चरीको शोकमा बालगृहमा मुन्डन

काठमाडौं,भदौ१–प्रहरी ‘इन्काउन्टर’मा मारिएका डन दिनेश अधिकारी ‘चरी’को शोकमा उनकी प्रेमिका खुश्वु ओलीले आफ्नो बालगृहका बालक तथा कर्मचारीका कपाल मुण्डन गराएकी छन् । उनले आफुले सञ्चालन गर्दै आएको विशालनगरस्थित बालगृह ‘सेल्टर’मा आश्रित बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी मारिएको भालिपल्टै उनले बालगृहका २० भन्दा बढी बालकलाई एकैपटक कपाल मुण्डन गर्न लगाएकी थिइन् । बालगृहको अध्यक्ष खुश्वुले चरी मारिएको भोलिपल्ट बालक र कर्मचारी सबैले केश मुण्डन गरेको बताइन् । चरी बालगृहमा आइरहने भएकाले उनको सम्मानस्वरुप केटाकेटीले कपाल मुण्डन गरेको खुश्वुको भनाइ छ ।‘चरी बेलाबेला बालगृह आउने गर्थे केटाकेटीसँग खेल्थे मारिएको भोलिपल्टै सबैले केस काटेछन् । तर यो विषय चर्चा गर्न आवश्यक छ जस्तो लाग्दैन’ खुश्वुले भनिन् । ‘सेल्टर’ मा रहेकाहरुले कपाल मुण्डन गरेर आफ्नो दुःखमा साथ दिएकोसमेत खुश्वुले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।www.ratopati.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.