सानु गुरुङले बडी देखाएपछि...





    Sanu Gurung

     केही अघि हङकङमा आयोजित अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा वेष्ट पोजर भएर स्वर्ण पदक र हेभी वेट (७५ केजीमाथि) मा सेकेन्ड रनरअपसहित ब्रञ्ज मेडल जित्न सफल मिस्टर नेपाल सानु गुरुङलाईबेलायत आउँदा झन् बढि खुशी थपियो ।
    शुभचिन्तकको प्रशंसै प्रशंसा र सम्मान बटुल्न सफल भएपछि उनले कान्तिपुरसँग भने, 'म बेलायतवासी नेपालीप्रति ज्यादै कृतज्ञ छु, मेरो २२ वर्षको करिअरमा मैले जोडेको सम्पत्ति दर्शकको यस्तै माया हो ।'
    यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आइतबार फार्नवोरोमा आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगिताभर मिस्टर नेपाल गुरुङ आकर्षणको केन्द्रमा रहे । उनको भूमिका प्रमुख अतिथी र प्रमुख प्रशिक्षकका रुपमा थियो । उनले प्रतियोगिताबीच गेष्ट पोजिङ दिएपछि प्रतियोगिताको माहोल बल्ल 'वार्म अप' भयो । त्यतिबेला उपस्थित सयौं दर्शक अनि अतिथी सबै उठेर तालीले सम्मान गरे ।  स्टेजबाट दर्शकदीर्घामै ओर्लेर उनले आफ्नो बडी देखाएपछि फ्यानले नघेर्ने कुरै भएन ।  
    'मलाई प्रत्यक्ष देख्न पाउँदा फ्यान धेरै प्रसन्न देखिए', उनले सुनाए, 'मानिसहरु चार घण्टा कार हाँकेर मलाई हेर्न आएका रहेछन्, प्रफुल्ल छु ।' ४० वर्षीय उनी प्रतिष्पर्धीहरुलाई विशेष प्रशिक्षण दिन सातादिन अघिमात्र बेलायत आएका हुन् ।
    प्रवासी नेपाली काम र पैसाको पछाडिमात्र दौडिए स्वास्थ्य बिग्रनेतर्फ सचेत गराउंदै सानुले निरोगी रहन फिटनेश जरुरी रहेको औंल्याए । उनका भनाइमा कुलतमा लागेकाहरुका लागि सही मार्ग देखाउने प्रमुख माध्यम पनि फिटनेश हो ।
    सामुयल कोडी स्पोर्टस् सेन्टरमा आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै विसन गुरुङ च्याम्पियन भएका छन् । विसनले मिस्टर यूके नेपालको उपाधिसहित आठसय पाउण्ड, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा लालरचित कुँवर फष्ट रनरअप भए भने शुकदेव कार्की सेकेन्ड रनरअप । उनीहरुले क्रमशः ५ सय र तीनसय पाउण्ड, ट्रफी एवं प्रमाणपत्र प्राप्त गरे । लाल रचितले वेष्ट पोजरको उपाधि पनि जिते भने वेष्ट डिस्सिप्लिन उपाधि प्रणय गुरुङको हातमा गयो । ५३ वर्षीय रिटायर्ड क्याप्टेन उमेश पुनले यो उमेरमा समेत प्रतियोगितामा उत्रेर उदाहरण देखाएकामा उनलाई सान्त्वना स्वरुप सम्मान गरियो ।
    विजेताहरुलाई मिस्टर नेपाल एवं विशेष प्रशिक्षक सानु गुरुङ, सहायक प्रशिक्षक किशोर गुरुङ, फेडेरेशनका अध्यक्ष शुक्र राई, गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेल, सूर्य नेम्वाङ, उपाध्यक्ष हिराधन राई, मेजर रि. डमर घले, तमुधिं यूके अध्यक्ष कमल गुरुङ, ग्रयाण्ड मास्टरहरु एनजे गुरुङ, राष्ट्र राई लगायतले पुरस्कार तथा खादाले सम्मान गरेका थिए ।
    स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्र लिइ प्रतियोगिता आयोजना गरिएको फेडेरेशन अध्यक्ष शुक्र राईले जनाए । प्रतियोगिताका संयोजक थिए भिम महेन्द्र गुरुङ ।
     

    , ,

    0 comments

    Write Down Your Responses

    Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

    Powered by Blogger.