साउदी अरबको मृत्युदण्ड दिइने चोकमा पुग्दा..

दोहा, श्रावण ३ - साउदी अरबमा मृत्युदण्ड सजाय दिइने ठाउँ हो धिरा। सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे त्यहाँ अदालतको फैसला कार्यान्वयन गरिन्छ। त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्। साउदीको राजधानी रियादको व्यस्त ठाउँ हो धिरा। चहलपहल बाक्लै छ। नेपालीहरूको मिलन केन्द्र भनिने बथाह सहर नजिकै पर्छ। घरगाउँबाट ल्याइदिएको कोसेली पुर्‍याउन र बिदामा जानेलाई परिवारका लागि मोबाइल, कपडा र अग्ला अग्ला टावरमुनि खिचेका तस्बिरहरू पठाउन नेपालीले भेट गर्ने थलो हो त्यो। ‘बिदाको दिन साउदीमा टाढा टाढा छरिएका साथीभाइ भेटिने थलो बथाह हो,’ सिन्धुपाल्चोकका हरिराम श्रेष्ठले भने, ‘न्याय नपाए गोरखा जानु भनेजस्तै, नेपाली नभेटिए बथाह जानु भन्ने उखान छ।’


यही ठाउँमा भरतपुरका कृष्ण थापाले १७ वर्षअघि खोलेको होटलमा नेपाली खाना र म:म खानेको भीड जतिखेरै लाग्छ। चिठीपत्रदेखि पार्सलसम्म त्यही होटलमा आइपुग्छ। रुकुम, खलङ्गाका शरदकुमार शर्माले साउदी—नेपालको टिकट काट्न ट्राभल चलाएका छन्। नवलपरासी, गैंडाकोटका पर्शुराम मिश्रले ढाकाटोपी, दौरासुरुवाल बेच्ने फेन्सी खोलेका छन्। नजिकै काटमाडौं पेप्सीकोलाको विदुर कोइरालाको सगरमाथा म:म पसल छ। वरिपरि नेपालीलाई कपडा बेच्ने पसलको पनि लस्कर छ। ‘बथाह आएपछि आफ्नै गाउँसहर आएजस्तो लाग्छ,’ १३ वर्षदेखि साउदीमा कार्यरत विराटचोक—८ का डोरबहादुर कार्की भन्दै थिए, ‘दु:खसुख पाएका नेपाली भेटिने संगमस्थल हो। यहाँ नेपालीपन पाइन्छ। दिनभर साथीहरू दु:खसुख कुरा गर्छन्। गाउँघरको तिर्सना मेटछन्। साँझ परेपछि म:म, नेपाली खाना खान्छन््। फेरि कामका लागि क्याम्प फर्किन्छन्।’

आँट भएका नेपाली भने दिउँसोतिर धिरातिर लाग्छन्। मृत्युदण्ड सजाय सुनाइएकालाई काट्ने, फाँसी दिने, जलाउने, गोली हान्ने, ढुंगाले हिर्काउने र कोर्रा लगाउने ठाउँ धिरा हो। स्थानीय नागरिक र आप्रवासी नागरिकको बाक्लो उपस्थिति रहने हुदाँ सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे अदालतको फैसलाअनुसार मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ। ‘पहिला पहिला युवावस्थामा

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.