माघ ८ भित्रै संविधान जारी हुने देउवाको दाबी

 नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधानले मुलुकका सबै वर्ग, क्षेत्र र समुदायकोे प्रतिनिधित्व गर्ने बताएका छन् । आगामी माघ ८ गतेभित्रै नयाँ संविधान जारी हुने दाबी गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकमा राज

नीतिक स्थिरता र अमनचयन कामय हुने जिकिर पनि गरे ।

राजधानीमा आज नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघको नवौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले दलहरुको काँधमा जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रहेकोले सबै नेताहरुले त्यसलाई हेक्का राखेर अघि बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा सहभागी प्रजातन्त्रवादी प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै यसतर्फ बेलैमा सचेत हुन सरकार र सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.