तपाईं लाई हर्टअट्याक हुँदैछ भन्ने कसरि थाहा हुन्छ ? हर्टअट्याकका १० कारणहरु
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने ।
यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।
- हर्टअट्याकका १० कारण-:
धुम्रपान वा सूर्ति सेवन
उच्च कोलेस्टेरोल
मधुमेह
उच्च रक्तचाप
अत्याधिक मदिरा सेवन
शारीरिक गतिबिधिमा कमी
मोटोपना
वंशाणुगत
मानसिक तनाव
बढी नुनीलो, चिल्लो र गुलियो खानु
setoparewa.com
0 comments
Write Down Your Responses