कट्रिना कैफको ३२ औं जन्मदिनको समारोहमा रणविर कपुरले औंठी उपहार दिएका छन्। खबरअनुसार रणविरले कट्रिनालाई सरप्राइज पार्टी मात्र दिएनन् प्लाटिनमको औंठी पनि उपहार दिए । जुन औंठीमा ‘केके’ लेखिएको छ ।
बताइएअनुसार कट्रिनाका ब्वाइफ्रेण्ड रणविरले औंठी दिएर सम्बन्धलाई अझ औपचारिकताको घोषणा गरेका हुन् । उसो त यो जोडीले केही समयअघि आफूहरुले बिहे गर्न लागेको तर अहिले समय नभएकाले अर्को वर्ष गर्ने बताउँदै आएका थिए । उनीहरुको बिहे सन् २०१६ को अन्तिममा हुन सक्ने पनि आँकलन गरिएको छ ।
सन् २०१० मा रिलिज भएको ‘अजब प्रेमकी गजब कहानी’ बाट सुरु भएको मित्रताले औपचारिकता पाउँदै गएको थियो । मिडियामा कयौं उतारचढाव आएको बताइए पनि उनीहरु हाल मुम्बईमा ‘लिभ–इन रिलेसनसिप’ छन् ।
करियरले सिँढी चढ्दै गर्दा कट्रिना सलमान खानको प्रेमिका भनेर चिनिएकी थिइन् भने रणविरका पूर्वप्रेमिका दिपिका पादुकोणको पनि रणविर सिंहसँग बिहे हुने हल्ला चुलिँदो छ ।

अमिर खान सलमान खानले 'बजरंगी भाईजान'मा गरेको अभिनय देखेर भावुक भएका छन्।
शनिबार राति आफ्ना केही साथीसहित छोरी इरा र भाई फैजलसँग फिल्म हेर्न लाइट बक्स थिएटर पुगेका थिए। फिल्म हेरेपछि सलमान खानको अभिनय देखेर उनी भावुक मात्र होइन रोएका पनि थिए।
फिल्म सकिएपछि उनलाई बाहिर निस्किएको बेला आँसु पुछिरहेको तस्विर भारतीय मिडियामा आएको छ। यसअघि नै उनले 'बजरंगी भाईजान' को तारिफ गर्दै ट्विटमा यो फिल्मलाई सलमान खानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताएका थिए।
यसैबीच अमिरले आफ्ना शुभचिन्तकलाई 'बजरंगी भाईजान' एकपटक हेर्न आग्रहसमेत गरेका छन्। अमिरले ट्विटमा फिल्म निर्देशक, फिल्मको कथाबस्तुकोसमेत तारिफ गरेका छन्।
उनले फिल्ममा अभियन गरेकी बाल कलाकार शाहिदा उर्फ मुन्नी उर्फ हर्षालीको पनि तारिफ गरेका छन्।
शुक्रबार रिलिज भएको फिल्म बजरंगी भाईजानले ६३ दशवमल ७५ करोडको कमाइ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन र रेखालाई लामो समयपछि एउटै फिल्ममा देख्न पाइने भएको छ । यी दुईले बन्दै गरेको फिल्म ‘समिताभ’ मा काम गरेका छन् । यद्यपी यी दुवै एकैसाथ भएको एउटै दृश्य फिल्ममा छैन ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिताभले फिल्ममा रेखा र आफू एकैठाउँ देखा परेको एउटै दृश्य नभएको जानकारी दिए । फिल्ममा म र रेखा एकैठाउँ भएको एउटै सिन छैन । तर उनलाई र मलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने थाहा पाउन तपाईंहरुले फिल्म नै हेर्नुपर्ने हुन्छ ।
साथै अमिताभले रेखासँग फिल्ममा काम गर्ने इच्छा अझै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

एजेन्सी ।बलिउड अभिनेता सलमान खानलाई कहिलेकाँहि प्लेब्वाइ भनेर पनि चिनिन्छ । उनका प्रेमिका को को बने भन्ने हिसाव राख्न समेत गाह्रो छ । बलिउडका समकालीन सुन्दरीहरुको नाम कुनै नै कुनै रुपमा सलमानसँग जोडिन्छ नै ।यस्तै कुनै बेलाकी चर्चित सलमानकी प्रेमिका थिइन् क्याट्रिना कैफ । क्याट्रिनासँगको लामो समयको संगतपछि उनीहरुको ब्रेकअप भएको थियो ।तर अहिले आएर सलमानले क्याट्रिनाको नाममा खाएको कसमले भने बलिउडमा हल्ली खल्ली भएको छ । खासमा सलमानले क्याट्रिनासँग जीवन विताउने कसम खाएका होइनन् उनले क्याट्रिनासँग फिल्म नखेल्ने कसम खाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
क्याट्रिनालाई बलउडमा प्रवेश गराउने र सफल बनाउने श्रेय सलमानलाई जाने गरेको छ । सलमान र क्याट्रिनाले फिल्म पनि खेलेका छन् । तर अव भने सलमान र क्याट्रिनाको जोडी देख्न नपाइने हो कि भन्ने जस्तो देखिएको छ ।क्याट्रिनाको विषयमा सलमानले यस अघि धेरैपटक विवाद जन्माइसकेका छन् । सलमानले रणबीर कपुर र क्याट्रिनाबीचको सम्बन्धका विषयमा गरेको टिप्पणीले पनि बलिउडमा राम्रै चर्चा पाएको थियो ।

२०७१ पुष २६
मुम्बई । बलिउड चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले अहिलेसम्म अफयेरको खुलासा गरेका छैनन् । थुप्रै ठाउँमा उनीहरु सँगै देखिए पनि उनीहरुको सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन् ।
तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लागेको छ । यो जोडीले हालैमात्र लण्डनमा इंगेजमेन्ट गरेको छ ।
भारतीय संचारमाध्यमहरुले निकट पारिवारिक सूत्रको हवाला दिँदै गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुवीच इंगेजमेन्ट सम्पन्न भएको दावी गरेका छन् ।
कैट क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् । पछि रणबीर पनि न्यूयोर्क जाने क्रममा लण्डन पुगे र त्यहीँ उनीहरुवीच इंगेजमेन्ट भयो ।
हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ

रणवीर पुगेको केही दिनमै उनका बाबु ऋषि कपुर र आमा नितु कपुर पनि सुटुक्क लण्डन पुगेको समाचारमा दावी गरिएको छ ।
सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटेको बताइएको छ ।
टाइम्स अफ इन्डियाका अुनसार रणवीर र कैट यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे । त्यसअघि पाइपलाइनमा भएका आफ्ना सकाउने उनीहरुको योजना थियो ।
बलिउड मन्त्र डटकममा छापिएको समाचार अनुसार मगनी समारोह क्याटरिनाको परिवारले आयोजना गरेको थियो । अन्य केही पत्रिकाले रणबीर र कैट सँगै अयान मुजर्खी न्युर्योर्कको स्ट्याडण्र्ड हेडलमा नया वर्षको उत्सबमा सहभागी भएको तस्बिर पनि छापेका छन् ।
तर, अहिलेसम्म रणवीर, कट्रिना र उनीहरुका परिवारका सदस्यले यसबारे सार्वजनिकरुपमा केही बोलेका छैनन् ।
मुम्बई । बलिउड चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले अहिलेसम्म अफयेरको खुलासा गरेका छैनन् । थुप्रै ठाउँमा उनीहरु सँगै देखिए पनि उनीहरुको सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन् ।
तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लागेको छ । यो जोडीले हालैमात्र लण्डनमा इंगेजमेन्ट गरेको छ ।
भारतीय संचारमाध्यमहरुले निकट पारिवारिक सूत्रको हवाला दिँदै गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुवीच इंगेजमेन्ट सम्पन्न भएको दावी गरेका छन् ।
कैट क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् । पछि रणबीर पनि न्यूयोर्क जाने क्रममा लण्डन पुगे र त्यहीँ उनीहरुवीच इंगेजमेन्ट भयो ।
हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ
हालै फराह खानको पार्टीमा सहभागी हुँदा कटि्रनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ
रणवीर पुगेको केही दिनमै उनका बाबु ऋषि कपुर र आमा नितु कपुर पनि सुटुक्क लण्डन पुगेको समाचारमा दावी गरिएको छ ।
सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटेको बताइएको छ ।
टाइम्स अफ इन्डियाका अुनसार रणवीर र कैट यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे । त्यसअघि पाइपलाइनमा भएका आफ्ना सकाउने उनीहरुको योजना थियो ।
बलिउड मन्त्र डटकममा छापिएको समाचार अनुसार मगनी समारोह क्याटरिनाको परिवारले आयोजना गरेको थियो । अन्य केही पत्रिकाले रणबीर र कैट सँगै अयान मुजर्खी न्युर्योर्कको स्ट्याडण्र्ड हेडलमा नया वर्षको उत्सबमा सहभागी भएको तस्बिर पनि छापेका छन् ।
तर, अहिलेसम्म रणवीर, कट्रिना र उनीहरुका परिवारका सदस्यले यसबारे सार्वजनिकरुपमा केही बोलेका छैनन् ।
एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन र रेखालाई लामो समयपछि एउटै फिल्ममा देख्न पाइने भएको छ । यी दुईले बन्दै गरेको फिल्म ‘समिताभ’ मा काम गरेका छन् । यद्यपी यी दुवै एकैसाथ भएको एउटै दृश्य फिल्ममा छैन ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिताभले फिल्ममा रेखा र आफू एकैठाउँ देखा परेको एउटै दृश्य नभएको जानकारी दिए । फिल्ममा म र रेखा एकैठाउँ भएको एउटै सिन छैन । तर उनलाई र मलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने थाहा पाउन तपाईंहरुले फिल्म नै हेर्नुपर्ने हुन्छ ।
साथै अमिताभले रेखासँग फिल्ममा काम गर्ने इच्छा अझै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिताभले फिल्ममा रेखा र आफू एकैठाउँ देखा परेको एउटै दृश्य नभएको जानकारी दिए । फिल्ममा म र रेखा एकैठाउँ भएको एउटै सिन छैन । तर उनलाई र मलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने थाहा पाउन तपाईंहरुले फिल्म नै हेर्नुपर्ने हुन्छ ।
साथै अमिताभले रेखासँग फिल्ममा काम गर्ने इच्छा अझै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ
बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले महिलालाई सेक्स गरेर मजा लिने चिजकोरुपमा मात्र नहेर्न चेतावनी दिएकी छिन् । भारतमा बढीरहेको महिला हिंसातर्फ इङ्गित गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।
बलिउड हंगामा डटकमलाई अन्तरवार्ता दिँदै प्रियंकाले महिला र पुरुषलाई समान दृष्टीले हेर्नु पर्ने बताइन् । महिलालाई सेक्सको मजा लिने चिजकोरुपमा हेर्न नहुने उनको भनाइ छ । भारतमा पुरुषको मानसिकता परिवर्तन गर्न जरुरी रहेको उनले बताएकी छिन् । बलात्कारका घटना बढ्नु पुरुषको कमजोर मानसिकताको उपज भएको उनको भनाइ छ । 'महिला केवल सेक्स र किचनका लागि बनेका होइनन्' उनले भनिन् । पुरुषको मानसिकता नबदलिए सम्म वलात्कारका घटनामा कमी नआउने उनको भनाइ छ । एजेन्सी ।

सलमान खान र ऐश्वर्या रायको प्रेम प्रसंग बलिउडमा सबैभन्दा चर्चित प्रेम सम्बन्ध मानिन्छ । उनीहरुको ब्रेकअप समेत उत्तिकै चर्चा भयो । उनीहरुको ब्रेकअप भएर ऐश्वर्याको विवाह भएको समेत ७ वर्ष भैसकेको छ । तर सलमानको नाम लिँदा ऐश्वर्यालाई अहिले पनि टाउको दुख्छ ।
भारतको एक अखवारले हालै पनि विदेशमा एक कार्यक्रममा उपस्थित ऐश्वर्या सलमानको नाम आएपछि रिसाएर झर्किएको खुलासा गरेको छ । ऐश्वर्या शारजाहमा एशियाभिजन मूवी अवार्ड्समा सहभागी हुन पुगेकी ऐश्वर्या कसैले सलमानको नाम लिएपछि असहज मात्र भइनन् रिसाइन् पनि । समारोहमा ऐश्वर्यालाई ‘आइकन अफ इण्डियन सिनेमा’ अवार्ड दिइएको थियो । सलमान जाने भनेपछि दुवइ समेत जान अस्वीकार गरेकी ऐश्वर्याले सलमान खान नभएर मलयालम फिल्मका स्टार दुलकेर सलमान रहेको थाहा पाएपछि मात्र उनी त्यहाँ जान तयार भएको बताइएको छ ।

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजेन औपचारिक रुपमा नै एक अर्कासंग छुट्टिएका छन |ऋतिक र सुजेन छुटिए संग उनीहरु आफ्नो आफ्नी जीवनमा रमाउन थालेका छन |
सुजैन खानले रितिक लाइ छोडेसंगै अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएको छ | आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको पनि हल्ला चलिरहेको छ । ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए ।
पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ । तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक संजालमा पनि मिडियालाई अनावस्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बलिउडका बादशाह भनिने शाहरुख खानलाई उनकै घर मन्नतमा छिर्न दिएनन् त्यो पनि उनकै गार्डले । यस्तो सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो फिल्म शुटिङको दृष्य हो । शाहरुख खानले पछिल्लो समय अपकमिङ फिल्म ‘फ्यान’ को शूटिङ गरिरहेका छन् ।
यही चलचित्र शुटिङ्का क्रममा आफ्नै बंगला मन्नतमा छिर्न खोज्दा गार्डले रोकेको दृष्य यतिबेला मिडियाका लागि मसला बनेको छ । शाहरुखलाई आफ्नै सुरक्षा गार्डले घर जान नदिएको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भारइल बनेको छ । शाहरुख अभिनित चलचित्र ‘फ्यान’ आदित्य चोपडाले प्रोड्युस गरिरहेका छन् । यो फिल्ममा एक फ्यानको भूमिकामा छन् । एजेन्सी

एजेन्सी । एक्सन किङ पनि भनेर चिनिने बलिउडका चर्चित अभिनेता रजनीकान्तले फिल्म लिंगाको एक दृश्यमा भूमिका निभाउन निकै मुस्किल परेको बताएका छन् । उनले निभाएको भूमिका भने कुनै खतरनाक एक्सन–सिन थिएन । खालि, हिरोइन् सोनाक्षी सिन्हासँग रोमाञ्चक गीतमा नाच्नु थियो । तर, यसैलाई रजनीकान्तले आफ्ना लागि निकै गाह्रो काम भएको बताएका हुन् । उनले सोनाक्षीसँग नाच्न जति मुस्किल त पहिलोपटक क्यामेराको सामना गर्दा पनि नभएको बताएका छन् ।
‘तमिल फिल्म लिंगामा मेरो को–स्टार सोनाक्षी सिन्हा छन् । उनी मभन्दा निकै कम उमेरकी हुन्,’ रजनीकान्त भन्छन्, ‘मजस्तो ६० वर्षीय अभिनेतालाई सबैभन्दा ठूलो सजाय हो— युगल गीत । जसमा भूमिका निभाउन मलाई चलिरहेको रेलमा स्टन्ट गर्नुभन्दा बढी गाह्रो भएको थियो । सोनाक्षी बच्चै हुँदादेखि मैले उनलाई चिनेको हुँ । उनी मेरा छोरीहरुसँगै हुर्केकी हुन् । र, मैले शत्रुघ्न सिन्हालाई मित्र मान्छु । त्यसैले सोनाक्षीसँग रोमान्टिक मुडमा नाच्न मलाई धेरै मुस्किल प¥यो ।’
केएस रवि कुमार निर्देशित फिल्म लिंगा १२ डिसेम्बरदेखि प्रदर्शन हुँदै छ । यही दिन रजनीकान्तको जन्मदिन पनि हो ।
शाहरुख खान अहिले यशराज ब्यानरको फिल्म 'फ्यान' को सुटिङमा ब्यस्त छन । सुन्नमा आएको छ कि यशराज ब्यानरका मालिक आदित्य चोपडाले उनको नयाँ फिल्म 'धुम ४' को लागि शाहरुख खानलाई अप्रोच गरेका छन ।
सुत्रका अनुसार आदित्यले शाहरुखसँग 'धुम ४' फिल्ममा अभिनयको लागि कुराकानी शुरु गरेका छन । शाहरुखले भने विचार गर्नको लागि आदित्यसँग केही मागेका बताइएको छ ।
शाहरुखले आफ्नो जन्मदिनको पार्टीमा 'धुम' जस्तो फिल्ममा आफू पनि जोडिन चाहेको बताएका थिए । शाहरुख खानका प्राय सबै फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको बेला अब अर्को धुमको लागि शाहरुख तयार हुन्छन कि हुदैनन् यो भने शाहरुखको जवाफबाट नै थाहा होला। एजेन्सी

मुम्बई । अभिनेत्री एवं निर्मात्री पूजा भट्ट र उनको श्रीमान मनीष मखिजाको सम्बन्ध बिच्छेद भएको छ । विवाह गरेको ११ वर्षपछि सम्बन्ध बिच्छेद गरेको जानकारी पूजाले ट्वीटर मार्फत दिएकी थिइन् । पूजाले ट्वीट गर्दै भनेकी छिन् ‘जो हाम्रो वारेमा चिन्ता गर्नुहुन्छ, म उहाँहरुलाइ जानकारी दिन चाहन्छु श्रीमान र मैले बिबाह गरेको ११ वर्षपछि अलग हुने निर्णय गर्यौं ।
आगामी दिनमा पनि एकअर्कार्विच सौहार्दपूर्ण ब्यबहार गर्ने धारणा राख्दै पूजाले भनेकी छिन् ‘अब पनि हामी एकअर्काको सम्मान गर्छौं ।’ पूजा र मनिषले सन् २००३ मा बिबाह गरेका थिए । हिन्दी फिल्म ‘पाप’को सुटिङका क्रममा उनिहरु नजिक भएका थिए । पूजा प्रसिद्ध निर्देशक महेश भट्टको छोरी हुन् भने मनिष मुम्बमा रहेको एक रेष्टुरेन्टका मालिक हुन् ।

बलिउड सुन्दरी श्रद्धा कपुरले ट्वीटरबाट आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।
यस अघि 'आशिकी 2' का सहकर्मी कलाकार आदित्य रफय कपूरसँग नाम जोडिएपनि सम्बन्ध नखुलेको अवस्थामा श्रद्धाले ट्वीटरमार्फत प्रेमको खुलासा गरेकी हुन् ।
उनले ट्वीटरमा भनेकी छिन्, 'ओके, रोमान्चक समय आउँदैछ । मलाई लाग्छ म प्रेममा परेकी छु' ।
श्रद्धाले आफूको सँग प्रेममा परेको भनेर खुलाएकी छैनिन् ।

सलमान खानले आइतबार आफ्नी आमाको जन्मदिनमा भव्य पार्टी दिए ।
सलमानले आफ्नी भर्खरै विवाह गरेकी बहिनी अर्पिताको घरमा सर्पराइज पार्टी दिएका हुन् ।
पार्टीमा सलमानकी आमा सलमा हेलन र बाबु सलीम खानसँगै थिए ।
सलमान खानका भाइबुहारी सोहेल खान, अरबाज खान लगायतका पारिवारिक सदस्यको जमघट नै थियो ।

बलिउड सेलिब्रेटी सलमान खान आइतबार देशकै सबै भन्दा धनाड्य परिवारकी महिला नीता अम्बानीसँग देखिए । उनी मुम्बइको बांद्रास्थित फुटवल मैदानमा नीता अम्बानीसँग देखिएका हुन् ।
स्कुले बच्चाहरुबीचको पहिलो खेल 'स्लम सकर' र म्याजिक बस इण्डडिया फाउण्डेशनबीचको प्रतिस्पर्धा हेर्न सलमान नीतासँगै रंगशाला पुगेका थिए । सलमान र नीताले विजेताहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
सलमानले बच्चाहरुको लागि विइङ ह्युमन नामक आफ्नो संस्थाबाट विभिन्न सहयोग गर्दै आएका छन् । सलमान र नीताले बच्चाहरुलाई विभिन्न टिप्स समेत दिएका थिए ।
मैदानमा सलमानलाई देखेपछि बच्चाहरु हौसिएका थिए । सलमानले किक हानेको बलले रंगशालामा नयाँ तरंग ल्याएको थियो । नीताको परिवारसँग सलमानको पारिवारिक सम्बन्ध राम्रो रहँदै आएको छ ।
एजेन्सी । बलिउडकी चर्चित नायिका शिल्पा सेट्टीलाई नजान्ने कोही पनि छैन । तर के उनको असली नाम के हो तपाईलाई थाहा छ ?
धेरैलाई थाहा नभएको उनको असली नाम अश्विनी सेट्टी हो । उनको यो नाम उनका बाबु आमाले राखिदिएका हुन् । तर उनको नाम उनकै आमा सुनन्दा सेट्टीले बदलेर शिल्पा बनाइदिएकी हुन् ।
धेरै थोरै मानिसहरुलाई थाहा छ कि उनकी आमा एस्ट्रोलोजर हुन र उनले आफ्नी छोरीको करियर बनाउनका लागि नाम बदलिदिएकी हुन् । उनको असली डकुमेन्टहरुमा शिल्पाको नाम आज पनि अश्विनी रहेको छ ।

बलिउड अभिनेत्री अनुष्कार शर्माले एक म्यागजिनका लागि हाल सम्मकै सबैभन्दा बोल्ड फोटो शुट गराएकी छिन् । अनुष्काले GQ म्यागजीनका लागि डिसेम्बर महिनाको अंकमा यस्ता तस्विर खिचाएकी हुन् ।
तस्विरमा अनुष्काको अहिले सम्मकै बोल्डरुप देखिएको छ ।
फिल्म 'पीके' मार्फत २ वर्ष पछि पर्दामा फर्किएकी अनुष्का शर्माको चलचित्र रिलिज हुनु अघि यस्ता तस्विर सार्वजनिक भएका हुन् ।
मुम्बई । भारतमा सामाजिक सञ्जालमा अमिताभ बच्चनको लोकप्रियता अचम्मलाग्दो छ । त्यसो त ट्वीटरमा पनि अमिताभ बच्चनको एक करोडभन्दा बढी फलोअर्स छन् नै । फेसबुकमा पनि उनको पेजमा लाइक गर्नेको संख्या एक करोड ८० लाख नाघेको छ । ट्वीटरमार्फत अमिताभले आफ्नो प्रशंकहरुलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘१८ मिलियन !!! भन्दा बढी फलोअर्स ।
फेसबुकको फैलँदो परिवारलाई धन्यवाद !’ ब्लगदेखि लिएर फेसबुक र ट्वीटरसम्म अमिताभ बच्चन निकै सक्रिय रहन्छन् । उनले आफ्नो कामसँग जोडिएको जानकारी, तस्वीर र निजी विचार यिनै माध्यमहरु मार्फत बाँड्दछन् । उनी बलिउड स्टारहरुमा पहिलो स्टार थिए, जसले ब्लग लेख्न सुरु गरेका थिए ।
पछि नयाँ नयाँ सामाजिक सञ्जालहरुमा उत्तिकै सक्रिय छन् । उनले प्रायजसो आफ्ना प्रशंसकहरुको जवाफ दिइरहेका हुन्छन् । एजेन्सी

बलिउडका सुपरस्टार सलमान खान प्रेममा निकै दुर्भाग्यशाली मानिन्छन्। उनका जिन्दगीमा निकै राम्रा केटीहरु आए तर ती लामो समय भने टिक्न सकेनन् ।
त्यसैहोला जिन्दगीले ५ दशक छुने लाग्दा सलमान हालसम्म अविवाहित नै छन्,
उनका दुइ भाइ अरबाज र सोहेल खान समेत विवाहित हुन्। बलिउडका दुइ खान सुपरस्टार शाहरुख र अमिर पनि विवाहित हुन् । तर सलमानको भने विवाह गर्ने दिन अहिले सम्म आएन।
झन रोमानियाकी नायीका लुलियासंग केही दिन अघी मात्रै उनको ब्रेक अप भएपछि त सलमान ११ औं पटक प्रेम सम्वन्ध जोगाउन सफल भएको चर्चा बलिउडमा छ ।
सलमानको जिवनमा एश्वर्या राय देखी क्याट्रिना कैफ सम्म आएका थिए र समयक्रममा ती सवैले आफ्नो बाटो तताए सलमानलाई एक्लै छोडेर।
सलमान चर्चित ११ गर्लफ्रेण्ड..
१.संगिता बिजलानीः
सलमान र संगिताबिच नब्बेको दशकमा अफेयर थियो तर सम्वन्ध भने लामो समय सम्म रहन सकेन। उनिहरुले विवाह गर्ने समेत फैसला गरेका थिए ।
२. सोमी अली
सलमान र सोमी अली पाँच वर्षसम्म एका अर्कासंग रहे। सोमी अली सलमानको व्यवहारबाट निकै पिडित बनेकी थिइन्। एकपटक त पार्टीमा सलमानले सोमीलाई रक्सी नै खन्याइदिएका थिए। त्यसपछी यी दुइबिचको सम्वन्ध टुट्न समय लागेन ।
३.महक छल
बिग बोसको पाँचौ सिजनका प्रतियोगी महक छलसंग पनि सलमानको नाम जोडियो। महकले सलमानको चलचित्र 'वान्टेड'मा पनि काम गरेकी थिइन। तर यो सम्वन्ध पनि लामो समय चल्न सकेन् ।
४.एश्वर्या राय
सलमान र एश्वर्या रायको प्रेम सम्वन्ध बलिउड तरंगित पारेको थियो। उनिहरु छुट्दा पनि हंगामा गरेर छुटे। सन १९९८ बाट शुरु भएको सम्वन्ध धेरै लामो समयसम्म तग्न भने सकेन । सलमानले सलमानलाई भौतिक दुर्व्यवहार पनि गर्ने गरेको मिडियामा आएको थियो। हाल एश्वर्याले नायक अभिशेख बच्चनसंग विवाह गरेर एक छोरीको आमा समेत बनिसकेकी छिन् ।
५.क्याट्रिना कैफ
सलमानको क्याट्रिनासंगको सम्वन्ध पनि बलिउडमा चर्चित बन्यो। तर क्याट्रिना पनि सलमानको हुन सकिन्। वास्तवमा क्याट्रिनाको सफलता बनाउन पनि सलमानको ठुलो भुमिका छ । क्याट्रिना हाल रणबिर कपुरसंग छिन् ।
६.सना खान
सलमानलाई नायीका सना खानसंग पनि केही समय जोडियो। सलमानको आउँदो चलचित्र मेंटलमा पनि सना खानलाई नायीकाको रुपमा देख्न पाइन्छ।
७.लुलिया
सलमान र रोमानियन नायीका लुलियाको सम्वन्ध पनि लामो चल्न सकेन्। भारत आएको बेला उनिसंग सलमानको भेट भएको थियो। सञ्चारमाध्यमा लुलिया विवाहित भएको खवर आउन थालेपछी सलमान उनिसंग पनि टाढिए ।
८.स्नेहा उलाल
एश्वर्यसंग ब्रेकअपले सलमान निकै चिन्तित देखिएका थिए ।सलमानले एश्वर्या जस्तै देखिने केटी स्नेहा उलाललाई खोजेर निकालेका थिए। उनले स्नेहालाइ चलचित्र 'लक्की'मा नायीकाको रुपमा खेलाएका पनि थिए।
सलमान र स्नेहाको सम्वन्ध पनि तग्न भेन सकेन।
९. जरिन खान
सलमानलाई केही समय नायीका जरिन खानसंग जोडेर हेरियो।
जरिनाको खास खुरा के थियो भने उनको अनुहार क्याट्रिनासंग मिल्छ। तर सलमान र जरिनपनि संगै रहन भने सकेनन् । सलमान र जरिनले 'बीर'मा संगै काम गरेका थिए।
१०. डेजी शाह
सलमानको डेजीसंग अफेयर रहेको पनि चर्चा थियो केही समय अघि सलमान र डेजीलाई संगै देखिएको चर्चा चलेको थियो। तर हाल भने चर्चा सेलाएको छ।
११.अली आर्टर
म्यारी गोल्डकी नायीका अली आर्टरसंग पनि सलमानको अफेयर रहेको थियो। सन २००६ मा चलचित्र म्यारीगोल्ड शुटिङ हुँदा उनिहरु निकै नजिक थिए। तर लामो समयसम्म भने यो सम्वन्ध पनि टिक्न सकेनन् ।
एजेन्सी