युवतीले काटिन् बलात्कारी तान्त्रिकको लिंग

उत्तरी भारतको राज्य बिहारमा एक युवतीले बलात्कार गर्न खोज्ने तान्त्रिकको लिंग काटिदिएकी छिन् ।
rape

तान्त्रिकले बिरामी भएको ठिक गराउने भन्दै बलात्कार गरेका थिए । यो घटना त्यतिबेला पर्दाफास भयो जब जुलाई ३० तारिकका दिन महिला पुलिस थानामा उक्त घटनाविरुद्ध एफआइआर दर्ता गरियो । रिपोर्टका अनुसार, ती युवती जुलाई १ तारिखमा बिरामी भएकी थिइन् । उनकी आमाले तन्त्र मन्त्र द्वारा उपचार गर्ने आफ्नी बहिनीको श्रीमान् महेन्द्र मेहतालाई बोलाइन् । तान्त्रिकका अनुसार उक्त युवतीमाथि कुनै अलौकिक शक्तिको छाँया परका कारण छिट्टै नै उपचार गरिदिने बताए । त्यसपछि उपचारको नाममा उनले ती युवतीलाई भिन्न भिन्न कोठामा लिएर गए जहाँ उनले ती युवतीमाथि जर्बजस्ती गर्ने प्रयास गरे । विरोध गर्न खोज्दा उनले ती महिलाको मुख बन्द गरिदिए र उनलाई बलात्कार गरे । भोलीपल्ट उक्त युवतीलाई एक्लै देखेर तान्त्रिक फेरी उनी भएको ठाउँमा नै पुगे र युवतीलाई आफ्नो घरमा आउन आग्रह गरे ।
युवती राती तान्त्रिकको घरमा गइन् र उनले तान्त्रिकसँग भएको सबै कुराकानी आफ्नो मोबाइलमा रेकर्ड गरिन् र आफूसँगै ल्याएको चक्कुले तान्त्रिकको लिंग काटिदिइन् । घटनालगत्तै उनी आफ्नो परिवारका सदस्यसँगै पुलिस स्टेसनमा पुगेर घटनाको विस्तृत जानकारी दिइन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.