सेक्सको अनुभव कस्तो हुन्छ होला ? सुरविना कार्की

नायिका सुरबिना कार्की यतिबेला भारतको सिलिगुढीमा छिन । चलचित्र ‘झेली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी यी हट नायिकाको अर्को फिल्म ‘नाइके’ रिलिजको तयारीमा छ । तर नाइकेको प्रचारप्रसारमा सुरबिनाले समय दिएकी छैनन ।
खासमा उनी एक हिन्दी प्रोजेक्टमा सिलिगुढीमा ब्यस्त हुनु परेकाले नाइके प्रचारमा समय दिन नपाएकी हुन । हाल हिन्दी फिल्म ‘माई टियर्स’मा उनी बलिउड टीमसँग काम गरिरहेकी छिन ।
एक अनलाईन पोर्टलसँग कुरा गर्दै सुरबिनाले आफु अबको १० दिनमा नै नेपाल फर्कने र ‘नाइके’ प्रोमोशनमा लाग्ने बताइन । कुराकानीकै क्रममा उनले केहि आन्तरिक कुराहरुसमेत खुलाएकी छिन । उनले आफ्नो आँखा र लिप्स आफैलाई सेक्सी लाग्ने बताइन । त्यस्तै उनले आफु हालसम्म कसैको प्रेममा नरहेको पनि बताइन ।
एक फरक प्रसंगमा उनले साथीहरुसँग सेक्सको बारेमा खुलेर कुरा गर्ने गरेको तर सेक्सको अनुभव चाँहि नभएको बताइन । उनी आफुलाई मानसिक र शारिरिक रुपमै सेक्सको लागी कलिलो रहेको बताउछिन । बिहेको प्रसंगमा भने उनले भर्खर २१ बर्षकी भएको र बिहेको बारेमा सोच्ने बेला नै नभएको बताइन ।
नेपालीपाटी डटकममा प्रकाशित अन्तरवार्ताको अधारमा ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.