सलमानको 'बजरंगी भाईजान' हेरेर अमिर खान रोए

अमिर खान सलमान खानले 'बजरंगी भाईजान'मा गरेको अभिनय देखेर भावुक भएका छन्।
शनिबार राति आफ्ना केही साथीसहित छोरी इरा र भाई फैजलसँग फिल्म हेर्न लाइट बक्स थिएटर पुगेका थिए। फिल्म हेरेपछि सलमान खानको अभिनय देखेर उनी भावुक मात्र होइन रोएका पनि थिए।
फिल्म सकिएपछि उनलाई बाहिर निस्किएको बेला आँसु पुछिरहेको तस्विर भारतीय मिडियामा आएको छ। यसअघि नै उनले 'बजरंगी भाईजान' को तारिफ गर्दै ट्विटमा यो फिल्मलाई सलमान खानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताएका थिए।
यसैबीच अमिरले आफ्ना शुभचिन्तकलाई 'बजरंगी भाईजान' एकपटक हेर्न आग्रहसमेत गरेका छन्। अमिरले ट्विटमा फिल्म निर्देशक, फिल्मको कथाबस्तुकोसमेत तारिफ गरेका छन्।
उनले फिल्ममा अभियन गरेकी बाल कलाकार शाहिदा उर्फ मुन्नी उर्फ हर्षालीको पनि तारिफ गरेका छन्।
शुक्रबार रिलिज भएको फिल्म बजरंगी भाईजानले ६३ दशवमल ७५ करोडको कमाइ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.