शकलाई आकर्षित होइन, विकर्षित गरिदिन्छ । हाम्रो समाजमा केही कुरा लुकाएकै राम्रो हुन्छ जस्तो लाग्छ ।
परिवार नियोजन कत्तिको आवश्यक छ ?
आवश्यक छ । परिवार नियोजनका साधन बनेकै त्यसकै लागि हो । यी साधन सुरक्षा र स्वास्थ्यका लागि बनाइएको हो । हाम्रो जस्तो समाजमा त परिवार नियोजन झनै जरुरी छ । किनभने हामीकहाँ शहर मात्र होइन, गाउँ पनि छन् ।
प्राकृतिक परिवार नियोजन उपयुक्त कि कृत्रिम ?
खै यो बारेमा त मैले सोचेको छैन । किनभने मेरो लाइफमा मैले कहिले पनि यसको बारेमा सोच्नुपर्ने जरुरी नै भएन ।
पहिलो सन्तानपछि दोस्रो सन्तानको अन्तर कति हुनु ठीक हुन्छ ?
नर्मल डेलिभरी भयो भने दुईदेखि ३ वर्षको अन्तर ठीक हुन्छजस्तो लाग्छ । बच्चा हुर्काउनका लागि पनि यत्तिको अन्तर भएको राम्रो हुन्छ । तर यसमा मेरो अनुभव छैन । मेरो एउटा सन्तान भयो सकियो । मैले जीवनमा जे पाएँ, त्यहीमा हात थापें । त्यो बेलामा काममा बिजी पनि भएँ, त्यसैले अर्को सन्तानका बारेमा कहिल्यै सोच आएन । अहिले त झन् सोचाइ पनि आउँदैन । किनभने जिन्दगी धेरै टढा पुगिसक्यो ।
चर्चित लोकगायिका कोमल ओली कुन कुन क्षेत्रमा काम गरिन भनेर खोज्नु भन्दा पनि कुन क्षेत्रमा गरिनन भन्नुपर्ने अवस्था आएको छ ।
कुनै बेला राष्ट्रिय खेलकुद र राष्ट्रिय लोकदोहरी गायनमा अब्बल सावित हुदै नेसनल फिगर एकी कोम पछि रेडियो नेपालमा समाचारवाचिकाको परिचय बनाइन ।
अहिले कोमल ओली भने आफ्नो चर्चित गीत पोइलजाम पामलाई नै शीर्षक बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने जर्मको गर्दैछिन भन्ने हल्ला चलेको छ ।
नारीप्रधान विषय समेटिने चलचित्र पोइल जान पामको कथा पनि ओलीकै हुने बताइएको छ ।
आफूद्धारा अभिनीत दोस्रो चलचित्र दबदबा प्रदर्शनको तयारीमा रहकै बेला कोमलले चलचित्र पोइला जान पाम निर्माण गर्ने कुरा सार्वजनिक भएको हो खबर आजको कान्तिपुर साप्ताहिक ले छापेको छ ।
http://www.nepaliheadlines.com/2014-11-14-01-51-29.html#sthash.gCD2kmBj.dpuf
काठमाडौं, कार्तिक २७ । उमेरले भख्खर टिनएज क्रस गरेकी गायिका मेलिना राई आजभोलि मायालुको मायांमा हराई रहेकी छिन् । बैशालु उमेरमा रहेकी राईलाई उनको प्रेमिले माया गर्छु भनेपछि उनी त्यसमै हराईरहेकी छिन् ।
प्रेमिलाई सम्झेर निदाउनु अघी उनलाई खुल्दुली मात्रै होइन निदाएपछि काउकुती लागेको समेत थाहा हुन्छ रे । त्यसैले उनि भन्छिन् ः मेरो जीन्दगीमा बहार नै छाएको छ ।
“हो यो सत्य हो” मेलिनाले भनिन्, “तर मेरो गीतका शब्दहरुमा मात्र । बहार नामक मेरो गीति एल्बमको टाईटल स¨ले यस्तै यस्तै भन्छ ।” डक्टर किरातको सोलो संगीत रहेको एल्बममा ६ ओटा गीत छन् ।
लव बुढाथोकी, जय किराति, भुपाल राई र गीता त्रीपाठीको शब्द रहेको छ । आधुनिक र सेन्टिमेण्टल दुबै किसिमका गीत समावेश एल्बमलाई नयाँमार्गी संगीत एकेडेमी एण्ड प्रोडक्सन प्रा.लि.ले बजारमा ल्याएको हो ।
एल्बम बजारमा ल्याउन करिब चार लाख खर्च लागेको बताउने राईले मायाँ मलाई धेरै बोलको गीतको म्युजिक भिडियो बनाईसक्नु भएको छ भने अन्य गीतको पनि म्युजिक भिडियो बनाउदै हुनुहुन्छ ।
“गीत अब सुन्ने मात्रै जमाना रहेन, हेर्ने पनि कुरा भयो ।” उनले भनिन्, तर, “लगानी उठाउन भने निकै गाह्रो छ । एल्बम बिक्नै छाड्यो । सिआरबिटी पिआरबिटीको पनि जमाना सकिए जस्तो छ । अब युटुव मात्र हो । त्यसबाट केही रिटन आयो भने मात्रै हो । हैन भने त स्टेज नै गायक गायिकाको आम्दानीको मुख्य स्रोत हो ।”
नेपाली संगीत उद्योगमा गला मात्र भएर नपुग्ने अनुभव संगालेकी राईसंग संचार माद्यमसम्म पुग्न पैसा र लिंक पनि चाहिने गरेको गुनासो छ । गीत संगीतको कोटरी भित्र नपर्ने अनाबश्यक गीतलाई पनि संचारमाद्यमले ठाउ दिइरहेकोमा उनको असन्तुष्टि छ । ५० भन्दा धेरै गीत रेकर्ड गराईसकेकी राईको बहार पहिलो सोलो एल्बम हो ।
http://imagekhabar.com/samachar/detail/42987/33/.shtml#sthash.hx66TBzT.xxO0zVwu.dpuf
नायिका केकी अधिकारी ठूलो पर्दामा प्रवेश गरेको ४ बर्ष भयो । म्यूजिक भिडियोमा जमेकी केकीले ‘स्वर’बाट ठूलो पर्दा डेब्यू गरेकी हुन् । छोटो समयमा नै आशालाग्दी नायिकाको रुपमा पहिचान बनाएकी केकी नेपाली कालाकारलाई स्टार बन्न परिस्थीतिले नदिएको बताउँछिन् ।
यसपटक अनलाइनखबरसँगको केकीले आफ्नो जीवन, संर्घष, प्रेम र नेपाली फिल्म उद्योगका बिषयमा खुलेर कुरा गरिन-
४ बर्षको अन्तरलामा मैले सधै उत्कृष्ट काम देखाउँ भनेर कोसिस गरेँ । तर, यहाँ काम गरौं भन्ने वातावरण नै बन्न सकेको छैन । यहाँ ईमान्दार मानिसको कमी छ जस्तो लाग्यो। आफूले इमान्दारिताका साथ काम गर्दा पनि सोँचे अनुसारको वातावरण बन्न नसक्दा काम गर्न गाह्रो भइरहेको छ ।
यो क्षेत्रमा हामी नायिकाहरु विच नै अस्वस्थ प्रतिस्पर्धा छ । नकारात्मक कुराले हामी सबैलाई नै असर गर्छ । मानिसहरु एउटाले गल्ती गर्दा अरुलाई पनि त्यही नजरले नै हेर्छन् । जसका कारण राम्रो गरौं भनेर आएकाहरुलाई पनि दाग लाग्छ । दर्शकको दिमागमा नकारात्मक कुरा चाडो प्रवेश गर्ने भएकाले पनि यस बिषयमा मिडियाले अलिक संबेदनशीलता अपनाए हुने थियो ।
हामी संघर्षरत कलाकार
हामी यो देशका संघर्षरत कलाकार हौं । विदेशी सिनेमाको ठाउँमा हाम्रो पनि हेरिदिनुहोस् भनेर अनुरोध गर्नुपर्ने अबस्था छ । यो बिडम्बना हो । हामीले हाम्रो सेलिब्रेटीहुड गुमाएका छैनौं । तर, हामीलाई स्टार बन्न देशको परिस्थिती र राजनीतिले सधै रोकिराखेको छ । अहिले स्टार भनेको रेखा थापा मात्रै हो । उहाँलाई पनि स्टार बन्न १५ बर्ष समय त लाग्यो नि । हामी अहिले संघर्ष गरेर बाचिरहेका छौं ।
मलाई जहिले पनि चुनौतीले डर दिन्छ । दर्शकले मबाट आशा गरेअनुसार दिन सक्दिन कि भन्ने डर लागिरहन्छ । म राम्रो कलाकार बन्न सकुँ भन्ने भावनाले नै काम गरिरहेकी छु, तर आशा र अपेक्षाले सधै मलाई कमजोर बनाउँछ ।
निर्माताको अनुहारमा मुस्कान नै सफलता
सिनेमा सफल हुनका लागि बक्स अफिसमा कलेक्सन हुनुपर्छ । हजारौंले हेरेको चलचित्र नराम्रो हुँदैन । तर, कहिलेकाँही हामीले राम्रो गर्न खोज्दा खोज्दै पनि चलचित्र असफल हुन्छन् । तर, म व्यापार पनि चाहन्छु । किनकी, निर्माताको मुहारमा मुस्कान नै हाम्रो सफलताको आधार हो । असफलता आफैमा दिक्कलाग्दो शब्द हो । मिडियामा केकी असफल नायिका भन्दा साह्रै रुन मन लाग्छ । म पहिलेदेखि नै नकारात्मक कुरा सुन्न नसक्ने केटी हुँ । तर, असफलता स्विकार गर्न सक्नु नै सफलता हो भन्ने सिक्दै छु ।
हो, हाम्रो वाध्यता छ कि, एउटै मात्र सिनेमा गरेर एक बर्ष बिताउन सकिदैन । हामीलाई पनि आर्थिक अवस्थाले जेल्छ । तर, मैले निर्मातालाई धोका दिएकी छैन । अफर आउनासाथ जस्तोसुकै फिल्मलाई ओके भन्दिन् । फिल्म खेल्ने समयमा भिडियालाई पनि समय दिन्न । एउटा फिल्म हलमा नलाग्दासम्म मेरो काम सकिदैन भन्ने वुझेकी छु ।
रोमान्टिक दृश्यमा खुल्न सक्दिन
म रोमान्टिक चलचित्रमा भित्रैबाट खुल्न सक्दिन । सायद, सानै उमेरबाट चलचित्रमा लागेर मैले रोमान्टिक पलहरु गुमाएकी छु । मसँग रोमान्टिक क्षणका लागि समय निकाल्ने फुर्सद नै भएन । जीवनमा कहिलेकाहीँ यस्ता कुराको अभाव महशुश गर्छु म ।
म व्यक्तिगत र व्यवसायिक कामलाई अलग राख्न चाहन्छु । मेरो फ्यानहरु मेरो कामकै कुरा बढि जान्न चाहनुहुन्छ । प्रेममा नै नपर्ने मानिस कोही पनि छ जस्तो मलाई लाग्दैन । त्यसैले प्रेमको कुरा सार्वजनिक गर्न चाहान्न ।
मेरो बुबा-आमाले जे सोच बोकेर मलाई हुर्काउनुभयो, यसलाई मैले बचाउनुपर्छ । मेरो परिवारलाई नकारात्मक असर पर्ने कुरा जीवनमा नआओस् भन्ने चाहना मेरो सधै हुन्छ । म नरम मुटु भएकी केटी हुँ ।
आँसु लुकाउन फिल्म हेर्छु
सानो-सानो कुराले पनि मलाई ईमोशनल बनाउँछ । मैले सोचेका कुरा भन्दा विपरित हुने वित्तिकै मलाई रुन मन लाग्छ । कामको बिषयमा कसैले नकारात्मक कुरा गर्दा पनि मेरा आँखाबाट आशु र्झछ तर, आँसु आमा-बुबालाई देखाउन चाहन्न । यसैले, कुनै कुरामा रुनु पर्यो भने रुवाउने खालका फिल्म हेर्छु । यसो गर्दा आमाले चलचित्र हेर्दा छोरी रोइ भन्ने ठान्नुहुन्छ । तर, म वास्तविक जीवन सम्झेरै रोइरहेकी हुन्छु ।
जानी-जानी कसैले देखाउँदैन
महिलाहरुका लागि पहिरनमा विविधता छ । यसैले पनि उनीहरु पहिरन परिवर्तन गरिरहन्छन् । जसले गर्दा पनि उनीहरु यस्तो समस्यामा पर्छन । भित्री बस्त्र जानी-जानी कसैले देखाउँछ जस्तो लाग्दैन । फेरि, खिच्ने मानिसको ध्येय के हो भन्ने पनि मुख्य हो । सस्तो प्रचार सायद कसैले चाहन्छ भन्ने मलाई लाग्दैन । तर, कसैले यस्तो कुरामा पनि प्रचार खोज्छन् भने मेरो केही भन्नु छैन । पहिरन लगाएर कुन मुभमेन्टमा तस्बिर खिचियो भन्ने कुरा पनि मुख्य हो ।

ब्रान्ड भ्यालु बनाउन सकेनौ
हामीले हाम्रो ब्रान्ड भ्यालु नै बनाउन सकेनौ । हामीलाई गरिने हरेक ठाउँका सम्झौता एकदमै कमजोर हुन्छन् । हामीले समाजमा प्रभाव पार्न नै सकेका छैनौं । जबसम्म देश नै विकासको गतीमा जाँदैन, तबसम्म हामी कलाकारले पनि यस्तो समस्या झेल्नु पर्छ । हाम्रो बजारमा विश्वव्यापी हुन सकेको छैन । जसका कारण, सिमित क्षेत्रमा खुम्चिएका हामी कलाकारबाट देशले, अनि जनताले पनि ठूलो अपेक्षा गर्न सक्दैन ।
- See more at: http://www.onlinekhabar.com