मनिषा कोईराला लण्डनको च्यारिटीमा

बेलायतमा आयोजना भैरहेको 'लण्डन इन्डिएन फिल्म फेस्टिवल अवार्ड' अन्तर्गत नेपालको भूकम्प पीडितको सहयोगार्थ हुने 'च्यारिटी गाला फर् नेपाल'मा चर्चित अभिनेत्री मनिषा कोइराला उपस्थिती हुने भएकी छिन्। जूलाई २१ को साँझ हुन गैरहेको सो कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालको भूकम्प पीडितलाई जाने छ।

समारोहको प्रायोजक म्यारी डूगनले भनिन्, 'यो भव्य उत्सवबाट उठेको शत प्रतिशत रकम भूकम्पले भत्किएका नेपालका घरहरुमा पुग्ने छ'


'ग्रैन्ज सेन्ट् पाउल होटेल'मा हुन गैरहेको सो बिशिष्ट समारोहमा मनिषा कोइराला अभिनित 'बम्बे' फिल्मको बिशेष प्रदर्शन गरिने छ। बिश्व प्रशिद्ध सेन्ट् पौल गीर्जाघर छेउमै रहेको पाँच तारे होटलको उत्कृष्ट साँझमा बलिवूड सिने जगतका हस्तीहरु नै अनुपम आकर्षणको केन्द्र हुने छन्। सर्वसाधारण सहभागीताको लागि टिकटको ब्यवस्था गरिएको सो साँझ बिशिष्ट रात्री भोजको मनोरमतामा सजिने छ।

मनिषामय यो सन्ध्या प्राकृतिक प्रकोप क्षेत्रका बालबालिकाहरुको राहतमा कार्यरत 'इन्डियन ओसन डिजास्टर रिलीफ' (आई.ओ.डी. आर)ले 'दिल से' चलचित्रको पनि बिशेष प्रदर्शन गर्ने छ। शाहरुख खान र मनिषा कोइरालाको प्रमुख भूमिका रहेको प्रेमकथामा आधारित १९९८ को सुपरहिट 'दिल से' नै बेलायतको 'बक्स अफिस'को उच्च १० स्थानमा पर्न सफल पहिलो हिन्दी फिल्म हो। यसरी अन्तराष्ट्रिय रेकर्ड बनाएको सो चलचित्रले मनिषा कोइरालालाई अभूतपूर्व सफलताको शिखर चढाएको थियो। सो चलचित्रका निर्देशक मणी रत्नमको पनि समारोहमा उपस्थिती रहनेछ।

नेपाली चलचित्र 'फेरी भेटौंला'बाट शुरु भएको उनको यात्रा बम्बे, दिल से जस्ता सुपरहीट हिन्दी चलचित्र सम्म पुग्यो। पछिल्लो समय नेपालमै बसोबास गरिरहेकी मनिषा कोइरालाको जीवनमा तत्पश्चात धेरै आरोह अवरोहहरु आए। बिशेष गरेर क्यान्सरसँग युद्ध जिते पछि उनको पुनर्जन्म भएको छ। निर्भीक र स्पष्ट वक्ताको रुपमा कहलिएकी उनलाइे भर्खरैमात्र संयुक्त राष्ट्र संघले 'ग्लोबल अफिसीयल फर् डिग्नीटी'को पगरी थम्याई दिएको छ। प्रजातन्त्रका अभियन्ता बिशेश्वर प्रसाद कोइरालाकी नातिनीले नेपालका भूकम्प पीडितको सहयोगार्थ आफ्नो अभियान शुरु गरेकी छिन् ।उनको लागि यो क्षण आफ्ना ती दिग्गज गुरुहरु र दौतरीहरुसँग अविस्मरणीय भेट हो भने मनिषालाई माया गर्ने सर्वसाधारण बेलायतवासी नेपालीहरुसँग बस्ने अर्को अवसर पनि।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.