गाईको पिसाब पिउन बिहान् देखी भिड

प्राय गाईको पिसाबलाई  हिन्दु धर्मावलम्बीहरुले   मृत्यु तथा शुतक परेका बेला चोख्याउन गहुँतको रुपमा प्रयोग एबम पिउने गरिन्छ । तर, भारतको आग्रामा भने क्यान्सरलगायत रोग निको हुने भनी  गाईको पुच्छरनेर बिहानैदेखि भीड लाग्ने गर्छ । हातमा गिलास लिएका उनीहरु कतिखेर गौमाताले पुच्छर उचाल्छिन भनेर कुरेर बसिरहेका हुन्छन् । गाईले पिसाव गर्ने बेलामा मानिसहरु गिलास लिएर थाप्न पुग्छन र पानी झैँ घटघटि पिउँछन् । यसरी गाइको पिसाब पिउनाले रोग नलाग्ने विश्वाश रहेको छ । भारतको आग्रामा सिंघलले अन्य मानिसहरुको समाुन्नेमा गाईको पिसाव गिलासमा थापी  बिना कुनै हिचकिचाहट घटघटि पिउने गर्छन् ।  उनले गाईको पिसाव पिउनकै लागि मानिसहरु आउने गरेको सुनाउछन  ।यसरी गाइको पिसाब पिउन आउनेको सङ्ख्या बढ्दो छ । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.