साथीभाइसँग मान्छे झुन्डाएको हेर्न गइन्थ्यो,’ १९९१ देखि रियादमै कार्यरत मिश्रले भने, ‘पछि पछि उमेर ढल्किँदै गएपछि आँट जुटाउन सकिनँ। त्यता जान मन पनि लागेन।’
धिराको अगाडि ठूलो मस्जिद छ। खुला चौर छ। वरिपरि बस्न सिटहरू राखिएका छन्। त्यही नजिक साउदीको परम्परागत अवस्था चित्रण गर्ने ठूलो संग्रहालय पनि छ। पछाडिपट्टि बजार छ। प्रहरी, मुतुवा (धार्मिक प्रहरी) जतिखेर घुमिरहेकै हुन्छन्। ‘यो हप्ता कसलाई मृत्युदण्ड दिइँदैछ भन्ने सूचना सार्वजनिक गरिएको हुन्छ,’ साउदीमा सबैबाट ‘बा’ को उपनाम पाएका मिश्रले भने, ‘प्राय: सलाह (प्रार्थना) गरिसकेपछि सजाय दिइन्छ। त्यस्ता व्यक्तिलाई नमाज पढाएर चौरमा ल्याइन्छ। मुतुवाबाट फेरि सबैको सामुन्ने कुरान पढाइन्छ। न्यायाधीश तोकिएको समयमा आइपुग्छ। त्यसपछि बाहिरबाट दुई/चारजनालाई सैतान भन्दै ढुंगा हान्न लगाइन्छ। कालो गाडीमा हालेर ल्याइएका ‘मान्छे मार्ने व्यक्ति’ बाहिर निस्कछन्। तिनले तरबार निकालेर टाउको र शरीर विच्छेद गरिदिन्छन्। गाडीमा हालेर लैजान्छन्।’
सजाय कार्यान्वयन गर्ने व्यक्तिहरूलाई राज्यले विशेष सुविधा दिएर राखेको हुन्छ। तिनीहरूका नेता मोहम्मद साद अल बेसीले १९९८ मा गरेको पहिलो अनुभव सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै भनेका थिए,‘अपराधीको आँखामा कसिलो बनाएर कालोपट्टी बाँधिएको थियो। मैले उसको शिर छेदन गरिदिएँ। मानिसहरू अचम्म मानेर हेरिरहेका थिएँ। त्यसअघि मैले उसको परिवारलाई भेटेर माफी मागेको थिएँ।’
साउदी बढी मृत्युदण्ड दिने देशमध्ये पर्छ। ‘पछिल्लो ६ महिनाभित्र मात्रै १ सय २ जनालाई मृत्युदण्ड दिइसकेको छ,’ मानवअधिकारवबादी संस्था एमनेस्टीको प्रतिवेदन छ, ‘अघिल्लो वर्ष ९० जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा आप्रवासी कामदार ३७ जना थिए।’
एमनेस्टीका अनुसार सन् १९८५ देखि २०१४ बीचमा २ हजार १ सय ७ जनालाई मृत्युदण्ड दिइएको थियो। तिनमा १ हजार २८ विदेशी कामदार थिए। २१ साउन २०७१ मा तनहुँकी शोभा परियारलाई पनि शिर छेदन गरी मृत्युदण्ड दिइएको थियो। घरेलु कामदारका रूपमा साउदी आएकी परियारले मालिक्नीको यातनाको रिसमा दुईवर्षे बच्चाको हत्या गरिन्। पीडित साउदी परिवारलाई दिया रकम (ब्लडमनी) स्वीकार गरी माफी दिलाउन नेपाली दूतावासले गरेको प्रयास सफल भएन।
सरिया कानुनले जघन्य अपराध मानेको मुद्दाहरूमा मुत्युदण्डको सजाय तोकिन्छ। हत्या, बलात्कार, झुठा भविष्यवाणी, निन्दा, सशस्त्र डकैती, बारम्बार लागूऔषध सेवन, धर्मत्याग, व्यभिचार, जादू–टुनामुना गर्ने/सिकाउनेलाई मुत्युदण्ड दिइन्छ। धेरैजसो मुद्दामा शिर छेदन गरिएको छ। त्यसपछि ढुङ्गा प्रहार गरेर, आगो लगाएर, विद्युतीय झड्का दिएर मृत्युदण्ड दिइएका छन्।
अदालतले मृत्युदण्ड सुनाए जति सबैको कार्यान्वयन हुँदैन। साउदी न्यायपालिकाका अनुसार हुदुद (कारान सजाय) धर्मत्याग, व्यभिचार, गुद मैथुन (समालिङ्गी) का मुद्दा भने कार्यान्वयन हुन्छन्।
‘क्वाइस’ अर्थात ‘आँखाका लागि आँखा’ भन्ने कानुनमा पीडित परिवारलाई निर्णय गर्न दिइएको छ। पीडकले दिएको दिया रकम (ब्लडमनी) पीडित पक्षले स्विकारे पीडकले माफी पाउने व्यवस्था छ। जस्तो पाकिस्तानी नागरिक हत्यामा धनुषाका उमेश यादवलाई मृत्युदण्ड सुनाइए पनि पीडित पक्षसँग छलफल चलिरहेकाले रोकिएको छ। १४ वर्षदेखि साउदी नागरिक हत्या मुद्दामा मृत्युदण्डकै सजाय सुनाइएका पर्वत, केङु–९ का शान्तबहादुर पुन पीडित परिवारको कान्छो छोरोको निर्णय पर्खेर बसेका छन्। गत २३ असारमा पीडित परिवारले ११ लाख रुपैयाँ ब्लडमनी लिएपछि मृत्युदण्डबाट आममाफी दिएर उत्तम कुँवरलाई अदालतले नेपाल पठाइदिन आदेश दिइसकेको छ।
अधिकारबादीहरूले गरिब देशबाट काम गर्न आउने विदेशी कामदारलाई मृत्युदण्ड दिइन नहुने ‘लबिइङ’ गरिरहेका छन्। गत जुनमा राष्ट्रसंघको महासभामा एमनेस्टी इन्टरनेसनले यसबारे आवाज उठाएको थियो।
विदेशीको हकमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्ने उसको भनाइ छ। मृत्युदण्डको सजाय दिँदा धेरै पक्षबाट नहेरिने र त्यसमा निष्पक्षता नहुने उसले जनाएको छ। विदेशी कामदारका सम्बन्धित देशको ‘कन्सुलर सेवा’ प्रति समेत प्रश्न उठाउने गरिएको छ। ‘हरेक हप्ताजसो मृत्युदण्डको सजाय सुनिरहेका छौं,’ मिश्रले हिँड्ने बेला भने, ‘समाचार सुन्दा सुन्दा सामान्यजस्तै लाग्न थालिसकेको छ। रमजानको समय भएर तपाईंले देख्न पाउनुभएन।’

२६ पुस, काठमाडौं ।
बिभिन्न प्रलोभन देखाई बाग्लुंग का बिभिन्न व्यक्ति हरुसंग बाट ५ करोड भन्दा बढी रकम उठाएर फरार अस्मिता खड्का काठमाण्डौ बाट प्रकाउ परेकी छन् । चर्को व्याज दिन्छु भन्दै ५ करोड भन्दाबढी रकम उठाएर फरार भएकी थिइन् ।
पक्राउ पर्नेमा बाग्लुङ तिताङ १ का टिकाबहादुर खड्काकी पत्नी ३१ वर्षीया अस्मिता खड्का छिन् । उनले बाग्लुंग का उच्च स्थरका व्यक्ति देखि निम्न स्थर का व्यक्तिहरु संग गरि ५ करोडभन्दा बढी धनमाल तथा रकम ठगेको आरोप छ ।
उनले चर्को व्याज दिइ प्रलोभनमा पार्न र ढुकुटी समेत खेलाउने गरेको प्रहरीको प्ररम्भीक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले ठगी गरेर बेपत्ता हुने नियतले बालबच्चा रुपन्देहीमा राखेर बाग्लुङ भागेर काठमाडौैं आएकी थिइन् ।
अहिले उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइएको छ ।

२५ पुस, भक्तपुर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अहिले नै संघियताको आबश्यकता नभएको बताएका छन । नेपालमा संघियताका लागि बाह्रय शक्तिको दबाब भैरहेको भन्दै अध्यक्ष केसीले संघियताले देश तहसनहस हुने दाबी गरेका छन ।
राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति भक्तपुरद्धारा भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित संविधान निमार्णको आबश्यकता र सम्भावना विषयमा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्टिय जनर्मोचा जनताको भावना र जनआन्दोलनको मर्म अनुसार संविधान निमार्णको पक्षमा रहेपनि दलहरुको सत्तामोहका कारण तोकिएको समय माघ ८ मै संविधान निमार्ण हुन नसक्ने बताएका हुन ।

राजनीतिकदलहरु संविधान निर्माणमा भन्दापनि माघ ८ पछि सरकारको नेतृत्वमा जानका लागि कसरत गरिरहेको आरोप लगाउँदै उनले नेपालका कम्यूनिष्टहरु शहर पसेका स्याल जस्तै भएको संज्ञा समेत दिनुभएको छ ।
राष्ट, जनता र बिदेशीको हस्तक्षेपका बारेमा नेपालका राजनीतिक दलहरुलाई कुनै चासो नभएको आरोप लगाउँदै अध्यक्ष केसीले नेपालमा संघियता, संविधान निमार्ण, शासकिय स्वरुपलगायतका बिषयमा बिदेशीहरुको चलखेल बढिरहेको प्रष्ट पार्नुभएको छ ।
ध्रुव भट्टराई
२५ पुस, बिराटनगर । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले शुक्रबार आयोजना गरेको पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित बनाएको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले भने वैद्यको बन्दलाई वास्तै नगरी झापादेखि बिराटनगरसम्म आफैं ड्राइभिङ गरेका छन् ।
विराटनगर विमानस्थलमा ज्ञानेन्द्र शाह (कालो चस्मामा)
पूर्वराजा ज्ञानेन्द्रले रहर लागेर वैद्यको बन्द तोडेका चाँहि होइनन् । माओवादीद्वारा आयोजना गरिएको बन्दकै दिन पारेर काठमाडौंबाट पूर्वरानी कोमल शाह बिराटनगर विमानस्थलमा ओर्लिएपछि ज्ञानेन्द्र शाह बन्द उल्लंघन गर्न बाध्य भएका हुन् ।
झापाको दमकस्थित चिया बगानमा नातिनातिनासँग बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शुक्रबार बिहानै पत्नी कोमललाई लिन बिराटनगर आउने क्रममा प्रहरीले उनलाई स्कटिङ गरेको थियो ।
पूर्वराजा पुस २३ देखि झापाको दमकमा हिमालयन टि स्टेटमा बस्दै आएका छन् । पूर्वरानी कोमल शुक्रबार बिहान ११ बजे बुद्ध एयरबाट बिराटनगर विमानस्थलमा ओर्लिएकी हुन् । कोमललाई लिन पूर्वराजा बन्द छिचोल्दै बिराटनगर आइपुगे र बन्दकै वीचबाट झापा फर्किए ।
विराटनगर विमानस्थलमा कोमल शाह
पूर्वराजा बिराटनगर आउँदा उनका समर्थकहरुको उपस्थिति खासै थिएन । बिराटनगर विमानस्थलमा उनले कोमललाई करिव १ घण्टा कुर्नुपरेको थियो ।
बिराटनगर विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीले प्रश्न राख्दा पूर्वराजा ज्ञानेन्द्रले कुनै प्रतिक्रिया नदिई मुसुमुसु हाँसेर वा ४ प ३८०७ नम्बरको सवारी आफैले ड्राइभिङ्ग गर्दै बन्दको वास्ता नगरी दमकतर्फ लागे ।
पूर्वराजा र पूर्वरानी दमकस्थित चिया बगानमा दुई हप्ता बस्ने कार्यक्रम रहेको पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकले बताए । पूर्वाञ्चलमा पूर्वराजाको कुनै पनि औपचारिक कार्यक्रम नरहेको पाठकले बताए ।
गत पुस ७ गते काठमाण्डौबाट नाति नातिनासहित चितवन गएका पूर्वराजा ज्ञानेन्द्र पुस २० गते सिमरा पुगेका थिए । उनी पुस २३ गते झापा आइपुगेका हुन् ।

काठमाडौ । अब जिल्ला–जिल्लाबाटै २० दिनभित्र राहदानी उपलब्ध भएको छ। परराष्ट्र, अर्थ र गृह मन्त्रालयले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार रहदानी दिने व्यवस्था अनिवार्य गर्दै सहकार्य गर्ने भएका हुन्।
परराष्ट्र र गृहको समझदारीमा यसअघि पनि त्यसरी वितरण गर्ने भनिए पनि ४५ दिनदेखि तीन महिनासम्म लाग्ने गरेको थियो।
‘अब त्यस्तो हुनेछैन। एमआरपीहरू बेबसाइटमा हुन्छन्, बिग्रेकालाई एसएमएस जान्छ’ राहदानी विभागका ममहानिर्देशक लोकबहादुर थापाले भने ‘हरेक १५ दिनमा जिल्ला जिल्लाबाट आवेदन लिएर आउने र बनेका राहदानी लिएर जाने गरिनेछ।

सार्वजनिक विदा परे पनि विभागले कार्यालय खुला राखेर राहदानी उपलब्ध गराउने र ल्याएको फाराम बुझ्नेछ। राहदानी विभागका अधिकारीका अनुसार अब काठमाडौंमा आएर नारायणहिटीस्थित राहदानी विभागमा पुगी दोब्बर राजश्व अर्थात १० हजार रुपैया तिरेर पासपोर्ट बनाउनु भन्दा आफ्नै जिल्लामा २० दिन भित्र राहदानी लिनु नै राम्रो हुनेछ ।
आठौं दिनमा लिनु र २० दिनमा लिनुमा खासै भिन्नता रहन्न । काठमाडौंसम्मको यात्रा, आफ्नो नागरिकता बनेको जिल्लामा प्रमाणित गर्ने सबै कार्यले गर्दा दुई साताभन्दा बढी नै लाग्ने हुनाले आफूले नागरिकता लिएको जिल्ला वा बसाइँ सरेको जिल्लाबाट नै राहदानी लिन उचित हुने भएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
काठमाडौं, पुस २४ – एमाले अध्यक्ष केपी ओलीले आफ्नो अभिव्यक्तिका लागि मधेशी मोर्चासँग माफी नमाग्ने भएका छन् ।
बुधबार शीर्ष तीन दलसहित मधेशी मोर्चाको बैठकमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै मोर्चाले ओलीले माफी नमागेसम्म एमालेसम्बध कुनै पनि बैठकमा उपस्थित नहुने बताएका थिए । मोर्चाले आज बालुवाटारमा बसेका बैठक पनि बहिस्कार गर्यो ।

तर, ओलीले भने आफूले कुनै पनि हालतमा माफी नमाग्ने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकमा ओलीले सो कुरा राखेका थिए । उनको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘म ज्युँदो हुन्जेल कुनै पनि हालतमा मधेशी मोर्चासँग आत्मालोचना वा माफी माग्दिन ।’
‘युपी र बिहारलाई पनि मधेशमा गाभ’ भन्ने अभिव्यक्ति दिएपछि मधेशी मोर्चाका नेताहरुले बुधबार आकस्मिक बैठक बस्दै बैठकमा ओलीले माफी माग्नुपर्ने माग गरेका थिए । त्यस्तै, सद्भावना पार्टीले ओलीको पुत्ला समेत दहन गरेको थियो ।
इलाम, मंसीर २५ – पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् । सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।
ती शिलाको राईले नामकरणसमेत गरेका छन् । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।
एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ । शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ
। उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।

काठमाडौं, मंसिर २५ । युवा–युवतीले चलाएको मोटरसाइकल दुर्घटना हुनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले त्यसको रोकथाम गर्ने काम थालेको छ । सोक्रममा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको छ ।
महानगरिय ट्राफिक प्रहरी वृत जावलाखेलका प्रमुख सीतारामा हाछेंथुको अगुवाइमा विहीबार बिहान ६ देखि साढे ६ बजेसम्म कुमारीपाटीमा मोटरसाइकल चेकजाँच गरी २० ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
चालकसँग लाइसेन्स नभएको, मोटरसाइकलको ‘साइलेन्सर पाइप’ ठीक अवस्थामा नरहेको, मोटरसाइकलको ‘सक’ उठाइएको र ३ जना चढेको पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरु अभिभावकलाई बोलाएर फिर्ता दिइने भएको छ ।
सीताराम हाछेंथुलाई दरबारमार्गबाट सरुवा गरेर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलमा सरुवा गरिएको चार दिन मात्र भएको छ । ईमेज खबर बाट साभार

२५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गोरखापत्रमा खबर छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।
यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।
परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

सिन्धुपाल्चोक । सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।
अरनिको राजमार्गको विभिन्न स्थानमा रवारीसाधनको कागजपत्र चेकजाँच खटिएका प्रहरीहरुले ५० देखि २ रुपैयासम्म पकेट खर्चके रुपमा असुल्ने गरेका हुन् ।
काभ्रेको साँगादेखि सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् ।
सवारीको कागजपत्र माग्जे क्रममा सवारी चालकहरुलले कागजपत्रभित्रै पैसा हालेर दिने गरेका छन् ।
राजमार्गमा चेकिङमा खटिने प्रहरीले निजी सवारी साधनभन्दा सार्वजनिक र मालबाहक गाडीसँग पैसा असुल्ने गरेको चालकहरुले बताएका छन् ।
चालकले दिएको पैसा किन लिएको भन्ने प्रश्नमा प्रहरीहरु दाँत कोट्याउन झिकेको पैसा गोजीमा हालेको भन्दै पन्छिने गरेका छन् ।
चालकहरुले लफडामा पर्नुभन्दा पैसा दियो उनीहरुको पनि चुल्हो बल्ने हुनाले पैसा दिने गरेको उल्लेख गरे । आजको राजधानीमा समाचार छ ।

काठमाडौ । अगामी एक बर्ष भित्र हस्तलिखित राहदानीलाई विस्थापनका लागि आवेदन संकलनको टोली नै खाडी मुलुक पठाउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।
मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स ९युएई० साउदी अरविया, कुवेत ओमान र बहराइनमा रहेको दूतावास तथा समुदायसंगको सहकार्यमा त्यहाँ टोली नै पठाएर आवेदन संकलनको तयारी अघि बढाएको जानकारी दिएको छ ।
सुशासन तथा अनुगमन समितिमा राहदानीको समस्याबारेमा जानकारी दिंदै परराष्ट्रका कामु सचिव शंकरदास बैरागीले भने,‘हामीले अवको एक बर्ष भित्र सबै हस्तलिखित राहदानी विस्थापन गर्न सक्नुपर्छ ।
यसको लागि प्रविधीमा सुधार गरेर अघि बढ्ने, नेपालीहरु काम गरिरहेका स्थानमा नै गएर आवेदन संकलन गर्ने, सूचना प्रवाह गर्ने जस्ता कार्यमा जुट्नेछौ ।’
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कामु सचिव बैरागी, राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा र गृहका सहसचिव लक्ष्मिप्रसाद ढकालले सभासदहरुसंग आफ्नो बाध्यता र समस्या प्रस्तुत गर्दै सुधारको लागि अवलम्वन गरिएको विषय पनि राखेका थिए ।
परराष्ट्र र गृहमन्त्री समेत रहिसकेका सभासद कमल थापाले काठमाडौं केन्द्रित कार्यले गर्दा यस्तो समस्या आएको हो भन्दै यसलाई सके सबै जिल्लामा सहज वितरण नभए १४ अंचल त्यो पनि सम्भव नभए कम्तिमा पनि पाच विकास केन्द्रमा काठमाण्डौंबाट जस्तै गरि छिटो र छरितो ढंगले राहदानी वितरणको ब्यवस्थापन तत्काल गर्न आवश्यक रहेको बताए । उनको धारणामा सबै सभासदहरुले साथ दिदै सात दिनमा सबैले राहदानी पाउन पर्ने बताए ।
उनीहरुले रोजगारीको लागि विदेशमा रहेका नेपालीलाई पनि राहदानीको कारण अवैध नबनाउने तर्फ काम गर्न निर्देशन नै दिएका छन । आगामी नोभेम्वर २४ देखि विश्वभर एमआरपी लागू हुनेछ ।
हस्तलिखित राहदानीलाई अस्विकार गरिने हुदा त्यसको विस्थापन आवश्यक छ । अहिलेको गतिमा काम भएमा अवको एक बर्षमा पाच लाख राहदानी पनि विस्थापित हुन गाह्रो रहेको अवस्था छ ।
कम्तिमा पनि १५ लाख राहदानी विस्थापन गर्न जरुरी रहेको उनीहरु स्वयंले बताइरहेको अवस्थामा कसरी अघि बढ्ने योजना तत्काल लागू हुन जरुरी रहेकोमा सभासदहरुले ध्यान दिन आग्रह गरेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

सुर्खेत, मंसीर २४ – अघिल्लो महिना वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयका छात्राहरु एकाएक बेहोस् हुन थाले ।
दिन दिनै एकदुई जना छात्राहरु बेहोस् भइरहने गरेपछि विद्यालयका शिक्षक\शिक्षिकाहरु र विद्यालय व्यवस्थापन समिति नै आत्तियो । छात्राहरुमा रुने, कराउने र बेहोस् हुने समस्या बढ्दै गए पछि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई पनि जानकारी गरायो । तर जिल्ला शिक्षा कार्यालय सुर्खेतले पनि खासै वास्ता गरेन । यही समस्या पुनः दुई हप्ता पछि हिजो मंगलबार देखिएको छ । मंगलबार विद्यालयमा एकैदिन १३ जना छात्राहरु रुदै, कराउँदै बेहोस भएको विद्यालयले जनाएको छ । मंगलबार बेहोस हुने छात्राहरु कक्षा ६ देखि ९ सम्म अध्ययन गर्ने भएको विद्यालयले जनाएको छ ।
एक जना छात्रा बेहोस भएपछि एक पछि अर्काे गर्दै बेहोस हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद थानीले बताए । उनीहरु सुरुमा कराउने, काम्ने गर्ने र त्यसपछि बेहोस् हुने गरेको उनको भनाई छ । छात्राहरुले बेहोस् हुनु पूर्व यस्तो भन्ने गरेका छन्–‘‘कुवाबाट आयो, अव खान्छ , विद्यालयको नजिकै एउटा इनार पनि रहेको छ । यस्तो समस्या उनीहरुमा कम्तिमा आधा घण्टादेखि बढीमा एक घण्टासम्मा देखा पर्ने गरेको छ ।
यस्तो समस्या यस अघि नै देखा परेकोले विद्यालयले समस्या समाधानका लागि विभिन्न प्रयासहरु पनि गरेको बताएको छ । यस्तो समस्याको बारेमा डाक्टरलाई जानकारी गराउँदा ‘मास हिष्ट्रिया’ भएको बताउने गरेको विद्यालयले बताएको छ । छात्राहरुमा देखिएको यस्तो समस्या विद्यालयले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर हरि सापकोटालाई देखाएको विद्यालयका अध्यक्ष थानीले जानकारी दिए ।
डाक्टरलाई देखाउँदा पनि समस्या समाधान हुने संकेत नदेखिएपछि विद्यालयमा धाँमीझाँक्री बोलाएर झारफुक गरिएको छ । केही दिन अगाडि विद्यालयले धाँमी बोलाएर सबै प्रक्रिया पु¥याएर पुजा गरेको थियो । यसरी पुजा गरेपछि केही दिन समस्या नदेखिएपनि पुनः छात्रामा यस्तो समस्या देखिन थालेको छ । विद्यालयको हाताभित्र रहेको कुवामा झाँक्री भएको र त्यसमा फोहोर गरेपछि यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइ छ । यता विद्यालयले भने विद्यालयमा आउने छात्रामा यस्तो समस्या देखिन थाले पछि नजिकिदै गरेको परीक्षामा पनि प्रभावित हुने भन्दै चिन्ता व्यक्ति गरेको छ । विद्यालय बन्द गर्न पनि नसकिने र विद्यालय संचालन गर्न वित्तिकै यस्तो समस्या देखिने भन्दै यो समस्या समाधानका लागि सबैले पहल गरिदिन विद्यालयले आग्रह गरेको छ ।
यो समस्या त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयमा वि.स. २०५१ सालमा पनि देखिएको थियो । त्यतिवेला क्षेत्रीय शिक्षा निर्देशनालयको पहलमा केन्द्रबाटै विशेषज्ञको टोली आएर छात्राहरुको उपचार गरेको थियो । विद्यालयका अनुसार यस अघि २०४४ सालमा पनि छात्राहरुमा यस्तो समस्या भएको थियो । रातो पाटि बाट साभार

सुर्खेत : यतिबेला सुर्खेतको क्षेत्रीय अस्पताल शोकले स्तब्ध छ। १६ लासको लस्कर उठाउन मलामी लाम लागेका छन्। मलामी र आफन्त आउने क्रम जारी छ। रुवाबासी चलिरहेको छ। सिंगो अस्पताल नै शोकमा डुबेको छ।
सुर्खेतको सुर्खेतको पोखरीकाँडास्थित भीर आइतबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १६ जनाको आज भेरी नदीमा सामूहिक दाहसंस्कार गरिदैछ। सुर्खेत क्षेत्रीय अस्पतालमा राखिएका शवलाई अन्तिम संस्कारका लागि अस्पतालमा भेरीमा नदीमा लगिदैछ।
अहिले अस्पतालमा मृतकका आफन्त, मलामीको भीड छ। आफन्तका अाँखा अझै ओभाएको छैनन् । अहिले पनि रुवाबासी चलिरहेको छ। दुर्घटनामा मर्ने १६ जना बाजुराको गोत्री गाबिसका हुन्। गाउँलेहरु बस रिजर्भ गरेर मलामी आएका छन्। १६ शवलाई लस्करै लगेर भरीमा जलाउने तयारी छ। भेरी नदीमा मलामी तथा अन्य स्थानीयको भीड लाग्न थालेको छ। मृतकका प्रत्येक परिवारलाई किरिया खर्चबापत २५ हजार उपलब्ध गराइएको छ ।
बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शव बुझ्न सुर्खेत आएका आफन्त
कालिकोटबाट कैलालीको टिकापुर लागि छुटेको बस सुर्खेतको पोखरीकाँडास्थित कल्याण काँध नजिक भीरमा खसेर दुर्घटना हुँदा बाजुराको गोत्रिका १६ जनाको ज्यान गएको हो । गाउँभरीका युवाको ज्यान गएपछि गोत्री गाविस शोकमा डुबेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गोत्री गाविसका पंखे सार्की, मुनराज विष्ट, गोपी सार्की, लालबहादुर दर्जी, रामबहादुर दर्जी, दिलबहादुर सार्की, उज्वल सार्की, लालबीरे दर्जी र उनका छोरा रहेका छन् । त्यसैगरी सोही ठाउँका साउने सार्की र उनकी पत्नी, वीरजीत सार्की, माङ्ले सार्की, दुर्गा विष्ट र अन्य दुईजना पुरुषको ज्यान गएको भएको पुष्टी भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने खुल्न सकेको छैन् ।
मजदुरीका लागि भारत जान हिँडेका बाजुरा गोत्रीकै अन्य १५ जना भन्दा बढी युवा घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोत्री–१ का साउने सार्की र कुसनकला सार्की पनि नफर्किने खगरी गएका छन् । गोत्री गाउँ यतिबेला शोकाकुर बनेको छ । गोत्री १ र ३ का मात्र सात ÷सात जनाको ज्यान गएको छ । ‘गाउँमा मलामीसमेत छैनन्,भएभरका सबै युवा सँगै थिए ,गाउँघरमा नावालक र वृद्द–बृद्दा मात्रै छन् । ती रुनमै ठिक्क छन्’ स्थानीय वीरबहादुर शाहीले भने । हिँउदको महिना घरमा काम नहुने भएकाले यहाँका सबैजसो स्थानीय कामका लागि वर्र्षेनी भारत जाने गर्दछन् । गरिब र विपन्नता यसको पहिलो कारण हो ।आजको राजधानी दैनिकमा खबर छ ।
एजेन्सी

नुवाकोट, मंसीर २४ – गोरखाकी एक युवतीको नुवाकोटको सुनखानीमा हत्या भएको छ ।
गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
काठमाडाँै बस्दै आएकी गुरुङलाई हिजो साँझ ढकालले मोटरसकाइलमा सुनखानीको जङ्गलमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
बा (श्रीमान्) लाई सरकारले मार्यो । छोरा अपराधीले मार्यो । अब मलाई किन बाँच्न लगाउँछौं ? मलाई पनि मारिदेओ भन्छु, डाक्टरसँग तर उनीहरु बाँच्नुपर्छ भन्दै उपचार गर्छन् । यसरी जिउँदो लास भएर दिनदिनै पीडामा जिउनुभन्दा टुँडिखेलमा लगेर फाँसी दिए मेरो पीडा कम हुने थियो । केही गर्दा पनि मन बुझाउन सक्दिनँ ।
यो अस्पताल भित्र मैले बन्दी जीवन बिताइरहेको छु । कसैलाई भेट्न पनि दिँदैनन् । मेरो भान्जा, बहिनीको छोरो र भाइ भेट्न आएका थिए रे । उनीहरुले समेत भेट्न नपाई फर्किएछन् । ठूलो छोरा कहाँ छ पत्तो छैन ।
छोरीकी साथी एउटी नानी थिइन् । ती नानी बेलाबेला आइरहन्थिन् । मेरो कपाल कोरिदिने, तेल लगाइदिने, लुगा कपडा फेराइदिने गर्थिन् ? उनलाई पनि भेट्न आउन दिएको छैन । बा बितेपछि केही दिन मानव अधिकारकर्मी र सरकारका मान्छटेहरु आएर जोर जबर्जस्ती अनशन तोडाए । त्यसपछि भेट्न आउने मान्छे पनि कम भए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, मंसीर – काठमाडौं मस्त निन्द्रामा थियो । देशका शासक प्रशासक द्धारमा सुरक्षाकर्मी खडा राखेर मस्त निदाइरहेका थिए । ठिक त्यहिरात सहरको महंगा महल बाहिर छिँडीमा पनि केही मानिसहरु निदाइरहेका थिए,भुस्याहा कुकुरको साथमा । गएराती हामी त्यहि छिँडिका मानिसहरुको दरुण कथा उतार्न मध्यरातमा काठमाडौं उत्रेका थियौं । खबर तिनैको सम्प्रेषण गर्नु थियो, जो कैयौं रात यसरी शहरमा निदाउँदै आएका थिए ।
तर निमुखाहरुले सुत्ने यस्तो सुताई बारे काठमाडौं बेखबर जस्तै थियो । काठमाडौं कहिले देखि बेखबर छ, त्यसवारे हेक्का छैन । तर काठमाडौं छिँडीको सुताई र महल भित्रको सुताईको परिभाषा एकै रुपमा व्याख्या गर्ने कुचेष्ठा गर्दै थियो । निन्द्रा एकै हो तर ठाउँ फरक थियो र छ । कोही भुस्याहा कुकुरको अंगालोमा बेरियर त्यसकै तातोमा रात काट्न बाध्य छन्, त कतै महलका महंगा सयन कक्षमा मस्त निन्द्रा छन्, तिनै मानिस ।
नांगो आँखाले देखिने फरक शायद यत्तिनै होला । गएको रात अर्थात (२०७१,२२ मंसिर)को मध्यरातमा काठमाडौं शहरको व्यस्त बजार ‘ठमेल’ बाट, हामीले छिँडीका मानिसहरु नियाल्यौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहको घर नजिकै रहेको एक घरको बाहिर छिाडीमा एक बृद्ध मानिस निन्द्रामा थिए । उनको फुलेको कपाल ल्याम्पपोष्टले फालेको ज्योतिको सहायताले नियाल्न सकिन्थ्यो । वुवा तपाईको नाम केहो ? ‘कुमार ।
’ चिउरा र दालमोड चपाउँदै उनले जवाफ फर्काए । परिस्थिति त्यस्तै थियो, हामीले उनीसँग थप कुराकानी गर्नै सकेनौं । केहि घण्टा अन्यत्रका सुताई चियाउँदै हामी पुन: कुमार भएको ठाउँमा पुग्दा उनी मस्त निन्द्रामा थिए । उनी लामो समयदेखि त्यहि छिडिमा आफ्नो बाँकी जिन्दगी गुजार्दै रहेछन् । जाडोले काठमाडौंलाई आतंकीत पार्न खोज्दैछ, तर उनलाई कुनै त्रास थिएन । उनी मस्त निन्द्रामा थिए । एक सरो ओड्ने थियो, सिमेन्टको चिसो जमीन उनको विछ्यौना । राजधानीलाई चिसो हावा र तुषारोले स्पर्ष गर्दै गरेको सजिलै अनुभुती गर्न सकिन्थ्यो ।
कुमारको साथमा एक कुकुर थियो,जो हामी देखेपछि चनाखो भयो । हामीले मध्यरातमा मस्त निदाईरहेका तिनै कुमारको फोटो कैद गर्यौं । त्यसपछि हामी त्यस्तै अर्का कुमारहरुको खोजीमा लाग्यौं । नर्सिङ चोक नजिकै एक घरबाहिर छिाडीमा अर्का एक मानिस थिए,जसको अवस्था तिनै कुमारको भन्दा फरक थिएन । उनी पनि एउटा बोरा आढेर खाली जमीनमा निदाएका थिए । हामीले उनलाई नियाल्यौं मात्रै,उनको तस्बिर पनि हामीले आफ्नो क्यामरामा कैद गर्यौं ।
सार्क सचिवालय र केशर पुस्तकालयको नजिकै रहेको अर्को एक घरको आगनकै खोँचमा एक व्यक्ति भेटिए । उनी सिमेन्टेड खाली जमिनमा मस्त निदाइरहेका थिए । उनीसँग ओड्ने कपडा थिएन, थियो त केवल मध्येरातमा आएको चिसो हावाको स्पर्ष,र जमीनसंगको साथ । सहकर्मी गोकर्ण लामिछानेले तस्बिर लिंदै गर्दा क्यामराले फालेको चहकीले फ्ल्यासले उनी तर्सिए । उठ्न खोजे तर उठ्नै सकेनन् । सायद जाडोले कठ्याङ्ग्रीएकाले उनलाई हातगोडाले भर दिएन् ।
दरबारमार्ग र बागवजार तिर पनि चिसोसँग पौंठाजोरी खेल्दै घुँडा खुम्च्याएर सुत्नेहरुलाई हामीले नियाल्यौं । जो बिना चलमल निदाएका थिए,उनीहरुको निन्द्रा विथोलीने डरले हामीले उनलाई नजिकबाट नियाल्यौं मात्रै । तस्बिर लिएनौं । बसन्तपुर अर्को यस्तो ठाउँ रहेछ जहाँका मन्दिरमा रातमा भक्तजन होइन, छिँडीमा रात विताउनेहरुको लर्को लाग्दोरहेछ । बसन्तपुरको सबैभन्दा अग्लो मन्दिरको सवैभन्दा माथि हामी उक्लिएका मात्र के थियौं, त्यहाँ एक अवोध बालक भेटिए ।
पौराणीक मन्त्र कुँदीएको ढुँगोको फेदीमा उनको कलिलो टाउको अडिएको थियो । ओड्नको लागि उनीसँग रेडिमेड बोरा थियो,त्यहिपनि डबल हैन एकपाखा च्यातिएको थियो । त्यसले यो मंसिर अन्तिम साताको जाडो किन धान्थ्यो ? ओढ्नको लागी ओढेजस्तो मात्र । मध्यरातमा त्यहि बोरा उनको एकल सहारा बनेर शरीरमाथी थपक्क अडिएको थियो । उनी घुर्दै थिए । बोलाउने दुस्साहस गरेनौं । तस्वीर कैद गर्यौं । हाम्रो क्यामराको फ्ल्यासले धान्न नसकेपछि मोवाईलको मिनी लाईट अन गरेर बालको अनुहार उज्यालो हुनेगरी धेरैपटक क्यामराले उनको अनुहारलाई हामीले खिचिरह्यौं ।
मन्दिर कत्ति तलाको थियो हामी गन्ती गर्नतिर लागेनौं । यो अन्तिम तलाको भुँइ भने काठको थियो । काठे भुँईको बिछ्यौंनामा त्यो बालकको शरिर निन्द्रामै कापीरहेको थियो । त्यो दृष्य हेर्दै गर्दा,कैयौं पटक हामी कापेका थियौं,त्यसको शब्दिक अनुबाद गर्न अलि कठिन हुन्छ । हामी कापेजस्तै राज्य काप्यो भने,हामीले यसरी मध्यरातमा छिंडी चियाउनु पर्ने थिएन। तर राज्य जनताले दु:ख पाएको हेर्नमै मजा मान्छ । सहरमा चिसो रातका छिंडीमा एक रात होइन कयौंले जीवन पार गरिसके तर राज्य उनीहरुको जीवनसँग साक्षात समेत नहुनु दुर्भाग्यपूर्ण छ ।
राजधानीमा भेटिएका यी मानिसहरुको जीवन प्रतिनिधि अनुहार मात्रै हुन् । यो शहरका गल्लिहरुमा यस्ता कयौं जीवनहरु यसरी रात विताइरहेका छन् । यी सडक बालक देखाएर धन्दा गर्नेहरु राजधानीमा धेरै छन् । सडक बालबालिकाहरुको तस्बिरको ब्यापार गर्नेहरुका ल्याण्डरोभर त्यहि सड्कमा गुडीरहेको हुन्छ । तिनका गाडीका चक्काले उडाएको धुलो घुम्दै–घुम्दै यस्ता अवोधका मुखमा पर्छन । विडम्वना उनीहरु भने हरियो डलर डकारीरहन्छन् । यता सडक बालबालिकाको वकालत गर्ने सिवीन जस्तै संस्थाहरु राजधानीमा नभएका होईनन् । तर सडक बालबालीकाका दु:ख जस्ताको तस्तै छ ।
सिमेन्टेड जमीनको विछ्यौनामा खाली आकाश ओढेर निदाएका यी मानिसहरुसँगै आलिसान बंगालामा निदाइरहेको राज्य, सुँगुर भन्दा के फरक भयो र ? जो सुत्न पाएसम्म सुतिरहन्छ । तर सडकमा सुत्ने निमुखाहरु भने आँखाको विष मार्न मात्र सुत्छन्,थरथरी मुटु कमाएर । (फोटो:गोकर्ण लामिछाने)

काठमाडौं,मंसिर २४ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आयोगकाअ अनुसार ७ हजार दरबन्दीका लागि खविज्ञापनको अन्तिम तयारी भइरहेको छ ।
देशभरका सामुदायिक विद्यालयमा रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छिट््टै विज्ञापन गरिने आयोगका अध्यक्ष उदयराज सोतीले बताए । ७५ जिल्लामध्ये काठमाडौंमा खाली रहेका शिक्षकको विवरणमात्र आउन बाँकी छ ।
काठमाडौंलाई पनि खाली रहेको शिक्षकको विवरण पठाउन माग गरेकाले केही दिनभित्रै आइसक्ने सोतीको भनाइ छ । सबै जिल्लाबाट शिक्षकको विवरण आएपछि ७ हजार भन्दा धेरै संख्यामा विज्ञापन हुने भएको छ । अब बिज्ञापन गर्ने स्थायी शिक्षकको विज्ञापनमा ०६३ बैशाख ११ देखि ०७२ असार मसान्तभित्रको अवधिमा खाली हुने शिक्षक दरबन्दी विवरण आयोगले मागेको खछ ।आजको कारोबार दैनिकमा खबर छ ।

काठमाडौ, मंसिर २३ - सार्क सम्मेलनका बेला सडक छेउछाउ रोपिएका फूल, दूबो र स-साना बिरुवा भाँच्दै-कुल्चिँदै मानिसले जथाभावी बाटो काटेका तस्बिर सार्वजनिक हुनेबित्तिकै यस्तो कामको सर्वत्र आलोचना भयो । इन्टरनेटका सामाजिक सञ्जाल साइटहरूमा तस्बिर पोस्ट गरेर असभ्य कर्म निरुत्साहित गर्ने एक प्रकारको 'भर्चुअल' अभियान नै सुरु भएपछि काठमाडौँको तीनकुने-माइतीघर सडकखण्डमा रखवारीका लागि प्रहरी नै तैनाथ गरियो ।
यसअघि जेठको पहिलो साता उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कमा जेब्राक्रसिङबाट नभई बीच सडकको डोरी नाघेर बाटो काटेको घटनाबारे पनि सबैतिर टीकाटिप्पणी भए । मूलधारका कतिपय मिडियामा यही घटनाको आलोकमा कार्टुनचित्र बनाइए । आलोचना बढ्दै गएपछि गृहमन्त्री गौतम स्वयंले 'त्यो बाध्यताको उपज रहेको' स्वीकारे ।
सहरी जनजीवनमा अनुशासन मिचिएका घटना हरेक दिन दोहोरिन्छन् । उपत्यकाको यातायात क्षेत्र त झन् विरक्त लाग्दो छ । सार्वजनिक गाडीले मनपरी स्थानबाट मान्छे चढाउने र झार्ने दृश्य सामान्य हो । गाडीभित्र खानेकुरा खाने र खोल झ्यालबाट मिल्काउने, अशिष्ट शब्द प्रयोग गर्ने, दोस्रो व्यक्तिलाई दुव्र्यवहार गर्ने, सडकमा धूम्रपान गर्दै मच्चिँदै हिँड्ने, जथाभावी थुक्ने, आकाशेपुल प्रयोग नगरी बाटो काट्ने, अस्पताल र विद्यालयअगाडि चर्को हर्न बजाउने, छेउकुनामा शौच गर्ने, शौचालयका भित्तामा जथाभावी लेख्ने र जथाभावी फोहर मिल्काउने, ट्राफिक नियमविपरीत मनलाग्दी सवारी साधन हाँक्नेजस्ता कार्यले सहरी अनुशासनको परिचय दिँदैनन् ।
यतिसम्म कि, हामीले शिष्टाचारका न्यूनतम ज्ञानसमेत आर्जन गर्न सकेका छैनौँ । पसलमा कुनै सामान किन्दा धन्यवाद टक्र्याउने फुर्सदसमेत हुँदैन । घरमा चर्को स्वरमा क्यासेट घन्काएर छिमेकीलाई दिक्कै पार्नेहरू त टोलटोलमा भेटिन्छन् । "नियम-कानुन, आचरण र मानवीय हिसाबले पनि राम्रा नमानिने यस्ता गतिविधिका पछाडि हाम्रो निश्चित चरित्र र स्वभावले काम गरिरहेको हुन्छ," मानवशास्त्री डिल्लीराम दाहाल भन्छन्, "यस्ता कुरा कतिपय अवस्थामा परिस्थितिजन्य पनि हुन्छन् । मूलतः यो हाम्रो समाज र संस्कृतिसँग जोडिएको कुरा हो ।"
असभ्यताको आयाम
व्यवहार र शैलीको निर्माण भनेको सामाजिक प्रक्रिया हो । यो हाम्रो धर्म, राजनीति, संस्कृति, प्रशासन, कानुन र शिक्षासँग पनि अन्तरसम्बन्धित हुन्छ । झन् उपत्यकाजस्तो सहरीकरणको चपेटामा परेको र देशको सबैभन्दा ठूलो प्रशासनिक स्थानमा व्यक्तिगत व्यवहारको रूपान्तरण प्रक्रिया तीव्र र स्वाभाविक मानिन्छ । निम्न वर्गका श्रमजीवी त छँदै छन्, मध्यमदेखि उच्च वर्गसम्मले बसोवास गर्ने सहरमा अनेकन् समुदायका व्यक्ति, उनीहरूका आ-आफ्नै प्रकारका सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं मनोविज्ञानको छनक देख्न सकिन्छ । हरेक दिन देशका विभिन्न भागबाट नयाँ मान्छे भिन्नभिन्न उद्देश्य बोकेर सहर आउने-जाने क्रम चलिरहन्छ । त्यसैले काठमाडाँैको मनोदशा तरल प्रकृतिको छ, जसको प्रतिविम्ब मान्छेका व्यवहार, बोलीचाली र खानपिनका शैलीमा देखिन्छ ।
उपभोग प्रवृत्ति पनि यसबाट अछुतो रहन सक्दैन । जस्तो : रेस्टुराँ या रिसेप्सनहरूमा सहभागी सबैको खाने शिष्टता एउटै हुँदैन । बोल्दा चयन गर्ने शब्द र प्रतिक्रियाका भंगी एउटै हुँदैनन् । सार्वजनिक समारोहमा कसैले मञ्चबाट केही बोलिरहेको छ भने मोबाइलको घन्टी बजाउने, छेउछाउमा कुरा गर्ने र हाँस्ने/गफिनेहरू पनि देखिन्छन् । यतिसम्म कि, संसद् चलिरहेका बेला मोबाइल फोनमा गफिँदै गरेका सांसद पनि टेलिभिजनका प्रत्यक्ष प्रसारणमा देख्न सकिन्छ । "सहरी समाजमा मुस्कानको मूल्यसमेत लोप होला भन्ने खतरा देखियो । हाँस्दा पनि पैसा लाग्ला कि भनेजस्तो समाजमा लापरबाहीका घटना देखिनु नौलो रहेन," मानवीय व्यवहार र सद्भाव सिर्जनाका निम्ति शिष्टाचार अभियान चलाइरहेका सुमन दाहाल भन्छन्, "सबै कुरा सरकारले गर्नुपर्छ भन्ने तर आफ्नो व्यवहारको ऐना नहेर्ने चलन राम्रो होइन । व्यक्तिले चाहेमा सभ्य हुन सक्छन् । नजानेको सिक्न सक्छन् ।"
कर्पोरेट संस्कृतिका जानकार सुजीव शाक्यको विचारमा हाम्रो मौलिक सोच नै सामन्ती चरित्रको भएकाले त्यसको प्रभाव सहरी सभ्यतामा पनि परिरहेको छ । घरभित्रै आफूले खाना खाएको प्लेट माझ्ने ठाउँसम्म नलैजाने पुरुषहरू घरको सरसफाइ सबै महिलाले गरिदिऊन् भन्ने चाहन्छन् । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्तो सोचबाट ग्रस्त हुन सक्छन् । यो मनोभाव कार्यालय र सामाजिक जीवनमा पनि प्रतिविम्बित हुन्छ । "यस्ता मान्छे पनि छन्, जो एउटा गोरो छाला भएको विदेशीलाई भेट्नुपर्यो भने नुवाइधुवाइ गरेर नयाँ पहिरन लगाएर जाने तर एक नेपालीलाई भेट्नुपर्यो भने चल्छ भन्दै जाथाभावी पहिरनमा भेट्ने," शाक्य भन्छन्, "यस्तै मनोविज्ञान भएका मान्छेले नै हो, सार्वजनिक रिसेप्सनमा पनि खाँदै गरेको मासुको हड्डी प्लेटमा नराखी फुत्त बाहिर मिल्काउने ।"
इन्जिनियर माधवभक्त माथेमा भने कतिपय सन्दर्भमा व्यक्तिको गल्तीको जरो राज्यले तय गर्ने सहरको योजनासम्म जोडिएको ठान्छन् । योजना भनेको भौतिक पूर्वाधारको कुरा मात्र होइन । यसको उपभोग पद्धति र अनुशासनको कुरा पनि हो, त्यसैले यो राजनीतिक पनि हो । मानिसलाई ती सम्पत्तिसँग जोडिएका आवश्यक सबै ज्ञान तथा जानकारी सम्बन्धित पक्षले दिनुपर्छ । त्यो राज्यको कर्तव्य हो, जुन पूरा भएको देखिन्न । "काठमाडौँ उपत्यकाका सडकलाई वर्गीकरण गर्ने कामसमेत भएको छैन भनेपछि हामीले स्वीकार्नैपर्छ, योजनाका मौलिक र आधारभूत कुरामै हामी चुकेका छौँ," इन्जिनियर माथेमा भन्छन्, "सडक जाम हुने, ठाउँठाउँमा ढल फुट्ने, हिलो छ्याप्दै हिँड्नेजस्ता दृश्य यसैका परिणति हुन् । सिद्धान्तहीन योजनाको परिणाम भोगिरहेका छौँ हामी ।"
अर्को कुरा, योजना बनाएर मात्र हुँदैन, त्यसको मर्मतसम्भार र पुनःनिर्माण सबैभन्दा महत्त्वपूर्ण पाटो हो । बस्ती, सडक र भवनको कुरा मात्र होइन, सांस्कृतिक सम्पदा र नदीहरूको हकमा पनि यही कुरा लागू हुन्छ । त्यसका लागि सबैलाई सचेत पार्ने काम सरकारको हो । ठूल्ठूला योजनाका सपना देखाउनुभन्दा भएका कुरालाई व्यवस्थित गर्ने उपायस्वरूप स-साना काममा ध्यान दिन सकियो भने कम्तीमा सहरी सभ्यताको एउटा मानक तयार हुन सक्छ । "सडकको स्वरूप हेर्ने हो भने जापानको राजधानी टोकियोमा पनि स-साना गल्ली छन् तर त्यहाँ व्यवस्थापन गर्ने तरिका परिष्कृत र चुस्त छ," राष्ट्र संघीय एजेन्सीको कामका सिलसिलामा विश्वका विभिन्न देश पुगेका माथेमा अनुभव सुनाउँछन्, "सबैभन्दा महत्त्वपूर्ण कुरा सहरी सभ्यताका नियमबारे सर्वसाधारणसम्म जानकारी पुग्नुपर्यो ।"
पहिले सिकाउने, नभए दण्ड
ठूल्ठूला भवन, फराकिला बाटा, झलमल्ल बिजुली, बाटोभरि सवारी साधन, मल तथा फिल्म हलहरूमा मान्छेको भीड भौतिक आधुनिकीकरणका सूचक हुन्, सभ्यताका होइनन् । अनुशासन त सभ्यताभित्रको एउटा महत्त्वपूर्ण हाँगो हो । हाम्रो सभ्यताको कडी धार्मिक आदर्श र ग्रामीण संस्कृति हो । हाम्रो धर्मले पाकालाई सम्मान गर्न र सानालाई माया गर्न सिकाएको छ । ग्रामीण संस्कृतिले परिश्रमी हुन सिकाएको छ । तर, आधुनिकीकरणले सापेक्ष व्यवहार सिकाएको छैन । "हामीले सहरी सभ्यता पश्चिमाबाट लिएको हुनाले पनि अझै यसलाई स्वीकार गर्ने प्रक्रियामा छौँ," मानवशास्त्री दाहाल भन्छन्, "त्यसैले पनि यस्ता गल्ती देखिन्छन् । तर, यी गल्ती सच्याउनैपर्ने खालका छन् ।"
मानवशास्त्री दाहालका भनाइमा खास गरी सहरी परिवारमा बालबालिकालाई सानैदेखि सहरी अनुशासनबारे जानकारी दिन सकियो भने त्यसको प्रभाव सामाजिक जीवनमा देखिन्छ । अर्को सिकाउने स्थान भनेको विद्यालय हुन् । सहरका विद्यालयमा अध्यापन गर्ने शिक्षकमा पनि यसबारे पर्याप्त ज्ञान हुनु आवश्यक छ । पाठ्यक्रम पनि सहरी जीवन सापेक्ष बनाइनुपर्छ । विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई शिष्टाचारबारे सिकाइरहेका सुमन दाहाल भन्छन्, "मीठो बोल्न, मुस्कुराउन र नम्र हुन सिकाउँदा पनि उनीहरूले धेरै थोक सिकिरहेका हुन्छन् ।" यस सँगसँगै विद्यालयहरूले जेब्राक्रसबाट बाटो काट्न, बाटोमा फोहर नफाल्न र सार्वजनिक यातायातमा अरूलाई असर पुग्ने व्यवहार नगर्न सिकाए भने त्यसको प्रभाव बालबालिकामा सानैदेखि पर्छ ।
सहरी सभ्यता र यसबारे ज्ञान विनिमय हुने स्रोत भनेको स्वयं सहरी समाज नै हो, जसलाई मानसिक आधुनिकीकरण भनिन्छ । "सधैँ प्रहरीले डन्डा देखाएर पनि साध्य हुँदैन । यस्ता न्यूनतम कुरा सिकाउनैपर्छ, नत्र लाज भइरहन्छ," मानवशास्त्री दाहाल भन्छन्, "सांस्कृतिक पछौटेपन राम्रो कुरा होइन ।" सहरमा जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि गल्ती गर्नेहरू छन्, त्यस्तो अवस्थामा अनुगमन र दण्डबाहेक अरू उपाय छँदै छैन ।
असभ्यता अनेकौँ
अश्लील शब्दको प्रयोग
सार्वजनिक यातायातमा चालक र सहयोगी मात्र होइन, कतिपय यात्रु पनि मनपरी ढंगमा कुराकानी गरिरहेका भेटिन्छन् ।
दुव्र्यवहार
सवारी साधन र सडकमा समेत खास गरी महिलामाथि दुव्र्यवहारका हर्कत हुने गरेका छन् ।
ध्वनि प्रदूषण
चर्को स्वरमा गीत घन्काएर टोलछिमेक थर्कमान पार्नेहरू त भइहाले, सडकमा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गराउने पनि छन् ।
पार्किङ
जहाँ पायो त्यहीँ सवारीसाधन पार्किङ गरिएका हुन्छन् ।
आकाशेपुलको अपहेलना
मानिस आकाशेपुल मुन्तिरबाटै बाटो काटिरहेका देखिन्छन् ।
शौच
बाटो छेउछाउमै शौच गर्ने लगभग परम्पराजस्तै बनेको छ ।
धूम्रपान
सार्वजनिक स्थान, बाटोघाटो र कहिलेकाहीँ सार्वजनिक यातायातमा समेत चुरोट पुत्याइरहेका दृश्य सामान्य हुन् ।
तोडफोड
सार्वजनिक सम्पत्तिमा हानि पुर्याएर आफ्नो आक्रोश अभिव्यक्त गर्ने प्रवृत्ति आन्दोलनका क्रममा बढी देखिन्छ ।
फोहर
नदी किनार या सडकमा फोहर मिल्काएर हिँड्ने प्रवृत्ति छ । थुक्दै हिँड्नेको कमी छैन । घरमा पालेका कुकुरलाई सडक र सार्वजनिक स्थलमा ल्याएर मलमूत्र त्याग्न लगाइन्छ ।
जेब्रा क्रसिङमा अटेरी
मोटरसाइकल, कार, बस र माइक्रो रोकिँदैनन् । यात्रुले धेरै बेर पर्खिनुपर्छ ।

काठमाडौं : राजधानीको तीनकुने सडकमा सोमबार राति ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएकी उदयपुरकी २० वर्षीया निशा बस्नेतको निधन भएको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको निधन भएको हो।उनको साँझ आठ बजे पुलमा दुर्घटना भएको थियो।
ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक पोषराज ढकालका अनुसार तीनकुनेबाट नयाँ बानेश्वरतर्फ गुडिरहेको ना२ख ९६८४ नम्बरको ट्रकले सोही दिशामा गइरहेको बा५६प ६८६१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। 'घटनाको प्रकृति हेर्दा ट्रकलाई ओभरटेक गर्न खोज्दा दुघर्टना भएको जस्तो छ', उनले भने, 'ओभरटेक गर्ने क्रममा ट्रकले स्कुटीलाई ठक्कर दिएको थियो।ठक्करबाट स्कुटीसहित बस्नेत ढलेकी थिइन्।
प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करबाट लडेकी बस्नेतलाई ट्रकको अघिल्लो भागले घिसार्दै ५० मिटरसम्म लगेको थियो। बस्नेतको तिघ्रा र पेटमा गम्भीर चोट लागेको थियो। अन्नपुर्ण पोष्टबाट साभार

काठमाडौं, २३ कात्तिक । भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तरुढ भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले कात्तिक २१ देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।
भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेटवार्ता गरेका हुन् । छलफलका विषयमा भने उनले विस्तृत बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतसँग पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।