अमेरिकी नागरिकको रिहाई गर्न आइएससमक्ष अपील
काठमाडौं, आश्विन १९ । इस्लामिक स्टेट (आइएस)ले बन्धक बनाएका अमेरिकी नागरिक पीटर कासिगलाई रिहा गर्न उनका परिवारजनले आइएससमक्ष अपील गरेका छन् । पीटर कासिगका परिवारले एक भिडियोमार्फत् पीटरलाई रिहा गर्न अपील गरेका हुन् ।
आइएसले बेलायती बन्धक एलन हेनिंगको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गर्नेक्रममा पीटरको पनि हत्या गर्ने संकेत दिएपछिउनको रिहाईका लागि परिवारले आग्रह गरेका हुन् ।
सिरियामा राहत सामग्री वितरक रहेका पीटरलाई आइएसले गत अक्टोबरमा बन्धक बनाएको थियो । (एजेन्सी)
0 comments
Write Down Your Responses