‘अमिरको नाङ्गो तस्बिर हेरेर चित्त नदुखाउनु’

चलचित्र ‘पिके’ को पोष्टरको कारण विवादमा आएका अभिनेता अमिर खानलाई अदालतले राहत दिएको छ । उनको नाङ्गो पोष्टर सार्वजनिक भए लगत्तै उनको विषयमा आम सर्वसाधारणले समेत आलोचनात्मक टिप्पणी गरेका थिए ।
पोष्टरकै विषयमा केही धार्मिक संघसंस्थामा आबद्ध ब्यक्तिले सिनेमाको यस किसिमको पोष्टरकै कारण आम नागरिकको धार्मिक भावनामा चोट पुरयाएको गुनासो गरेका थिए । तर, अदालतले हरेक सन्दर्भलाई धर्मसंग नजोडन आग्रह गर्दै भनेको छ । ‘अमिरको नाङ्गो शरीर फिल्मको पोष्टरमा देखिएको हो त्यसकारण अमिर नाङ्गै भए भनेर त्यति धेरै चित्त दुखाउनु जरुरी छैन । ‘
अदालतको यो निर्णय आएसंगै अमिरले ट्वीट गर्दै अदालतलाई धन्यवाद दिएका छन् । मुम्बईमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै अमिरले अगस्त २० मा फिल्मको नयाँ पोष्टर सार्वजनिक हुने जानकारी दिएका छन् ।


, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.