यस्तो छ एमाले अध्यक्ष केपी शर्मा ओलीको अपिल

साथीभाइसँग मान्छे झुन्डाएको हेर्न गइन्थ्यो,’ १९९१ देखि रियादमै कार्यरत मिश्रले भने, ‘पछि पछि उमेर ढल्किँदै गएपछि आँट जुटाउन सकिनँ। त्यता जान मन पनि लागेन।’

धिराको अगाडि ठूलो मस्जिद छ। खुला चौर छ। वरिपरि बस्न सिटहरू राखिएका छन्। त्यही नजिक साउदीको परम्परागत अवस्था चित्रण गर्ने ठूलो संग्रहालय पनि छ। पछाडिपट्टि बजार छ। प्रहरी, मुतुवा (धार्मिक प्रहरी) जतिखेर घुमिरहेकै हुन्छन्। ‘यो हप्ता कसलाई मृत्युदण्ड दिइँदैछ भन्ने सूचना सार्वजनिक गरिएको हुन्छ,’ साउदीमा सबैबाट ‘बा’ को उपनाम पाएका मिश्रले भने, ‘प्राय: सलाह (प्रार्थना) गरिसकेपछि सजाय दिइन्छ। त्यस्ता व्यक्तिलाई नमाज पढाएर चौरमा ल्याइन्छ। मुतुवाबाट फेरि सबैको सामुन्ने कुरान पढाइन्छ। न्यायाधीश तोकिएको समयमा आइपुग्छ। त्यसपछि बाहिरबाट दुई/चारजनालाई सैतान भन्दै ढुंगा हान्न लगाइन्छ। कालो गाडीमा हालेर ल्याइएका ‘मान्छे मार्ने व्यक्ति’ बाहिर निस्कछन्। तिनले तरबार निकालेर टाउको र शरीर विच्छेद गरिदिन्छन्। गाडीमा हालेर लैजान्छन्।’

सजाय कार्यान्वयन गर्ने व्यक्तिहरूलाई राज्यले विशेष सुविधा दिएर राखेको हुन्छ। तिनीहरूका नेता मोहम्मद साद अल बेसीले १९९८ मा गरेको पहिलो अनुभव सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै भनेका थिए,‘अपराधीको आँखामा कसिलो बनाएर कालोपट्टी बाँधिएको थियो। मैले उसको शिर छेदन गरिदिएँ। मानिसहरू अचम्म मानेर हेरिरहेका थिएँ। त्यसअघि मैले उसको परिवारलाई भेटेर माफी मागेको थिएँ।’

साउदी बढी मृत्युदण्ड दिने देशमध्ये पर्छ। ‘पछिल्लो ६ महिनाभित्र मात्रै १ सय २ जनालाई मृत्युदण्ड दिइसकेको छ,’ मानवअधिकारवबादी संस्था एमनेस्टीको प्रतिवेदन छ, ‘अघिल्लो वर्ष ९० जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा आप्रवासी कामदार ३७ जना थिए।’

एमनेस्टीका अनुसार सन् १९८५ देखि २०१४ बीचमा २ हजार १ सय ७ जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा १ हजार २८ विदेशी कामदार थिए। २१ साउन २०७१ मा तनहुँकी शोभा परियारलाई पनि शिर छेदन गरी मृत्युदण्ड दिइएको थियो। घरेलु कामदारका रूपमा साउदी आएकी परियारले मालिक्नीको यातनाको रिसमा दुईवर्षे बच्चाको हत्या गरिन्। पीडित साउदी परिवारलाई दिया रकम (ब्लडमनी) स्वीकार गरी माफी दिलाउन नेपाली दूतावासले गरेको प्रयास सफल भएन।

सरिया कानुनले जघन्य अपराध मानेको मुद्दाहरूमा मुत्युदण्डको सजाय तोकिन्छ। हत्या, बलात्कार, झुठा भविष्यवाणी, निन्दा, सशस्त्र डकैती, बारम्बार लागूऔषध सेवन, धर्मत्याग, व्यभिचार, जादू–टुनामुना गर्ने/सिकाउनेलाई मुत्युदण्ड दिइन्छ। धेरैजसो मुद्दामा शिर छेदन गरिएको छ। त्यसपछि ढुङ्गा प्रहार गरेर, आगो लगाएर, विद्युतीय झड्का दिएर मृत्युदण्ड दिइएका छन्।


अदालतले मृत्युदण्ड सुनाए जति सबैको कार्यान्वयन हुँदैन। साउदी न्यायपालिकाका अनुसार हुदुद (कारान सजाय) धर्मत्याग, व्यभिचार, गुद मैथुन (समालिङ्गी) का मुद्दा भने कार्यान्वयन हुन्छन्।

‘क्वाइस’ अर्थात ‘आँखाका लागि आँखा’ भन्ने कानुनमा पीडित परिवारलाई निर्णय गर्न दिइएको छ। पीडकले दिएको दिया रकम (ब्लडमनी) पीडित पक्षले स्विकारे पीडकले माफी पाउने व्यवस्था छ। जस्तो पाकिस्तानी नागरिक हत्यामा धनुषाका उमेश यादवलाई मृत्युदण्ड सुनाइए पनि पीडित पक्षसँग छलफल चलिरहेकाले रोकिएको छ। १४ वर्षदेखि साउदी नागरिक हत्या मुद्दामा मृत्युदण्डकै सजाय सुनाइएका पर्वत, केङु–९ का शान्तबहादुर पुन पीडित परिवारको कान्छो छोरोको निर्णय पर्खेर बसेका छन्। गत २३ असारमा पीडित परिवारले ११ लाख रुपैयाँ ब्लडमनी लिएपछि मृत्युदण्डबाट आममाफी दिएर उत्तम कुँवरलाई अदालतले नेपाल पठाइदिन आदेश दिइसकेको छ।

अधिकारबादीहरूले गरिब देशबाट काम गर्न आउने विदेशी कामदारलाई मृत्युदण्ड दिइन नहुने ‘लबिइङ’ गरिरहेका छन्। गत जुनमा राष्ट्रसंघको महासभामा एमनेस्टी इन्टरनेसनले यसबारे आवाज उठाएको थियो।

विदेशीको हकमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्ने उसको भनाइ छ। मृत्युदण्डको सजाय दिँदा धेरै पक्षबाट नहेरिने र त्यसमा निष्पक्षता नहुने उसले जनाएको छ। विदेशी कामदारका सम्बन्धित देशको ‘कन्सुलर सेवा’ प्रति समेत प्रश्न उठाउने गरिएको छ। ‘हरेक हप्ताजसो मृत्युदण्डको सजाय सुनिरहेका छौं,’ मिश्रले हिँड्ने बेला भने, ‘समाचार सुन्दा सुन्दा सामान्यजस्तै लाग्न थालिसकेको छ। रमजानको समय भएर तपाईंले देख्न पाउनुभएन।’

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.