साम्यवादी अधिनायकवादी मुलुककोरुपमा चिनिएको उत्तर कोरियामा आईतवार स्थानीय निकायको निर्वाचन भईरहेको छ । सन् २०११ मा नयाँ नेतृत्व सत्तामा आए यताको यो पहिलो स्थानीय निर्वाचन हो । हुन त उत्तर कोरियामा हुने जुनकुनै निर्वाचनप्रति विश्व समुदायले त्यति विश्वास गर्दैन । सञ्चार माध्यामहरुले उल्लेख गरे अनुसार सन् २०११ मा ३१ बर्षीय किम जोङ्ग उन सत्तामा आएपछि थोरै भएपनि केही परिवर्तन हुने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले गरेको थियो । तर नयाँ राष्ट्रपनि उनले यस अघिका नेतृत्वले जस्तै प्रजातान्त्रिक सुधारलाई अगाडि बढाउन चाहेनन् । आईतवार भईरहेको निर्वाचनमा प्रत्येक प्रान्त, सहर तथा स्थानीय निकायको लागि जनताले मतदान गरिरहेका छन् । चुनाव भनिएपनि जनताले स्वतन्त्ररुपमा मतदान गर्न पाउँदैनन् । त्यहाँको सत्ताले तोकेको उम्मेदवारलाईमात्र भोट दिनु पर्ने हुन्छ । उत्तर कोरियाको सत्तासिन कम्युनिष्ट पार्टीले तोकेको एक जनालाई मात्र जनताले मत दिनुपर्ने हुन्छ । त्यसकारणलेपनि उत्तर कोरियाको यस स्थानीय निर्वाचनलाई पश्चिमा सञ्चार माध्यमहरुले खुला नाटकको संज्ञा दिएका छन् । यस अघिको स्थानीय निवार्चन वर्तमान राष्ट्रपतिको पीता किम जोङ्ग इलको समयमा डिसेम्वर १७, २०११ मा भएको थियो । अति अनुदारभनि चिनिएका किम प्रतिपनि अमेरिका, बेलायत लगाएको पश्चिमा विश्व कहिल्यै सकारात्मक भएन् । सत्तारुढ पार्टीले तोकेको उम्मेदवारले ९५ प्रतिशत भोट सहित चुनाव जित्ने भएकोलेपनि पश्चिमा मिडियाहरुले उत्तर कोरियाको चुनावप्रति अत्याधिक नकरात्मक टिप्पणीहरु गर्दछन् । विश्वकै गरिव मुलुकहरुमध्ये पर्ने उत्तर कोरियामा सन् १९५३ मा कम्युनिष्ट सत्ता भए पश्चात आम जनता राजनीतिक, सामाजिक लगाएतका अधिकारहरुवाट वञ्चित रहदै आएका छन् । लाखौं जनता भोकमरीमा रहन वाध्य यस मुलकको सत्ताले अर्थतन्त्रको ठुलो हिस्सा आणविक हतियार निर्माणमा प्रयोग गरेको भन्दै पश्चिमा मिडियाहरुले आलोचना गर्दै आएका छन् ।
दोहा, श्रावण ३ - साउदी अरबमा मृत्युदण्ड सजाय दिइने ठाउँ हो धिरा। सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे त्यहाँ अदालतको फैसला कार्यान्वयन गरिन्छ। त्यो हेर्न आँटिला नेपाली पनि पुगेका हुन्छन्। साउदीको राजधानी रियादको व्यस्त ठाउँ हो धिरा। चहलपहल बाक्लै छ। नेपालीहरूको मिलन केन्द्र भनिने बथाह सहर नजिकै पर्छ। घरगाउँबाट ल्याइदिएको कोसेली पुर्याउन र बिदामा जानेलाई परिवारका लागि मोबाइल, कपडा र अग्ला अग्ला टावरमुनि खिचेका तस्बिरहरू पठाउन नेपालीले भेट गर्ने थलो हो त्यो। ‘बिदाको दिन साउदीमा टाढा टाढा छरिएका साथीभाइ भेटिने थलो बथाह हो,’ सिन्धुपाल्चोकका हरिराम श्रेष्ठले भने, ‘न्याय नपाए गोरखा जानु भनेजस्तै, नेपाली नभेटिए बथाह जानु भन्ने उखान छ।’
यही ठाउँमा भरतपुरका कृष्ण थापाले १७ वर्षअघि खोलेको होटलमा नेपाली खाना र म:म खानेको भीड जतिखेरै लाग्छ। चिठीपत्रदेखि पार्सलसम्म त्यही होटलमा आइपुग्छ। रुकुम, खलङ्गाका शरदकुमार शर्माले साउदी—नेपालको टिकट काट्न ट्राभल चलाएका छन्। नवलपरासी, गैंडाकोटका पर्शुराम मिश्रले ढाकाटोपी, दौरासुरुवाल बेच्ने फेन्सी खोलेका छन्। नजिकै काटमाडौं पेप्सीकोलाको विदुर कोइरालाको सगरमाथा म:म पसल छ। वरिपरि नेपालीलाई कपडा बेच्ने पसलको पनि लस्कर छ। ‘बथाह आएपछि आफ्नै गाउँसहर आएजस्तो लाग्छ,’ १३ वर्षदेखि साउदीमा कार्यरत विराटचोक—८ का डोरबहादुर कार्की भन्दै थिए, ‘दु:खसुख पाएका नेपाली भेटिने संगमस्थल हो। यहाँ नेपालीपन पाइन्छ। दिनभर साथीहरू दु:खसुख कुरा गर्छन्। गाउँघरको तिर्सना मेटछन्। साँझ परेपछि म:म, नेपाली खाना खान्छन््। फेरि कामका लागि क्याम्प फर्किन्छन्।’
आँट भएका नेपाली भने दिउँसोतिर धिरातिर लाग्छन्। मृत्युदण्ड सजाय सुनाइएकालाई काट्ने, फाँसी दिने, जलाउने, गोली हान्ने, ढुंगाले हिर्काउने र कोर्रा लगाउने ठाउँ धिरा हो। स्थानीय नागरिक र आप्रवासी नागरिकको बाक्लो उपस्थिति रहने हुदाँ सार्वजनिक बिदाको दिन प्राय: दिउँसो ४ बजे अदालतको फैसलाअनुसार मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ। ‘पहिला पहिला युवावस्थामा

बेलायतमा आयोजना भैरहेको 'लण्डन इन्डिएन फिल्म फेस्टिवल अवार्ड' अन्तर्गत नेपालको भूकम्प पीडितको सहयोगार्थ हुने 'च्यारिटी गाला फर् नेपाल'मा चर्चित अभिनेत्री मनिषा कोइराला उपस्थिती हुने भएकी छिन्। जूलाई २१ को साँझ हुन गैरहेको सो कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालको भूकम्प पीडितलाई जाने छ।
समारोहको प्रायोजक म्यारी डूगनले भनिन्, 'यो भव्य उत्सवबाट उठेको शत प्रतिशत रकम भूकम्पले भत्किएका नेपालका घरहरुमा पुग्ने छ'
'ग्रैन्ज सेन्ट् पाउल होटेल'मा हुन गैरहेको सो बिशिष्ट समारोहमा मनिषा कोइराला अभिनित 'बम्बे' फिल्मको बिशेष प्रदर्शन गरिने छ। बिश्व प्रशिद्ध सेन्ट् पौल गीर्जाघर छेउमै रहेको पाँच तारे होटलको उत्कृष्ट साँझमा बलिवूड सिने जगतका हस्तीहरु नै अनुपम आकर्षणको केन्द्र हुने छन्। सर्वसाधारण सहभागीताको लागि टिकटको ब्यवस्था गरिएको सो साँझ बिशिष्ट रात्री भोजको मनोरमतामा सजिने छ।
मनिषामय यो सन्ध्या प्राकृतिक प्रकोप क्षेत्रका बालबालिकाहरुको राहतमा कार्यरत 'इन्डियन ओसन डिजास्टर रिलीफ' (आई.ओ.डी. आर)ले 'दिल से' चलचित्रको पनि बिशेष प्रदर्शन गर्ने छ। शाहरुख खान र मनिषा कोइरालाको प्रमुख भूमिका रहेको प्रेमकथामा आधारित १९९८ को सुपरहिट 'दिल से' नै बेलायतको 'बक्स अफिस'को उच्च १० स्थानमा पर्न सफल पहिलो हिन्दी फिल्म हो। यसरी अन्तराष्ट्रिय रेकर्ड बनाएको सो चलचित्रले मनिषा कोइरालालाई अभूतपूर्व सफलताको शिखर चढाएको थियो। सो चलचित्रका निर्देशक मणी रत्नमको पनि समारोहमा उपस्थिती रहनेछ।
नेपाली चलचित्र 'फेरी भेटौंला'बाट शुरु भएको उनको यात्रा बम्बे, दिल से जस्ता सुपरहीट हिन्दी चलचित्र सम्म पुग्यो। पछिल्लो समय नेपालमै बसोबास गरिरहेकी मनिषा कोइरालाको जीवनमा तत्पश्चात धेरै आरोह अवरोहहरु आए। बिशेष गरेर क्यान्सरसँग युद्ध जिते पछि उनको पुनर्जन्म भएको छ। निर्भीक र स्पष्ट वक्ताको रुपमा कहलिएकी उनलाइे भर्खरैमात्र संयुक्त राष्ट्र संघले 'ग्लोबल अफिसीयल फर् डिग्नीटी'को पगरी थम्याई दिएको छ। प्रजातन्त्रका अभियन्ता बिशेश्वर प्रसाद कोइरालाकी नातिनीले नेपालका भूकम्प पीडितको सहयोगार्थ आफ्नो अभियान शुरु गरेकी छिन् ।उनको लागि यो क्षण आफ्ना ती दिग्गज गुरुहरु र दौतरीहरुसँग अविस्मरणीय भेट हो भने मनिषालाई माया गर्ने सर्वसाधारण बेलायतवासी नेपालीहरुसँग बस्ने अर्को अवसर पनि।

बेइजिङ, श्रावण २ - दलालमार्फत् चिनियाँ केटासँग बिहेको नाटक गरी चीनमा आएकी एकजना नेपाली युवतीलाई नेपाली दूताबासले उद्दार गरेर नेपाल फर्काएको छ । गत फेब्रुअरी ३ तारिखमा चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा आएर बन्दीको जीवन बिताइरहेकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्तन)लाई गत शुक्रबार उद्दार गरेर मलेसियएन एयरलाइन्सबाट काठमाडौँ पठाएको बेइजिङस्थित नेपाली दूताबासका तृतीय सचिव उत्तम घिमिरेले बताए ।
गत जनवरीमा नेपाली दलाल मार्फत सान्तोङका २५ वर्षीय वु फुसिङले कल्पनालाई विभिन्न प्रलोभवन देखाएर विभिन्न कागजमा सही छाप गराएर काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गराएका थिए । सोही कागजका आधारमा उनलाई चीनमा ल्याइएको थियो ।
नेपाली दलाल शेर्पेनी दिदी र चिनियाँ दलाल पापा (कल्पनाकै शब्दमा)ले उनलाई चीनमा गएपछि महिनाको एक लाख रुपैयाँभन्दा बढीको कमाइ हुन्छ भनेर फकाएका थिए । कल्पनाले भनिन्, ‘धनी मान्छे हो । ठूलो घर छ । श्रीमती भएर सँगै बस्नु पर्दैन । भिसा लिनका लागि मात्र बिहे गरेको हो । नेपालमा प्रशस्त पैसा पठाउन पाइन्छ भनेका थिए ।’ ग्रामीण क्षेत्रका गरिब किसान परिवारका वु फुसिङले कल्पनालाई विगत पाँच महिनाभन्दा बढी समयदेखि बन्दी जस्तै गरी घरमा थुनेर राखेका थिए । खान नदिएपछि उनले नजिकै पसलमा चाउचाउ किन्न जाँदा पनि पछि लागेर आउने र हप्कीदप्की गर्ने गरेको उनले बताइन् ।
काठमाडौँमा बालबच्चालाई नृत्यकला सिकाउने कल्पनासँगै पाँचजना नेपाली युवतीहरुले एकैचोटि चिनियाँ युवकहरुसँग बिहे गरेका थिए । बाँकी चारजना युवती चीनका अन्य प्रान्तमा रहेको तर उनीहरुको अवस्था कस्तो रहेको छ भन्ने बारेमा थाहा नभएको घिमिरेले बताए । चिनियाँ युवाले नेपाली केटी ल्याउन दलाललाई ६ देखि १० लाख रुपैयाँसम्म बुझाएको पाइएको र यो मानव तस्करी भएको घिमिरेले बताए । कल्पनालाई ल्याउन पनि वुले दलाललाई नौलाख रुपैयाँभन्दा बढी दिएको चिनियाँ प्रहरीलाई बताएका छन् ।
सामान्य शिक्षा मात्र पाएकी कल्पनाले भाषाको कठिनाइ र काम गर्न नजान्दा वु फुसिङले कुट्ने र बारम्बार शारीरिक र मानसिक पीडा दिने गरेका थिए । मोबाइलमार्फत इन्टरनेटमा बेइजिङस्थित नेपाली दूताबासको सम्पर्क खोजेर कल्पनाले आफूलाई थुनिएको र हिंसा गरिएको बताएपछि दूताबासले चिनियाँ परराष्ट्रमन्त्रालय र स्थानीय प्रहरीको सहयोगमा उनको उद्दार गरेको हो । दूताबासका घिमिरे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रतिनिधि र स्थानीय प्रहरी लिएर शुक्रबार सान्तोङ प्रान्तको युन्छन काउन्टीस्थित वु फुसिङको घरमा पुगेका थिए । नेपाली दूताबासको पहलमा चीनबाट नेपाली चेलीको उद्दार गरिएको यो पहिलो घटना हो ।

काठमाडौं,मंसिर २५ – नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।
आगामी महिनादेखि वृद्दि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ । समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्दि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमीक बढाउँदै आएको छ ।
नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् ।त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ,आजको नागरिक दैनिकमा खबर छ ।

विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।
एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।
आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।
मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।
फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।
source:tajakhabar
मलेसिया । मलेसियामा अब भुतपूर्व सेना प्रहरीले मात्रै सुरक्षा गार्डमा काम गर्न पाउने भएका छन् । त्यहाँको सरकारले नेपालबाट भुतपूर्व सैनिक र प्रहरीलाईमात्र लिने भएको हो ।
मलेसियाका प्रहरी प्रमुख तान श्री खलिद अबु बकरले सुरक्षा गार्डमा आउनेहरु सुरक्षा फौजमा भूतपूर्व आर्मी र प्रहरीलाई मात्र लिनुपर्ने बताएका हुन् ।
मलेसियामा बढ्दै गएको सुरक्षा गार्डको प्रभावलाई ध्यान दिँदै अब भूतपूर्व सिपाहीलाई मात्र मलेसिया ल्याउनुपर्ने खालिदले बताएका त्यहाँबाट प्रकाशित हुने द सन दैनिकले जनाएको छ ।
मलेसियामा पछिल्लो समयमा बढ्दो असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै प्रहरी प्रमुख बकरले भुपू सेना प्रहरीलाई मात्र सुरक्षा गार्डमा ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको जनाएका छन् ।
www.nepalsandesh.com
लक्ष्मण खनाल, शारजाह– यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।
नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।
मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।घट्नापश्चात शारजाह प्रहरीले केही बंगलादेशीसहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्ने नेपालीहरूमा मोरङका कृष्ण दाहाल, उदयपुरका हेमबहादुर राई, उदयपुरकै रोइत राई र केशब राई, गुल्मीका चन्द्रसिङ खत्री र कास्कीका शंकर नेपाली रहेको उदयपुरका भक्त राईले बताए ।
कतार, मंसिर ८ – न्युन तलबमा कार्यरत नेपाली सहित ७ सय कामदारले कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् । त्यसमा झन्डै छ सय नेपाली रहेको कान्तिपुर दैनिकमा खबर छ । कतारस्थित नेपाली दुताबासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् । ‘कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछ’, श्रम सहचारी लिलानाथ दाहालले भने,’उनीहरु यही तलबमा काम गर्ने पक्षमा छैन् ।’ ती कामदारहरुले न्युनतम तलब ६ सय रियालमा काम गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारले तोके बमोजिम ९ सय रियाल हुनुपर्ने बताएको छ । ‘६ सय रियाल निकै कम तलब भयो । यसले दैनिक खाना खाना ठिकै हुन्छ’, बर्दियाका नरेन्द्र थापा मगरले भने,’अब न्युन तलबमा काम गर्दिन् ।’ ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् । उनीहरु कतार फि्रल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् । कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन् । कम्पनीले कामदारले माग गरे बमोजिम तलब बढाउन नसक्ने बताएको छ । ‘हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं’, कम्पनीका म्यानेजर हमिद खानको भनाई उद्धत गर्दै श्रम सहचारी दाहालले भने,’बरु कामदार स्वदेश पठाउन तयार छौं ।’ नेपाल सरकारले लागु गरेको तलब यहाँका कम्पनीहरुले अझै दिने गरेको छैन् । कम्पनीले ती कामदारलाई पुर्नबिचार गर्न आग्रह गरेको छन् । कामदारको अबस्था आइतबार बिहान श्रमसहचारी दाहाल हडताल स्थानमा पुगेका थिए । त्यहाँ कतारका सरकारी अधिकारीहरु पनि पुगेका थिए । ‘काम निकै गार्हो हुन्छ । केही जोगाउन नसक्ने भए गरेर अर्थ हुदैन’, चार बर्षदेखि काम गर्दै आएका थापा मगरले भने,’बरु हामीलाई सकुशल घर पठाइदिनु नै बेस हुनेछ । यसमा हामी खुसी हुनेछौं ।’ उनीहरु काममा नफर्के कम्पनीले स्वदेश पठाइदिने छ ।ratopati.com
रामचन्द्र नेपाल
४ मंसिर, क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका सैयौं नेपालीहरुको शवमात्रै फिर्ता जाने गरेको छ ।
पछिल्लो चार महिनाको अवधिमा एक सय ६६ जना नेपालीको शव नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ ।
रोजगारीको शिलशिलामा यहाँ आएका नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गरेको छ ।४ मंसिर, क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका सैयौं नेपालीहरुको शवमात्रै फिर्ता जाने गरेको छ ।
पछिल्लो चार महिनाको अवधिमा एक सय ६६ जना नेपालीको शव नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ ।
मृतकको परिवारलाई क्षतिपूर्ति तथा दुर्घटना विमा उपलब्ध गराउनको लागि पहल भइरहेको बताइएको छ ।
५ हजार ७ सय ५५ नेपालीको उद्धार
नेपाली दूतावास मलेसियाले चार महिनाको अवधिमा ५ हजार ७ सय ५५ अवैधानिक अवस्थामा रहेका नेपालीहरुको उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
जुलाईदेखि अगष्ट सम्मका ३ हजार २ सय र मलेसिया सरकारले दिएको आममाफीको अवसर पारेर मलेसियामा कार्यरत कोपरासी इम्रिगेसनसँगको समन्वयमा थप अरुलाई उद्धार गर्न सफल भएको हो ।
यसैगरी जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७६४ जना नेपालीहरुको उद्धार गरेको छ । दूतावासले पहिलो चौमासिक विवरण सार्वजनिक गर्दै अझै पनि विभिन्न कारणले जेल परेका तथा अवैधानिक अवस्थामा रहेकाले पक्राउ परि जेलमा रहेको नेपालीहरु ३२२ तथा डिटेन्सन क्याम्पमा २३७ जना रहेको जानकारी दूतावासलाई प्राप्त भएको जनाइएको छ ।
यसैवीच, दूतावासले जेलमा रहेकाहरुको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ब्यक्ति तथा संघ संस्थाले दिएको टिकटवाट जेलमा रहेका ८३ जनालाई निःशुल्क रुपमा नेपाल फिर्ता पठाएको जनाएको छ ।
१७ वर्ष जेल सजायँ भाेगेका तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्र
लागू पदार्थ वेचविखन तथा ओसरपसारको अपराधमा दोषी ठहर भई विगत १७ वर्षसम्म इण्डोनेशियाको जेलमा सजायँ अवधि पुरा गरेका सत्यदेवी ५ धादिङका वुधे तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेको जनाएको छ । विभिन्न रोजगार कम्पनीहरुले पेश गरेका १६४२ मागपत्रहरु प्रमाणित भैसकेको उल्लेख गरिएको छ । source: onlinekhabar
झलकमान गन्धर्वले दशकौं अघि गाएको माथि उदधृत गीत छोरीको मृत्युको शोकमा इन्तु न चिन्तु हुँदै छोरीको मृतदेहको प्रतिक्षामा प्रतिक्षित रहेकी दाङकी सन्ध्या ओलीकी आमा शारदा ओलीको अहिलेको अवस्थासंग मेल खान पुगेको छ ।
गत अक्टोबर १९ तारिखका दिन वुवा आमा तथा दाई संग पूर्व घर सल्यान भई हाल दाङ तुलसीपुरमा बसोबास गर्दै आएकी सन्ध्या कुमारी ओलीले कतारमा आफु कार्यरत स्पोन्सरको घरमा प्रभात्कालिन ६ बजेको समयमा नै आत्महत्या गरिन् । उसो त नेपाल सरकारले कतार लगायत अन्य खाडी मुलुकमा हाउसमेडको रुपमा काम गर्न आउने नेपाली महिलाहरुको लागि करिव ६ महिना अघि देखि नै रोक लगाएको हो । यसका बावजुद पनि एजेन्ट तथा मेनपावरहरुले विभिन्न फर्जी प्रक्रियाबाट भारतको छानो प्रयोग गरी विदेश पठाउन यस्ता गिरोहहरु सक्रिय रहेको यो अर्को जिउँदो प्रमाण पनि हो ।
नेपालमा नै रहने मृतक ओलीका परिवारजनका चिनारु एजेन्ट हिरा बि.क.ले सन्ध्यालाई दिल्लीको छानो हुँदै ३ जुलाईका दिन कतार पठाएका रहेछन् । सन्ध्यालाई कतार पठाए बापत सन्ध्याको परिवारजन संग भने केहि पैसा नलिएको सन्ध्याका दाजु सुवास ओलीले फोनमा बताए ।
कतार आएपछि सन्ध्या एक भारतीय परिवारको घरमा बच्चा रेखदेख गर्ने र घरका अन्य काममा व्यस्त हुँदै आईरहेको उनका स्पोन्सर शिजो म्याथ्यु बताउँछन् । कतार आएको केहि समयमा नै सन्ध्याको शरीर भरि साना साना विविरा देखा पर्न थालेपछि चिकित्सकको जाँचपड्ताल पछि सन्ध्यालाई लुतो आएको र स्नायुहरु सुन्निएको बताएकोले उनलाई नेपाल फिर्ता पठाउनु नै बेस हुने चिकित्सकले सल्लाह दिएको म्याथ्युले बताए ।
सधै जसो फोनमा बाराम्बार कुरा गरिरहने उनी नेपाल नै फर्किनुपर्ने अवस्था आउने भयो भनी सन्ध्या कि त मानसिक रुपमा तनावमा आएर आत्महत्या गरेको हुन सक्ने कि त दिनहुँ फोनमा कुरा गर्ने कुनै व्यक्तिसंग उनको भावनात्मक रुपको प्रेम सम्बन्ध पनि हुन सक्ने उनका स्पोन्सरको अड्कलबाजी छ ।
उसो त म्याथ्यु दम्पती दुवै जना कतारको प्रतिष्ठित कम्पनीमा उच्च ओहोदामा काम गर्ने कारिन्दा रहेछन् । म्याथ्युकै भनाईमा उमेर बढाएर पासपोर्ट बनाए पनि उनी भर्खरै मात्र २० बर्षमा टेकेको सन्ध्याले उनलाई बताएकी थिइन् रे ।
१९ अक्टोबर विहान ६ बजे म्याथ्यु दम्पतीहरु घरमा नै रहेको अवस्थामा वाथरुमबाट एउटा निस्सासिदो किसिमको आवाज आएर हेर्न जाँदा सन्ध्याले वाथरुममा आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटेको उनीहरु बताउँछन् । त्यसको लगत्तै म्याथ्युले कतार पुलिसलाई कल गरेर जानकारी गराएको र जानकारीको १० मिनेट भित्र नै पुलिस आएर हेर्दा सन्ध्या वेहोस अवस्थामा रहे पनि मृत्यु नभएको प्रहरीले बताएको सुनाए ।
कतारको हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा लगेपछि चिकित्सकले सन्ध्यालाई मृत घोषणा गरिदिएको बताए । कतारको पुलिसले म्याथ्यु दम्पतीलाई कानूनी शंकाको घेरामा राख्दै हत्या वा आत्महत्या के हो भनी लामो पुछताछ र अस्पतालबाट प्राप्त मृतकको चिकित्सकीय मृत्यु प्रकृति बारेमा भिडाएर हेर्यो र दुवै मेल खाए पछि कतारको प्रहरीले घाँटीमा कसिलो बन्धनले गर्दा श्वाश प्रश्वाशमा अवरोध आएको कारणले गर्दा मृत्यु हुन गएको कागजी मुचुल्का तयार गरीदियो ।
अस्पताल तथा प्रहरीबाट प्राप्त सम्पुर्ण कागजात सहित कतार स्थित नेपाली राजदुतावासमा गई लाश पठाउने प्रकृया तयार भइसकेपछि दाङमा रहेका सन्ध्याका बुवा बिर बहादुर ओलीसंग फोनमा कुराकानी हुन थाल्यो । घटनाको दिनमा नै खबर पाएका सन्ध्याका बुवा बिर बहादुरले विदेशमा मर्यो भने त धेरै पैसा पाईन्छ । विना पैसा म छोरीको लाश बुझ्दिन । ५० लाख पाएमात्र मेरो छोरीको मृत्युको घाउ पुरिन्छ, उनले हाकाहाकी नै भने । यसो भन्दै विर बहादुरले फोन राखिदिए ।
सन्ध्याको बुवाबाट समस्याको निदान नहुने देखेपछि सन्ध्याको दाई सुवास ओलीसंग फोन सम्पर्क गर्दा सुवासले पनि सोही पैसाको कुरा निकाल्दै भने, विना पैसा लाश बुझ्दै नबुझ्ने र वुवा विर बहादुर भारत तर्फ नै धेरै बस्ने हुँदा बुवाको नाममा हैन आफ्नो नाममा पठाईदिनुपर्ने र आफ्नो नाममा पैसा पठाएमा २० लाख मात्र पाए पनि आफुले बहिनीको सम्पुर्ण सतगत गर्ने जनाए ।
अन्त्यमा सन्ध्याको आमा शारदा ओलीसंग सम्पर्क गर्दा उनले रुँदै भनिन् , कत्रो दुख गरेर हुर्काएकी छोरीको एक पटक मुख मात्र हेर्न पाए पुग्छ । काख गुमाएर पाएको लाख चाहिँदैन ।
मृतक सन्ध्याका जिवित तीन अभिभावकको तीन थरि कुराले गर्दा दुतावासले शव नेपाल पठाउन असहज भएको बताएको छ । कमसे कम परिवारजनले लाश बुझि पाउँ भनी पत्र दुतावासमा पठाएमात्र पनि हामीले तुरुन्त पठाउने थियौं, दुतावासका सहचारी केशवराज पन्थीले बताउनुभयो ।
आत्महत्या प्रकरणमा कतारको कस्तो कानूनी प्रावधान छ ?
कतारको हकमा मात्र नभै आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रकृति हेरी जीवन वीमा देखि लिएर राहत पाउन सक्ने अधिकारबाट बञ्चित रहने र स्पोन्सरलाई बाध्यकारी अवस्था सिर्जना गर्न पनि कानूनी छुट नरहेको गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद्का कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँ बताउनुहुन्छ । यस मुद्यालाई आफ्नो क्षेत्रबाट विशेष पहल गरिरहनुभएका मियाँले मृतकका आफन्तजनले पैसा नपाए लाश नबुझ्ने भनेर आफुलाई पनि पटक पटक यस्तो अभिव्यक्ति दिनु उहाँहरुप्रति आफ्नो छोरी, बहिनी गुम्नुको पिडामा पोखिएको आक्रोश र क्षोभ नभै प्रलोभन मात्र रहेको बताउनुभयो । अझ आत्महत्या गर्ने क्रममा कथंकदाचित आत्महत्याकारी बच्न सफल भएमा यहाँको कानुन बमोजिम उक्त व्यक्तिलाई दण्डित गरिने कानूनी प्रावधान रहेको पनि उहाँले बताउनुभयो ।
सम्पुर्ण घटनाक्रम पछि सन्ध्याको शवलाई नेपाल पठाउने क्रममा विशेष पहल गरिरहनुभएका कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँले सन्ध्याका स्पोन्सर शिजो म्याथ्युले सन्ध्यालाई नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च, शव लिएर जाने एक जनाको लागि दुइ तर्फी टिकट, काठमाण्डौंबाट दाङ सम्म लाग्ने शववाहन खर्च र सतगतको लागि लाग्ने रकम दिन आफु पहिले बाट नै तयार रहेको बताउँछन् ।
आशा गरौं, सन्ध्याकी आमा शारदा ओलीको छोरीको मृत्यु खबरले ममताको आकाश उध्रिए पनि छोरीको मुख अन्तिम पटक हेर्ने अभिलाषा उनका श्रीमान् विर बहादुर ओली र छोरा सुवास ओलीले छिटै पुरा गर्नेछन् ।.rescuenewsonline.com
केही समयअघि लागुऔषधसहित बैंककमा पक्राउ परेका पूर्व युवराज पारस शाहले आफू पक्राउ पर्नुमा प्रेमिकाको हात छ भन्दै शंका गरेर गल्ती गरेको बताएका छन् । आफ्नो फेसबुकमा लेख्दै शाहले मनको साटो अरुको कुरा सुनेर आफ्नो महिला माथि आफूलाई फसाउन खोजेको भनेर शंका गर्नु गलत रहेको कुरा स्वीकार गरेका हुन् ।
पक्राउ परेपछि केही समय अघि मात्र पारसले आफ्नी प्रेमिका कन्निकाले नै आफूलाई फँसाएको भन्दै फेसबुकमा कुर्लेका थिए ।
उनले लेखेका छन्,
जब म मरिसकेको थिएँ, मेरी महिला कन्निकाले गर्दा नै म आज तपाईंहरुको माझ छु । उनको बोलीभन्दा कामले नै सबै कुरा स्पष्ट हुन्छ । जब उनी भाग्न सक्थिन्, उनी भागिनन् । मेरो मनलाई सँधै थाहा थियो उनी निर्दोष छिन् । तर, मैले मेरो मनलाई सुनिँन र मानिसहरुमाथि विश्वास राखें ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।
मैले अघिल्लो पटक फेसबुकमा लेख्दा म निकै तनाव थिएँ । मैले गरेको गल्तीको लागि म माफी माग्न चाहन्छु ।
पारसले आफूलाई फसाउँन ठूलै कनेक्सन भएकाहरु लागि परेको आरोप लगाएका छन् र तिनीहरुले नै आफूलाई आफ्नो प्रेमिका माथि शंका गर्न बाध्य पारेको बताएका छन् । आफूलाई फँसाउन खोज्नेहरुले आफू नेपाल नफर्कोस भन्ने चाहेको भएर आफ्नो पक्षमा एक पनि साक्षी नरहोस् भनेर आफ्नै प्रेमिकामाथि शंका गर्ने वातावरण सृजना गरेको बताएका छन् ।
http://www.ratopati.com
गढीमाई मेलामा हुने अन्धाधुन्द पशुबली रोक्न फ्रान्सेली नायिका ब्रिजिट बार्डोटले राष्ट्रपति रामबरण यादवलाई खुला पत्र लेख्दै यस्तो क्रूर परम्परा रोक्न आग्रह गरेकी छिन्।
पशुअधिकार कर्मी यी नायिकाले पशुबलीको यो परम्परा रोकेर पुस्तौसम्मलाई शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रह गरेकी छिन्। 'गढीमाई देवी निर्दोष प्राणीको बलीमा खुसी हुन्छिन् र यस्तो क्रूर हिंसाबाट सम्वृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास गर्न सक्दिनँ,' उनले पत्रमा लेखेकी छिन्।
आफूले महामहिम राष्ट्रपतिलाई सन् २००९ मा लेखेको पत्रको कुनै जवाफ नपाए पनि आशा नत्यागेको र यसले सकारात्मक परिणाम ल्याउँला भन्नेमा विश्वस्त भएको ब्रिजिट बताएकी छिन्। गढीमाई मेलामा हुने पशुबली रोक्न नेपाल र विश्वकै पशुअधिकारकर्मीले आवाज उठाइरहेका छन्।
'दुई दिनको अवधिमा २ लाख ५० हजार राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतोमुसाको बली दिइने यो मेलालाई संसारले बेचैनीपूर्वक हेर्नेछ,' ब्रिजिटले लेखेकी छिन्, 'यस्तो अभ्यासले प्राचीन र क्रूर परम्परालाई मात्र प्रदर्शन गर्छ जुन यो संसारमा प्रचलनबाट हराइसकेको होला भन्ने मलाई लागेको थियो।'
विश्वका निम्ति यो अत्यन्तै रक्त पिपासु परम्परा भएको उल्लेख गर्दै फ्रान्सेली नायिकाले नेपालले प्राणीहरूलाई आघात नगर्ने सन्देश प्रवाह गरेर झन् धेरै आध्यामिक भावना फैलाउन सक्ने विश्वास पनि व्यक्त गरेकी छिन्।
'मास हिस्टेरिया'लाई उपयोग गर्न खोज्ने व्यवसायिक उद्देश्य बोकेको समूहलाई सरकारले वैधानिकता दिन नहुने आग्रह उनले गरेकी छिन्। 'त्यस्तै हो भने त सरकारले लागु औषध वा मदिरालाई वैधानिकता दिने पर्वको आयोजना गर्दा त झन् संसारभरिका 'भक्त'हरूलाई आकर्षण गर्न सक्छ,' उनले व्यंग्यात्मक शैलीमा लेखेकी छिन्।
भारतको गृह मन्त्रालयले नेपालमा पशु नलैजान छिमेकी चार जिल्लालाई आदेश दिएपछि त्यो रोकिएको चर्चा गर्दै हिमाञ्चल प्रदेश अदालतले समेत यसलाई निषेध गरिसकेको उनले उल्लेख गरेकी छिन्। 'यस्तो क्रूर परम्परा अन्त्य गर्न म महामहिमसँग विनम्र आग्रह गर्छु,' उनले पत्रमा लेखेकी छिन्, 'म यहाँलाई आश्वस्त गराउन चाहन्छु, यसले तपाईंको मुलुकमा सधैँ सम्पन्नता प्राप्त हुनेछ
।
'http://setopati.com/samaj/19838/
थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह फेसबुकमा स्टाटस लेख्न पछिल्लो समय सक्रिय छन् । केही दिनअघि गाँजा सहित पक्राउ परेर छुटे लगत्तै उनले फेसबुकमार्फत आफूलाई प्रेमिकाले फसाएको उल्लेख गरेका थिए ।
सोमबार फेरि उनले फेसबुकमा अर्को स्टाटस लेखेका छन् । आफ्नी प्रेमिका कन्निका चाइसानले फेसबुकमा राखेको कभर फोटोलाई शेयर गर्दै उनले लेखेका छन्ः
‘‘कि पछि लाग कि अघि बढ । केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन् । जति सक्यो छिटो यो कुरा अंगाल्न सक्यो भने जीवनलाई राम्रोतिर मोड्न सकिन्छ । तथ्यहरु सधैं तथ्य नै हुन्छन् । किनकी कसैलाई तथ्य मन मर्दैन । त्यसलाई परिवर्तन पनि गर्न सकिदैन’
पारसको यो स्टाटसमा लाइक र कमेन्ट गर्नेको संख्या थपिंदो छ ।

काठमाडौँ, कार्तिक २३ – वैदेशिक रोजगारीमा जाने कामदारसँग वैदेशिक रोजगार कम्पनीले लिने रकम बैंकिङ प्रणालीमार्फत लिन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा सभासद्हरूले वैदेशिक रोजगारीको क्रममा वैदेशिक रोजगार व्यवसायीले तोकिएकोभन्दा बढी रकम लिने गरेको तथा लिएको रकमको रसिद नदिने गरेको गुनासो आएको भन्दै समितिमा ध्यानाकर्षण गराएपछि बैंकिङ प्रणालीमार्फत कारोबार गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले वैदेशिक रोजगारीका लागि व्यवसायीले खटाउने ‘एजेन्ट’हरूको अनुमतिपत्र बनाई सोको विवरण समितिमा पठाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा बढीरहेको ठगीलाई नियन्त्रण गर्न, ठगी सम्बन्धी उजुरी दिनेलाई प्रोत्साहन दिन र ठगी सम्बन्धी उजुरीको छिटो छानवीन गरी टुङ्ग्याई सो सम्बन्धी प्रगति विवरण नियमित रूपमा समितिलाई उपलब्ध गराउन समेत बैठकले विभागलाई निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिए । सबै वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र प्राप्त सम्बन्धी कागजपत्र, उनीहरूको एजेण्ट, म्यानपावरको शाखा, उनीहरूले पठाएको कामदारको विवरण, कामदारसँग लिएको रकमको रसिद लगायतका विवरण वैदेशिक रोजगार विभागले लिई सो विवरणको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ । विभिन्न मुलुकमा अलपत्र अवस्थामा परेका शवहरू यथाशक्य चाँडो नेपाल ल्याई परिवारको जिम्मा लगाउनसमेत समितिले निर्देशन दिएको छ । आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले यस आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा १६ करोड १३ लाख ८८ हजार ६९३ दाबी रकमसहित ठगीका व्यक्तिगत ३२२ र संस्थागत ४७८ गरी जम्मा ८०० उजुरी परेको जानकारी दिए । उजुरीमध्ये संस्थागत ११६ को फरफारक गरिएको, ४२ वटा मुद्दा दर्ता भएको, वैदेशिक रोजगार विभागले ३५ वटा वैदेशिक रोजगार कम्पनीको कारोबार रोक्काको निर्णय गरेको जानकारी दिए । रासस - See more at: http://www.ratopati.com/2014/11/09/181128.html#sthash.7ssjgJru.Yk8YGyAn.dpuf
टोकियो । जापानमा फेरि एक नेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा करिब २० वर्षअघि जापान आएका ताराबहादुर पुनको उपचारका क्रममा शनिबार दिउसो मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला रिघा गाविस लाम्चे २ घर भएका पुनको ५ वर्षअघि फोक्सो र कलेजोको क्यान्सरको सर्जरी गरिएको थियो । पाँच वर्षपछि सोही रोग बल्झिएपछि तोसिमा अस्पताल इतावासीमा उपचार भइरहेको थियो ।
टोकियोमा परिवारसँगै बस्दै आएका ५२ वर्षीय पुनका श्रीमती एक छोरा र ४ छोरी रहेका छन् । उनको यही नोभेम्बर ११ तारिखमा अन्त्येष्टि गरिने परिवारले जनाएको
- See more at: http://www.nepalsandesh.com/2014/11/08/109160#sthash.Cqkly9Ja.t1zc6HyJ.dpuf
तनहुँ, कात्तिक २२– साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्टिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ । गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद गाविस वडा नं ३ भावर निवासी वर्ष ३१ की शोभा परियारलाई रु आठ लाख आठ हजार ८८८ सहयोग गर्न लागेको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष विष्णुसागर धमला विकेले जानकारी दिए । सञ्जालमा सङ्कलन भएको उक्त रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिन लागिएको उनले बताए । उक्त रकम शोभाको ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गर्न लागिएको बताइएको छ । साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो । तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो । उक्त घटना भएपछि हालसम्म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगबाट रु छ लाख ५० हजार सङ्कलन भइसकेको मृतक शोभाकी बहिनी रेखा परियारले जानकारी दिए । - See more at: http://www.ratopati.com/2014/11/08/180807.html#sthash.uaqUH154.pAEzxwOe.dpuf
काठमाडौं, २०कात्तिक । खाडीमा तर्तरी पसिनासँग श्रम साट्ने पतिहरु यता छाडेर गएकी पत्नीबारे सधैं चिन्तित हुने नै भए । त्यसमाथि सहरमा पति विदेसिएका पत्नी खोज्ने ‘ब्वाँसा’ बग्रेल्ती छन् । कसैले विदेशमा छिसिक्क सुनाइदियो ,‘तेरी पनि त्यस्तैमा लागेकी छ रे है !’ विचरो श्रम बेचुवा निम्छरो मरेतुल्य हुने नै भयो !
तर सबैका पत्नी यसरी बिग्रिदैनन् । कहिलेकाहीँ कसैको कुदृष्टि लागिदिँदा विदेश बस्ने पतिहरु भाउन्निएर बाँच्नुपर्ने हुन सक्छ । यस्तैमा परे, शिव भुजेल ,जो साउदी अरबमा उँट चराएर गुजारा गर्दै छन् । रामेछापको एउटा केटो छ, मंगल तामाङ । काम केही गर्दैन । पैसावालकी पत्नी सकेसम्म पति विदेशिएको वा वा यतै भएर पनि पतिलाई छल्दै ऐयासीमा लागेकाहरु खोज्दै हिँड्ने उनको एकसूत्रीय धन्दा हो । बसाईं जोरपाटीमा । बौद्धनिर आउँदा–जाँदा सलक्क ज्यान परेकी, न मोटी न दुब्ली ठिक्कको जिउडालकी सरिता लामा (नाम परिवर्तन)माथि आँखा पर्यो मंगलको । उनी एक्ली छन्, पति विदेशमा भन्ने कुरा मंगलले पहिल्यै अरु माध्यमबाट बुझिसकेको थियो । कोठा पत्ता लगाएपछि बाटो पारेर हिँड्न थाल्यो । आउँदा जाँदा भेटिने र भेटमा आज अलिकति ,भोलि अलि धेरै ,पछि अलि धेरै गर्दै कुराकानीको क्रम बाक्लियो ।
एक सातापछि मंगलले कतै खाजा खानका लागि अफर गरे । बौद्धकै एउटा रेष्टुरामा उनीहरुले खाजा खाए । केटोले रक्सी पियो । सरिताले पिउन मानिनन् । सरिताचाहिँ मोवाइलमा फेसबुक चलाइरहेकी थिइन् । जिस्किँदा जिस्कँदा सरिताको मोवाइल मंगलले चलाएजस्तो गर्यो । खासमा उसले सरिताको मोवाइलबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठायो । र आफ्नो मोवाइलबाट एसेप्ट गर्यो ।
यसपछि उनीहरुलाई फेसबुकले नजिक्याउन थाल्यो । अर्को कुनै एक दिनको भेटमा मंगलले उपाय रच्यो– सरिताको मोवाइलमा फेसबुकको पासवर्ड तलमाथि पारिदिने र एकाउन्ट ब्लक गरिदिने । उसले एकाउन्टमा नयाँ पासवर्ड राख्यो र आँफै चलाउन थाल्यो । यसबीचमा मंगलले सरितालाई अनेक भनेर जालमा पार्न खोज्यो तर उनले मानिनन् । त्यसपछि उसले सरिताको फेसबुकबाट उनको पतिलाई म्यासेज पठायो – यो हो मेरो प्यारो साथी । अब म तिमीबाट टाढा भए ।’ यति भनेपछि विचरो साउदीमा मरेतुल्य हुने नै भयो ।
त्यसपछि उसले श्रीमतीलाई फोन गर्यो ,श्रीमतीले अनविज्ञता प्रकट गरिन् । उनी नेपाल फर्किए र यसबारे बुझ्दै जाँदा मंगल दोषी भएको प्रहरीले पत्ता लगायो । हिजो मंगलबार अपराध महाशाखाले विद्युत्तिय कारोवार ऐन अन्तर्गत मंगललाई हनुमानढोकामा बुझाएको छ ।

नुवाकोट, कात्तिक १३ – घरेलु कामदारका रूपमा ओमन पुगेकी नुवाकोटकी एक युवतीलाई मालिकले यातना दिएको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेको छ । चारघरे गाविस–९ गौरीबेँसीकी २१ वर्षीया रिमा तामाङलाई काम गर्ने घरको मालिकले बन्दी बनाई यौनहिंसा गरी मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनको परिवारले उद्धार गरी सहयोग गर्न आग्रह गरेको हो । बुधबार विदुरमा आधिकारकर्मीहरूसँग छोरीको उद्धार गर्न पहलका लागि अनुरोध गर्न आएकी लक्ष्मीले फोनमा छोरीले रुँदै आफूलाई थुनेर राखेको, खाना खान नदिने, कुटपिट गर्ने गरेको भन्ने गरेको बताइन् । “मालिक र मालिकको चारवटा छोराले यौन शोषण गरेको, नमाने मार्ने धम्की दिने गरेका छन्, हामीले तँलाई किनेर ल्याएको भन्दै कुटपिट गर्छन् भन्दै छोरी रुन्छे,” लक्ष्मीले भनिन्, “छोरीलाई पठाउने सुशीलालाई समाउन पुलिसले वास्ता गरेको छैन । आफू केही जान्दिनँ । छोरी मर्छे कि भन्ने पिर लाइरा’छ । हजुरहरूले बचाउन पहल गर्दिनुपर्यो ।” लक्ष्मीले रिमालाई विदेश पुर्याउने चारघरे गाविस–९ गौरीबेँसी माइती भई धादिङको धार्केमा घर भएकी सुशीला रिमाललाई झिकाएर कारबाही र छोरीको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिएकी छिन् । गत असार १२ गते राहदानी बनाउन सुशीलासँग सदरमुकाम जान्छु भनी गएकी रिमा त्यसपछि परिवारबाट सम्पर्कविहीन भएकी थिइन् । भदौ १५ गते एक्कासि ओमनबाट छोरीले बिलौना गर्दै फोन गरेकी आमा लक्ष्मीले बताइन् । रिमालाई फकाएर विदेश पुर्याउने सुशीलाले उल्टै फोन गरी धम्क्याउँदै ‘छोरीको बारेमा मलाई सोध्ने होइन’ भन्ने गरेको पीडित परिवारले बताएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका निरक्षर तामाङ परिवारले छोरीको उद्धारका लागि राजधानीको परराष्ट्र मन्त्रालय वा दूतावास कतै पुग्न सकेको छैन । तामाङ परिवारले रिमालाई तत्काल उद्धार गरी ज्यान बनाउन सरकारसमक्ष आग्रह गरेको छ । - See more at: http://www.ratopati.com/