राजधानीमा वेश्याबृत्ति चरम उत्कर्षमा : बेलुका ६ बजेपछि वेश्याबृत्ति सुरु

काठमाडौं– केही वर्ष अगाडि देखि राजधानीमा वेश्याबृत्ति बढ्दै गएको छ । राजधानीको केही ठाउँमध्ये न्यूरोडको भूगोल पार्क, सुनधारा, रत्नपार्क, मैतीदेवी मन्दिर पछाडि, रातोपुल पछाडि, जडिबुटी, सिनामंगल  लगायतका ठाउँहरुमा दिनदहाडै बेश्याबृत्ति भइरहेको छ ।

कतिपय ठाउँहरुमा पार्क भित्रै बेलुका ६ बजेपछि वेश्याबृत्ति सुरु हुने गरेको छ भने कतिपय ठाउँहरुमा फ्ल्याट भाडा लिएर वेश्याबृत्ति हुने गरेको रहस्य खुलेको छ । तर प्रहरी मौन देखिएको छ । वेश्याबृत्ति खुलेआम भएपछि प्रहरीले देखे पनि नदेखे जस्तो गरेर हिड्दै गरेको एक पीडितले बताएका छन् । भूगोल पार्कभित्र बेलुका ६ बजेदेखि राती १० बजेसम्म खुलेआम रुपमा १२ देखि २५ वर्षका युवतीहरु वेश्या बृत्ति गर्दै आएको रहस्य भूगोल पार्कका एक व्यापारीले बताएका छन् । त्यस्तै राजधानीको मैतीदेवि मन्दिर र रातोपुल पछाडि केही महिलाहरुले फ्ल्याट भाडामा लिएर वेश्या बृत्ति गर्दै आएको जानकारी एक पीडित पुरुषले बताएका छन् ।

राजधानीमा खुलेआमा वेश्याबृत्ति हुने ठाउँहरु मैतीदेवी, रातोपुल, जुडिबुटी, सुनधारा, भूगोल पार्क, सिनामंगल, ग्वंगबु, सामाखुसी, ठमेल, नयाँ बस पार्क र पुरानो बस पार्क लगायतका एरियाहरुमा दिनदहाडै वेश्याबृत्ति हुने गरेको रहस्य खुलेको छ । बाटोमा हिडिरहेको पुरुषहरुलाई वेश्या वृत्ति गर्ने महिलाहरुले रु ५ सय देखि ५ हजारसम्म लिने गरेको एक पीडित पुरुषले बताएका छन् । राजधानीमा खुलेआम वेश्याबृत्ति भएपनि प्रहरी मुक दर्शक बनेका छन् ।

वेश्याबृत्तिलाई बढाउन क्याबिन, डान्स, डिस्को लगायतमा काम गर्ने महिलाहरु बढि रुपमा देखिएका छन् । क्याबिन, डान्स र डिस्कोका डनहरुको संरक्षणमा राजधानीमा वेश्याबृत्ति बढ्दै गएको एक पीडित व्यक्तिले बताएका छन् । राज्य व्यवस्था कमजोरका कारण राजधानीमा यस्तो धन्दा फस्टाएको छ ।


http://www.onlinedainik.com/index.php

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.